• Ad

Samadhan National Daily

  • Ad

पोखराका अस्पतालमा बग्रेल्ती कमजोरी

पोखरा, १९ पौष:

अस्पताल पुग्दा बिरामीको आत्मविश्वास बढ्छ र त्यहाँ पुगेर डाक्टरलाई भेट्दा बिरामीले आधा सञ्चो भएको महसुस् गर्छ भनिन्छ । त्यो सबै हुन अस्पताल भित्रको वातावरण, बिरामीको आत्मविश्वास र चिकित्सकका साथै त्यहाँ रहेका अरु धेरै कुराको अनुकुलता मिल्नु पर्छ । जतिसक्दो बिरामीका लागि स्वस्थ बन्न अनुकुल वातारवण चाहिन्छ नै ।

जिल्ला अनुगमन समितिले आइतबार यहाँका केही अस्पतालको निरीक्षण गर्दा अस्पतालले सरकारी मापदण्ड प्रतिकूल र बिरामीको स्वास्थ्यमा लापरवाही गर्ने गरेको भेटिएको छ । अस्पतालमा सञ्चालित फार्मेसीमै म्याद गुर्जेका औषधी बिक्री गरेको, गरिब, असहाय र वृद्धवृद्धाका लागि भनेर सरकारले नै तोकेको १०प्रतिशत निशुल्क सेवा समेत नदिएको पाइएको छ । त्यसैगरी बिरामी कुरुवाको हरेक पर्खाइ कक्षमा अस्पतालका सेवा सुविधा र प्रयोगशालाको शुल्क टाँस गरेर देखिने ठाउँमा राख्नुपर्नेमा त्यसो पनि नगरेकोअनुगमनमा सहभागीले बताएका छन् ।

१ सय शैड्ढया रहेको फेवासिटी अस्पतालमा अनुगमन टोलीले २ घन्टा बिताउँदा अस्पतालमा २ डाक्टरको मात्र उपस्थिति पाएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए । त्यहाँ कुन डाक्टर कतिबेला रहने भन्ने नै जानकारी प्राप्त हुन नसकेको उनको भनाइ छ । त्यतिमात्र होइन त्यहाँको फार्मेसीबाट बेचिने केही औषधी उपभोग्य मिति नाघेका पाइएको उनले जानकारी दिए ।

यसैगरी ५० शैड्ढयाको क्षमता रहेको मेट्रोसिटी अस्पतालमा पनि अनुगमनका क्रममा त्यस्तै पाइएको उनले बताए । मेट्रोसिटी अस्पतालमा बिरामी राख्ने कोठा साँघुरा र हावा नखेल्ने खालका रहेको उनले सुनाए । कोइरालाका अनुसार अनुगमनका क्रममा मेट्रोसिटीमा एकजना एमबिबिएस् डाक्टर भेटिएका थिए ।

फेवासिटी अस्पतालका व्यवस्थापक त्रिभुवन पराजुलीले केही कमजोरी रहेको स्वीकारे । उनले आफ्नो अस्पतालमा अनिवार्यरुपमा २ जना विशेषज्ञ डाक्टर २४ घण्टा नै रहने दाबी गरे । ‘उहाँहरुले कसरी भन्नुभयो हामीकहाँ डाक्टर नभएको भन्ने होइन,’ उनले भने, ‘तपाईं आएर आफै हेर्नसक्नुहुन्छ,२ जना विशेषज्ञ डाक्टर चौबीसै घण्टा यहीँ हुनुहुन्छ ।’

अस्पतालमा डाक्टर कतिबेला आउने भन्नेमा भने अन्योल रहने व्यवस्थापक पराजुलीको स्विकारोक्ति छ । त्यसैगरी म्याद नाघेको औषधीसमेत त्यतिबेला भेटिएको उनले बताए । ‘सबै औषधीको होइन, एउटामा कम्पनीले पठाउँदा नै झुक्किएर त्यस्तो भएको हो, त्यस्ता सबै चेक गरेर सुधार गरिसकेका छौं,’ उनले भने ।आफ्नो अस्पतालका सबै शैड्ढया नेपालमै उत्कृष्ट रहेको पराजुलीको भनाइ छ । अनुगमन टोलीले नै अस्पतालका शैड्ढयाको बारेप्रशंसा गरेर फर्केको उनले दाबी गरे ।

अनुगमनमै गएका जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका अधिकृत नानीबाबु ढकालले अस्पतालमा २ जना डाक्टर रहे पनि त्यो पर्याप्त नरहेको बताए । कम्तीमा ४ जना डाक्टर सय शैड्ढयाको अस्पतालमा अनिवार्य रहेको उनको भनाइ छ । अस्पतालले आफ्नो कमजोरी स्वीकार गरेको र आगामी दिनमा नगर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए । ‘त्यति ठूलो कमजोरी होइन, तर भइपरी आउँदा त्यतिले कसरी थेग्नुहुन्छ भन्ने हो,’ उनले भने । अस्पतालले बिरामीको उपचारमा कुनै पनि खेलवाड गर्ने छुट नपाउने उनको भनाइ छ ।

मेट्रोसिटी अस्पतालका सञ्चालक समेत रहेका हाडजार्नी रोग विशेषज्ञ डाक्टर भरतबहादुर खत्रीले आफू १ हप्ता बाहिर रहेकाले केके भयो भन्ने जानकारी नरहेको प्रतिक्रिया दिए । ‘म १ हप्ता बाहिर थिएँ, बल्ल फर्केको हुँ, औषधीको विषयमा त फार्मेसीले नै हेर्ने हो अरु के के भएका रहेछन् बुझेर सुधार्नुपर्ने भए सुधारौंला,’ उनले भने ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री नेतृत्वमा पुगेको अनुगमन टोलीमा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका शाखा अधिकृतकृष्णप्रसाद बराल, जनस्वास्थ्य अधिकृत नानीबाबु ढकाल, पोखरा महानगरका कानुन अधिकृत राममणि अधिकारी र उपभोक्ता मञ्च कास्कीका सचिव मीलन तिवारीको समेत सहभागिता थियो ।

अनुगमन टोलीले दुवै अस्पताललाई ७ दिनभित्र सबैकुरामा सुधार ल्याउन लिखित निर्देशन दिएको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • करनले देखेको क्रिकेटकाे सुखदुख

    नामिबियाको क्रिकेट मैदानमा क्यानडाले विजय झण्डा फहराउने तयारी गर्दै थियो । १९५ रनको लक्ष्य पछ्याएको नेपालको अन्तिम ओभरमा एक खेलाडी नायक बनेर खेलमा उत्रिए र क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जीत...

  • कृषकसँग मन्त्री अभियान गर्ने घोषणा

    प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ‘कृषकसँग मन्त्री’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला गोरखा आएका थापाले बुधबार सदरमुकाममा...

  • मित्रवत् सम्बन्ध कायम राख्न: फुटबल

    अनेरास्ववियु स्याङ्जा–पोखरा सम्पर्क कमिटिको आयोजनामा पृथ्वीनारायण क्याम्पस फुटबल मैदानमा बुधबारदेखि अन्तरसंकाय सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । क्याम्पसका २० टोली सहभागी प्रतियोगितामा पहिलो दिन ३ खेल सम्पन्न...

  • नमूना आवासीय मावि प्रदेश ४ मै उत्कृष्ट

    कुस्माबजारमा सञ्चालित नमूना आवासीय मावि प्रदेश नं ४ कै उत्कृष्ट विद्यालय घोषित भएको छ । शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा उत्कृष्ट घोषित नमूना आवासीय माविले रु एक लाख पुरस्कारसमेत जितेको छ...

Ad
Ad
Ad