• Ad

Samadhan National Daily

  • Ad

जापानिज ब्राण्ड निसानकाे टेरानाे पाेखराकाे न्यूराेडमा

पोखरा, ९ माघ:

गण्डकी धौलागिरी क्षेत्रका लागि निसान ब्रान्डका गाडीहरुको आधिकारिक बिक्रेता प्रिमियम मोटर्स प्रालि पोखराले कम्प्याक्ट एसयुभी न्यु टेरानोको मंगलबारदेखि बिक्री सुरुआत गरेको छ । प्रालिका अध्यक्ष सुन्दरविजय कोइरालाले उक्त गाडी सार्वजनिक गरेका थिए ।

न्यु टेरानोमा प्रिमियम डुअल टोन इन्टेरियर, लेदर सिट, कुज कन्ट्रोल, ७.० इन्च टच स्क्रिन नेभिगसन, न्यु स्टिरिङ, माउण्टेन-अडियो-फोन कन्ट्रोल र वान टच लेन इन्डिकेटर लगायत २२ नयाँ विशेषता छन् । यसमा शक्तिशाली इन्जिन ११० पिएस (डिजेल टिएचपी) र १.६ लिटर (१०४ पिएस) पेट्रोलका लागि छ ।

सुरक्षाका लागि डुअल फ्रन्ट एयरब्याग, हिल एस्र्टाट एसिस्ट एविएस, ईविडी, विए र इएस पिको साथमा छ । न्यु टेरानोमा ६ स्पिड अत्याधुनिक अटो ड्राइभमा पनि उपलब्ध छ । जसमा गियर सिस्टम कम्प्युटरद्वारा नियन्त्रण गरिन्छ ।

प्रिमियम मोटर्स प्रालिका पोखरा प्रबन्ध निर्देशक सिरोजविजय कोइरालाका अनुसार आकर्षक बनोटका साथै यस गाडीका आन्तरिक सजावट असाध्यै आकर्षक छन् । न्यु टेरानोको मूल्य ४२ लाख ९९ हजारदेखि ५३ लाख ९९ हजार रुपैयाँसम्म छ । १ हजार ५ सय सिसीको डिजेल इन्जिनयुक्त टेरानो भर्खरै मात्र नेपाली बजारमा सार्वजनिक गरिएको छ ।

गाडीमा २०५ मिमिको उच्च ग्राउन्ड क्लिरेस, सानो ठाउँमा पनि मोड्न सकिने ५.२ मिको टर्निङ र्‍याडिययस र १९.६४ कि.मि. प्रतिलिटरसम्मको इन्धन खपत जस्ता विशेषता छन् । डिजेल भर्सनको कारले १९.८७ किलोमिटर प्रतिलिटर र पेट्रोल भर्सनले १३.०४ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।

६ स्पिड गियरमा कार दौडाउँदा १९.६१ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । ५ सिटे यस कारमा २ वटा एयर ब्याग जडान गरिएको छ । बुट स्पेस ४ सय ७५ लिटरको भएकाले लामो यात्रामा परिवारसँग निस्कँदा पर्याप्त लगेज राख्न मिल्छ । कारमा क्रुज कन्ट्रोल सुविधा पनि उपलब्ध छ ।

गाडी कार ब्राउन, खैरो, कालो, सिल्भर, रातो र सेतो रङमा उपलब्ध रहेको जानकारी प्रबन्ध निर्देशक कोइरालाले दिए । ‘यसमा प्रयोग गरिएको ‘फोर पोड हेडल्याम्पस’ले अन्य भन्दा चार गुणा बढी प्रकाश वरिपरि र टाढासम्म फाल्छ । साइड ग्लासमा समेत टर्निङ लाइट राखिएको छ,’ उनले भने, ‘अगाडि र पछाडिको टर्निङ लाइट एलइडी प्रविधिको हो ।’

१६ इन्चको रिममा सुपेरियर र बलियो अलोय ह्विल जडान गरिएको छ । बम्परको एप्रोच एंगल र पछाडिको डिपार्चर एंगल उच्च छ । सोही कारण कारको तल्लो भाग कुनै पनि संरचनामा ठोकिन पाउँदैन र उत्कृष्ट सस्पेन्सनको अनुभव दिलाउँछ । ड्यास बोर्डमा रहेको स्विचबाटै दायाँ र बायाँ रहेका ऐनालाई फोल्ड गर्न मिल्छ ।

कारमा ७ इन्चको नेभिगेसन टच स्क्रिन राखिएको छ । जसमा युएसबी कनेक्सनमार्फत मोबाइलका सबै एप्लिकेसन चलाउन सकिन्छ । म्युजिक सिस्टमलाई स्टेरिङमा रहेको बटनबाटै चलाउन सकिन्छ । ड्यासबोर्ड इन्टेलिजन्स र क्याची छ । स्टेरिङमै राखिएको बटनबाट भ्वाइस कन्ट्रोल सुविधा उपयोग गर्न सकिन्छ । कारमा एन्टि ब्रेकिङ सिस्टम (एबिएस) छ । टेरानोमा थप सुरक्षित यात्राका लागि कम्पनीले इलेक्ट्रोनिक ब्रेकिङ सिस्टम (इबिडी) सुविधा पनि दिएको छ ।

प्रिमियम मोटर्स प्रालिले स्थायी सोरुम उत्तमचोकमा निर्माण गरिरहेको छ । अहिलेचाहिँ पोखराको न्युरोडबाट कार्यालय सञ्चालन भइरहेको छ । कम्पनीले ठूलो लगानीमा पोखराको औद्योगिक क्षेत्रमा अत्याधुनिक सेवा सुविधा सम्पन्न सर्भिस सेन्टर विस्तार गर्दैछ ।


प्रतिकृया दिनुहोस्

डाँडाकाँडा उक्लँदै लगानीकर्ता

‘सबै पूर्वाधार र विकासका संरचना पोखरामै खुम्च्याइयो । न यहाँ खाली जमीन रह्यो न यहाँको मौलिकता । अझै पनि हामीले विचार पु¥याइएन भने पोखरा एकदिन...

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad