कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेदवारको र्‍याली

समाधान संवाददाता २०७९ असोज २३ गते ११:५६

पोखरा ।
उम्मेदवारी मनोनयन गर्न जानु अगाडि नेकपा एमालेबाट कास्की क्षेत्र नम्बर ३ मा चुनाव लड्न लागेका उम्मेदवारले र्‍याली निकालेका छन् । जिल्ला पशु सेवा कार्यालय, कास्कीमा राखिएको निर्वाचन अधिकृतको कार्यालय जानुअघी उनीहरुले र्‍याली निकालेका हुन् । सृजनाचोकबाट उनीहरु अहिले हस्पिटलचोकतर्फ जाँदै छन् ।

कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा दामोदर बैरागी एमालेका उम्मेदवार छन् । यस क्षेत्रमा सत्तारुढ गठबन्धनले कास्की कांग्रेसका सभापति किशोरदत्त बराललाई उम्मेदवार बनाएको छ । कास्की क्षेत्र नम्बर ३ बाट प्रदेशसभामा एमालेबाट गणेशमान गुरुङ र राजिव पहारी चुनाव लड्दै छन् ।

Advertisement

तपाईको प्रतिक्रिया