• Ad

Samadhan National Daily

  • Ad

रंगमञ्चको रनाहामा ‘मञ्जुल’

पाेखरा, २१ पौष:

आठ वर्ष पहिले लाहाचोक गाविसमा एचआईभी एड्सबारे जनचेतना जगाउन नाटकमञ्चन गरियो । स्कुले विद्यार्थीको समूहमा मञ्चन गरिएको नाटक देखाउन गाउँगाउँमा खबर पठाईयो । धिताल, अस्ताम, घाचोक, लाहाचोक, रिभानदेखि गाउँलेहरु लाहाचोकमा जम्मा भए । २० मिनेट लामो नाटकले गाउँलेमा सूचना सञ्चारित भयो। नाटकले उठान गरेका विषयवस्तुले गाउँलेमाझ साँझसबेरचर्चा पायो ।

यी सबै घटनाबीच एक पात्र निरन्तर नाटक मोहमा डुब्दै गईन् । नाटकमार्फत समाजको परम्परागत सोंच विस्थापित गर्न सकिन्छ भन्नेहौसला जाग्यो। नाटकको रनाहामा परेपछि नजिकको पोखरा नै त्यसको सम्भावित गन्तव्य थियो जहाँबाट लक्ष्य चिहाउन सहज हुन्थ्यो ।अन्ततः तीन वर्ष पहिले उच्च शिक्षा हाँसिल गर्न पोखरा झरेकी उनै ममता मञ्जुल हाल पोखरेली रंगमञ्चमा गर्विलो इतिहास रच्न कम्मर कसेर लागिपरेकी छिन् ।

कुनै बेला लाहाचोकदेखि सडक नाटक हेर्ने हुटहुटीले हेमजा मिलन चोकसम्म पैदलै आउने ममता हाल पोखराकै पहिलो अभिनय पाठशाला नेशनल आर्ट स्कुलकी संस्थापक भएर पोखराको रंगमञ्चलाई लोभलाग्दो लयमा अगाडि बढाउँदै छिन् । पोखरामै मञ्चन गरिएको नाटक ‘एक रुपैयाँ’ र ‘तै चुप, मै चुप’मार्फत दर्शकमाझ अझ प्रिय बनेकी २०वर्षीया ममता ।

यही मंसिर २९ र पुस १ गते मञ्चन गरिएको नाटक ‘बार्दलीको छेउबाट’मा सहनिर्देशकको जिम्मेवारी वहन गर्दै निर्देशनको भूमिकामा समेत डेब्युगरिन् । रंगमञ्चमा महिला पात्रको खडेरी परिरहेको बेला निर्देशन कलामा समेत क्षमता प्रदर्शन गरेर ममताले उदाहरणीय कार्य गरेकोमा हर्षित छन् सोही नाटकका निर्देशक कृष्ण उदासी ।

कविता, मुक्तक, नाटक लेखनमा रुचि राख्ने ममताले ‘मौसम हराएको देश’मा पाश्र्व स्वर दिएररंगमञ्चको यात्रा थालेकी हुन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाण्डौंद्वारा आयोजित ‘पर्फमेन्स आर्ट’प्रतियोगितामा ‘बेस्ट अवार्ड’ प्राप्त गर्न सफल उनी रंगमञ्चमा आउनुमा लेखक÷निर्देशक कृष्ण उदासीलाई प्रेरणाको स्रोत मान्छिन् । भन्छिन् ‘क्षमता मात्र भएर हुँदैन, सही मार्गदर्शक पनि हुनुपर्दछ । म यो स्थानसम्ममा आईपुग्नुमा उहाँको सहयोग र सुझावबाट नै सम्भव भएको हो ।’

चाहना र लक्ष्यमाभिन्नता देख्ने उनी मोफसलमै रहेर पनि सफल रंगकर्मी हुन सकिने बताउँछिन् । भन्छिन् ‘पोखरामै बसेर पनि अन्तर्राष्ट्रियस्तरको कलाकारिता प्रदर्शन गर्नु म र मेरो संस्थाको लक्ष्य हो ।’पृथ्वीनारायण क्याम्पसमा तेश्रो वर्ष अध्ययनरत उनी पढाईलाई र रंगमञ्चलाई सँगै अघि बढाईरहेकी छिन् ।

पारिवारिक साथ र समर्थन महत्वपूर्ण हुनुपर्छ भन्ने बुझेकी ममतालाई घरपरिवारबाट पनि सुविधायुक्त हौसला मिलिरहेको छ । भन्छिन् ‘मलाई मेरो रुचि अनुसारको सहयोग परिवारबाट हुँदैनथ्यो भने रंगमञ्चमा कलाकारिता प्रस्तुत गर्ने चाहना केवल सपनामात्र हुन्थ्यो।’

अभिनय सिक्न र सिकाउनमा व्यस्त ममताले काठमाण्डौंमा नाम चलेका थियटरका रंगकर्मीहरुको सहयोगमा हरेक ब्याचका २० जना विद्यार्थीलाई अभिनय सम्बन्धी प्रशिक्षण गराउँदै आएकी छिन् ।रुचि र चाहनामै मात्र सिमित नभई सोही अनुरुपको व्यवस्थापकीय कला हुनुपर्ने उनको धारणा छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad