नमुना टोलविकास संस्थाको खानेपानी आयोजना सम्पन्न

समाधान संवाददाता २०७८ जेठ ३० गते ७:३६

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका वडा नं.१३ स्थित नमुना टोल विकास संस्थाले हालै सम्पन्न गरेको खानेपानी विस्तार आयोजनाको आय–व्यय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले उक्त खानेपानी आयोजनाका उपभोक्ताहरुलाई भेलागरी ८ लाख, ४ हजार २०९ रुपैयाँको आय–व्यय विवरण सार्वजनिक गरेको हो ।

Advertisement

गत मंसिर महिनामा सुरुभईचैतमा सम्पन्न भएको उक्त खानेपानी पाइप विस्तार आयोजनाको कूल लागतमध्ये नमुना टोलविकास संस्थाका उपभोक्ताहरुलेसंकलन गरेका थिए । आयोजनाका लागि नपुग ३ लाख ९९ हजार रकम पोखरा महानगरपालिकाले उपलब्ध गराएको हो ।

आयोजना सम्पन्न गर्नमा अनुगमन समितिका संयोजक टंकबहादुर दर्लामी र सदस्यद्वय डिलकुमारी गुरुङ र कुलबहादुर घर्ती मगरको ठूलो योगदान रहेको संस्थाका अध्यक्ष धनबहादुर गुरुङले बताए। आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न र निर्मापणको गुणस्तर कायम गर्नमा अनुगमन टोलीको विशेष योगदान रहेको भनी उनीहरुको खुलेर प्रसंशा गरे ।

Advertisement

अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आय–व्यय विवरण संस्थाका कोषाध्यक्ष ममिता राई गुरुङले प्रस्तुत गरेकी थिइन् । संस्थाका सचिव ढाकाराम रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा टोल विकास संस्थाका सदस्य लगायत उपभोक्ताहरुको समेत उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया