• Ad

Samadhan National Daily

  • Ad

भिडियो रिलिज : रविले अथ्र्याएको आँशुमा शिव गुञ्जिए

काठमाडौं, २७ पौष:

गायक शिव परियारको नया गीत ‘आँशुको अर्थ’को भिडियो सार्वजनिक गरिएको छ । गायक परियारको आवाजमा रहेको ‘आँशुको अर्थ’बोलको गीतको अडियो युट्युबमा एक महिनामा नै ९ लाख २२ हजार भन्दा बढी पटक हेरिसकिएको छ।

युट्युबमा अडियो हिट पछि गायक शिव परियारले ‘आँशुको अर्थ’बोलको नया भर्सन गीतलाई नया बर्ष २०१८को पहिलो भिडियोको रुपमा आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेका हुन् ।यस गीतलाई शिवले ‘शिवालय’ एल्बममा समाबेश गरेका छन् ।

‘आँशुको अर्थ’ बोलको गीतको नया भर्सनमा निर्माण गरिएको भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापा को छायांकन र बिकाश धमलाको सम्पादन रहेको छ ।

गीतमा अहिलेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकिको संगीत रहेको छ । गीतलाई संचारकर्मी रबि अधिकारीले लेखेका हुन् । रंगपत्रकरितामा आफ्नो भिन्नै पहिचान बनाउन सफल अधिकारी पछिल्लो समय गीत लेखनमा जम्दै छन् । सँगै चलचित्र निर्माण ,गीत लेखन र अभिनय समेत अधिकारीले आफुलाई निखार्दै छन् ।

 

Vedio Link : https://www.youtube.com/watch?v=fvxndiBxBvU


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad