Samadhan National Daily

      स्वास्थ्य बीमा बोर्डमा डा. लोहनी

      काठमाडौं, २१ पौष:

       स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा गुणराज लोहनी नियुक्त हुनुभएको छ ।

      स्वास्थ्य मन्त्री दीपक बोहोराले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्काे व्यवस्था नहुञ्जेलसम्मका लागि डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिनुभएको हो ।

      स्वास्थ्य बीमा ऐनमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था छ । स्वास्थ्य मन्त्रालयले खुला प्रतिस्पर्धाबाट निर्देशक नियुक्त नहुँदासम्मका लागि भन्दै मन्त्रिस्तरीय निर्णयबाट डा लोहनीलाई निर्देशकको जिम्मेवारी दिएको जनाएको छ ।

      सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यकारी निर्देशक रहनुभएका लोहनीले स्वास्थ्य बीमा ऐन आएपछि बोर्डमा नयाँ निर्देशक नियुक्त हुनुपर्ने भन्दै साताअघि राजिनामा दिनुभएको थियो । सरकारले गत असोज २४ गते बीमा ऐन ल्याएको थियो ।


      प्रतिकृया दिनुहोस्