Samadhan National Daily

      प्रदर्शनी केन्द्रमा एनसेल मेला आज

      पोखरां, ८ पौष:

      एनसेलको आयोजना गरेको एनसेल मेला शनिबार पोखरामा हुँदैछ । विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण एनसेल मेला पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा हुँदैछ । मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्टसहित साँझ ६ः३० सम्म चल्ने एनसेलले जानकारी दिएको छ । मेलामा प्रवेश निशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । मेलामा आउने सबै उमेर समूहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखी विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् ।

      आफ्ना ग्राहक तथा शुभचिन्तकसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोबाइल ब्रोडब्यान्ड सेवा लङ टर्म इभोलुसन÷फोरजीको अनुभब प्रदान गर्न, एनसेलले पोखरासहित विराटनगर, बुटवल र ललितपुरमा एनसेल मेला आयोजना गरेको हो ।

      मेलामा खेलहरु लगायत सबै मनोरञ्जनात्मक गतिविधिहरु फोरजी थिममा आधारित हुनेछन् । आगन्तुक तथा दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समूहहरुको प्रस्तुतिबाट भरपुर आनन्द लिन पाउनेछन् । यो मेला पुस १५ गते विराटनगरको हाटखोलामा, पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुस २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना हुनेछ । यी चारै शहरहरुमा एनसेलले फोरजी सेवा विस्तार गरिसकेको छ ।

      चर्चित कलाकार तथा सांगीतिक समूहहको प्रस्तुति, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आर्कषणहरु हुन् । ससाना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘लिटल नेपाली आइडल’ कार्यक्रमको पनि आयोजना गरिनेछ । मेलाको अरु आकर्षणहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु हुनेछन् भने बालबालिकाहरुका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु रहनेछन् ।

      आगन्तुकहरुले मेलामा, देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै विषेश एनसेल फोरजी जोनमा फोरजी चलाएर टेष्ट पनि गर्न सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् ।

      मेलामा कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), सांगीतिक समूहहरुमा कबवेभ, द एज र स्याडोज्ले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीले पनि मेलामा भाग लिनेछन् । त्यसैगरी, मेलाको अरु आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइन्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् ।

      ‘हामी सन् २०१७ को बिदाइ नजिक छौं । यो समय भनेको सबै साथीभाइ र परिवारजनसँग खुसीयाली साट्दै नयाँ वर्ष २०१८ को स्वागत गर्ने बेला हो,’ एनसेलका प्रमुख कर्मसियल अधिकृत कोकलियोङ् यापले भने, ‘हामीलाई आशा छ सबै जना आआफ्ना साथीभाइ र परिवारका साथ यो मेलामा सहभागी भइ रमाइलो गर्नुहुनेछ ।’ मेलामा चर्चित कलाकारहरुको प्रस्तुतिबाहेक अन्य थुप्रै रमाइला कार्यक्रमहरु पनि समावेश गरिएका छन् । मेलामा आउन नसक्नेहरुले पनि हाम्रो १९ शहरहरुमा फैलिएको फोरजी नेटवर्क मार्फत ‘योन्डर म्युजिक’ र ‘आइफ्लिक्स’ मुभिज्को मजा लिनुहुनेछ भन्ने आशा एनसेल लिएको छ ।

      गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, इन्डियन र चाइनिज परिकारका १० स्टलहरु पनि रहनेछन् । एनसेलका ग्राहकहरुले मेला सम्बन्धी थप जानकारीका लागि १७१०६ मा डायल पनि गर्न सक्छन् ।


      प्रतिकृया दिनुहोस्