• Ad

Samadhan National Daily

  • Ad

बागलुङका वैज्ञानिक सहभागी टोलीले पत्ता लगायो इबोलाको औषधी

पोखरा, २ माघ:

नेपाली युवा वैज्ञानिक सहभागी टोलीले संसारकै खतरनाक इबोला भाइरसको औषधी पत्ता लगाएको छ । अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत नेपाली युवा वैज्ञानिक डा. सुदीप खड्का संलग्न टोलीले इबोलाको औषधी पत्ता लगाएको प्रतिष्ठित एन्टिभाइरल रिसर्च जर्नलमा प्रकाशित भएको छ ।

अनुसन्धान टोलीमा ११ वैज्ञानिक सहभागी थिए । ‘यो महत्वपूर्ण अनुसन्धान हो, फेरि इबोलाको महामारी भयो भने यसले रोकथाममा भूमिका खेल्छ,’ अमेरिकामा रहेका डा. खड्काले इमेल कुराकानीमा बताए ।

अन्यन्त जटिल अनुसन्धानबाट र सयौं औषधीको परिक्षणबाट नयाँ औषधी पत्ता लागेको उनले बताए । इबोला भाइरसको अध्ययन गर्न संसारका अन्यन्तै सीमित केन्द्रहरुमा मात्र सम्भव रहेको इन्स्चिुट फर बायोमेडिकल साइन्स जर्जिया विश्वविद्यालयले जनाएको छ । इबोलाको अध्ययन गर्न सुरक्षाको दृष्टिले सबैभन्दा संवेदनशील मानिने चौथो तहको प्रयोगशालाको आवश्यकता हुने र संसारका सीमित वैज्ञानिकहरुको मात्र उक्त प्रयोगशालामा पहुँच हुने पनि विश्वविद्यालयले जनाएको छ ।

लामो सुरक्षा जाँच र तालिम पश्चात मात्रै उक्त प्रयोगशालामा काम गर्ने अमेरिकी सरकारले अनुमति दिने डा. खड्काले जानकारी दिए ।‘सयौंको संख्यामा नयाँ औषधीको अनुसन्धानबाट ५६ सम्भावित औषधी पत्ता लागेको हो,’ उनले भने ।

त्यसमा एउटा बेन्जोक्युनोलाइन समूहको औषधीको विस्तृत अध्ययन भएको उनले बताए । यो औषधी अर्काे खतरनाक जीका भाइरसको विरुद्ध पनि प्रभावकारी देखिएको विश्वविद्यालयले जनाएको छ ।

संसारकै सबैभन्दा खतरनाक रोग मानिने इबोला बिरामीको ९० प्रतिशतको तत्काल मृत्यु हुन्छ । यसको उपचारमा संलग्न धेरै स्वास्थ्यकर्मीहरुको समेत मृत्यु भएको छ ।

बागलुङ बजारमा जन्मिएका डा. खड्काको यसअघि मानवलाई डेंगु र हेपाटाइटिस सी भाइरसले कसरी प्रभाव पार्छन् भन्ने विषयमा शोधपत्रहरु प्रकाशित छन् । सेल एन्ड मोलोकुलर बायोलोजीमा गोल्ड मेडलिस्ट खड्काले विल्सल्यान्ड फेलोसिप अवार्ड पनि प्राप्त गरिसकेका छन् ।

 


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad