• Ad

Samadhan National Daily

  • Ad

‘हलिवूड’मा हुने यौन दुर्व्यवहारविरुद्ध नयाँ अभियान

काठमाडौं, १८ पौष:

हलिवूड चलचित्र उद्योग र अमेरिकाका अन्य कार्यस्थलमा हुने यौन दुर्व्यवहार रोक्न तीन सयभन्दा बढी चर्चित अभिनेत्रीसहित चलचित्र निर्देशक र वकिलले नयाँ अभियान सार्वजनिक गरेका छन्। कार्यस्थलमा हुने यौन दुर्व्यवहारविरुद्ध लड्न ३ सयभन्दा बढी अभिनेत्री, महिला निर्देशक र मनोरञ्जन उद्योगका कार्यकारीहरूले संयुक्त राज्य अमेरिकामा एउटा अभियान थालेका छन्।

‘टाइम’ज अप’ अर्थात् समय सकियो नाम दिइएको उक्त अभियानमा केट ब्लान्चेट, अमेरिका फेरेरा, इभा लोङगोरिया र नटाली पोर्टमेन जस्ता प्रसिद्ध हलिवूड अभिनेत्री आबद्ध छन्।

काम आय हुने रोजगार स्थलमा दुर्व्यवहार बेहोरिरहेका महिला र पुरुषलाई कानूनी सहायता उपलब्ध गराउन उक्त अभियानले एक करोड ३० लाख डलरभन्दा बढी रकम संकलन गरिसकेको छ। अमेरिकामा एकजना चलचित्र निर्माता हार्भी वाइनस्टिनसहित कैयौँ चर्चित व्यक्तिमाथि यौन दुर्व्यवहारमा संलग्न भएको आरोप लागेको छ।

लक्ष्य

यो अभियान यौन दुर्व्यवहारको आरोपका कारण मनोरञ्जन उद्योगमा कार्यरत चर्चित र प्रभावशाली पुरुषहरूमाथि अघिल्लो वर्ष गम्भीर प्रश्नहरू उठेपछि वा उनीहरूको चलचित्र उद्योगमा भविष्य समाप्त हुनथालेपछि गठन भएको थियो।

चलचित्र निर्देशक वाइनस्टिनबाहेक पनि व्यवसाय, राजनीति र सञ्चारमाध्यममा कार्यरत कैयौँ प्रभावशाली व्यक्तिहरू यौन दुर्व्यवहारका कारण विवादमा मुछिएका छन्।

यो अभियानले कम आम्दानी हुने क्षेत्रहरु जस्तै कृषि, सरसफाइ क्षेत्रका मजदुर र होटलमा कार्यरत महिलाहरुलाई सघाउने लक्ष्य लिएको छ। एउटा खुलापत्रमा उक्त अभियानले भनेको छ, “दुर्व्यवहार रोकिँदैन किनेभने त्यसका दोषी वा त्यसो गर्न लगाउनेलाई कहिल्यै पनि जवाफदेही बनाइँदैन।”

उक्त अभियानले चमकदमक कम हुने क्षेत्रहरुमा हुने दुर्व्यवहारमा ध्यान दिन सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

त्यसबाहेक अर्को आइतवार हुन लागेको चलचित्र क्षेत्रसम्बन्धी एउटा प्रतिष्ठित पुरस्कार वितरण समारोह गोल्डेन ग्लोब अवार्डसमा सहभागी हुने महिलाहरूलाई लिङ्ग र वर्गका आधारमा हुने भेदभावको विरोधमा कालो पोशाक लगाउन पनि सो अभियानले अपील गरेको छ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad