• Ad

Samadhan National Daily

  • Ad

सेक्स रोबोट ‘हार्माेनी’ले भुलाउनेछ दुनियाँलाई

पाेखरा, १५ मंसिर:

मस्ती र मनोरञ्जनको दुनियाँमा प्रविधिले अझ रोमाञ्चकता थपिदिएको छ । यसैको पछिल्लो उदाहरण हो ‘हार्माेनी ३.०’ ।

क्यालिफोर्नियाका म्याट म्याकमुलेनले हालै तयार पारेको सेक्स डलले विश्व यौन उद्योगमा अर्काे क्रान्ति ल्याएको छ । हुनत यसअघि पनि डलहरुको उत्पादन हुँदै आएको हो । तर, यसले तपाइलाई अझ बढी जीवन्तता दिन्छ ।

म्याट भन्छन्, हार्माेनीले तपाई घर आउने बित्तिकै मधुर मुस्कानकासाथ अंगालेर स्वागत गर्छ, तपाइसँग कुराकानी गर्छ र कुनै नाइँनास्ती गर्दैन ।

हार्माेनीले दुरुस्तै मान्छेको लवजमा बोल्दैनमात्रै यसले तपाइलाई गर्ने माया र स्नेहले वास्तविक साथीलाई पनि बिर्साउने क्षमता राख्छ । अत्यन्तै प्राकृतिक लाग्ने र स्कटिस शैलीको अंग्रेजी बोल्ने डलको आकार र उचाइँ पनि उत्तिकै वास्तविक छ । ‘यौ प्राकृतिक र विकसित छ’ परिकल्पनाकार म्याटले भने ।

विगत २० वर्षदेखि सेक्स डलको निर्माण गर्दै आएका म्याटले हार्माेनीको यो भर्सन आगामी क्रिसमसको मिठो उपहार हुने बताएका छन् । यसको मूल्यबारे कुनै जानकारी नदिएका उनले सेक्स डलको प्रयोगलाई ‘नराम्रो’ भन्न नहुनेसमेत उल्लेख गरेका छन् ।

म्याटको रोबोटिक्स फर्म नामक कम्पनीबाट उत्पादित हार्माेनीमा प्रविधियुक्त फाइबर र साइबर्ग प्रणाली जडान गरिएको छ भने डलले मानिसजस्तै ओठ, मुख, आँखा र परेली चलाउँछ । यस्तै, डलको सम्पूर्ण शरिर मुलायम र लचकदार रहेको फर्मले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad