• Ad

Samadhan National Daily

  • Ad

पौने बाह्र करोड कारोबार गर्दै सकियाे पोखरा महोत्सव

पाेखरा, ९ माघ:

पोखरा महोत्सव सोमबार सम्पन्न भएको छ । महोत्सवबाट सोचेभन्दा राम्रो उपलब्धि हासिल गर्न सफल भएको आयोजक युनाइटेड क्लबका अध्यक्ष सुकबहादुर गुरुङले बताए । महोत्सव अवधिभर २ लाख २८ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरे भने ११ करोड ७५ लाखको कारोबार भएको महोत्सवका अर्थ तथा स्टल ज्यवस्थापन उपसमिति संयोजक संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

महोत्सवमा यसपटक हात्ती अवलोकन र हात्ती सवार गर्नेको भीड लाग्यो महोत्सव अवधिभर २० हजार दर्शकले हात्ती सवार गरी महोत्सवको अवलोकन गरेको पर्यटन प्रवद्र्धन उपसमिति संयोजक भुवन ढकालले बताए ।

महोत्सवको समापन गर्दै कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य रवीन्द्र अधिकारीले ४ नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउने आफ्नो उद्देश्यसँग युनाइटेड क्लबको सामाजिक क्रियाकलाप मिल्दोजुल्दो भएको भन्दै क्लबको हरेक क्रियाकलापमा आफ्नो सधै साथ रहने बताए । क्लबको काम आफूले पहिलेदेखि नियाल्दै आइरहेको सन्दर्भमा आठौं संस्करणको भव्य र सभ्य महोत्सवको समापन समारोहमा सहभागी हुन पाउँदा निकै खुसी लागेको समेत अधिकारीले बताए ।

महोत्सवका सह–प्रायोजक हिमश्री फुड्सका डाइरेक्टर प्रकाश केसीले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गरेर आफूलाई अन्य क्लबहरु भन्दा भिन्न पहिचान बनाउन सफल भएकाले आफूहरुले सहकार्य गरेको र आफूहरुको सहकार्य आगामी दिनमा पनि निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे ।

क्लबका संस्थापक अध्यक्ष तथा पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनसँगै पोखरामा चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको छ ।

लेखनाथमा चिडियाखाना निर्माणको काम भइरहेको र हाल उक्त स्थानमा बन्यजन्तु उद्धार केन्द्र निर्माण सम्पन्न भइसकेको भन्दै बख्रेलले महोत्सवमा आउने दर्शकको साथले नै युनाइटेड क्लब सफल भएको बताए ।

समापन कार्यक्रमको सञ्चालन युनाइटेड क्लवका महासचिव राजु श्रेष्ठले गरेका थिए भने क्लबका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत गरे ।

यसैबीच महोत्सवमा नेपालमानै पहिलोपटक आयोजना गरेको प्रदेशस्तरीय लोकदोहोरी गीत प्रतियोगितामा लोकदोहोरी प्रतिष्ठान स्याङ्जाले प्रथम स्थान हासिल गरेको छ । लोकदोहोरी गीत प्रतियोगितामा नारायण भट्टराईको समूह उत्कृष्ट स्थान हासिल गर्न सफल भयो ।

लोकदोहाेरी गीत प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनास्थान हासिल गर्नेले क्रमश ३०, २०, १२ र ८ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरे । प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगितामा प्रथम पुरस्कार रेन्बो एकेडेमी, द्वितीय पुरस्कार विन्ध्यवासिनी दोहोरी साँझ, तृतीय पुरस्कार सुनगाभा दोहोरी साँझ र सान्त्वना पुरस्कार साताताल दोहोरी साँझले पाए ।

 


प्रतिकृया दिनुहोस्

डाँडाकाँडा उक्लँदै लगानीकर्ता

‘सबै पूर्वाधार र विकासका संरचना पोखरामै खुम्च्याइयो । न यहाँ खाली जमीन रह्यो न यहाँको मौलिकता । अझै पनि हामीले विचार पु¥याइएन भने पोखरा एकदिन...

नयाँ अपडेट

  • करनले देखेको क्रिकेटकाे सुखदुख

    नामिबियाको क्रिकेट मैदानमा क्यानडाले विजय झण्डा फहराउने तयारी गर्दै थियो । १९५ रनको लक्ष्य पछ्याएको नेपालको अन्तिम ओभरमा एक खेलाडी नायक बनेर खेलमा उत्रिए र क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जीत...

  • कृषकसँग मन्त्री अभियान गर्ने घोषणा

    प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ‘कृषकसँग मन्त्री’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला गोरखा आएका थापाले बुधबार सदरमुकाममा...

  • मित्रवत् सम्बन्ध कायम राख्न: फुटबल

    अनेरास्ववियु स्याङ्जा–पोखरा सम्पर्क कमिटिको आयोजनामा पृथ्वीनारायण क्याम्पस फुटबल मैदानमा बुधबारदेखि अन्तरसंकाय सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । क्याम्पसका २० टोली सहभागी प्रतियोगितामा पहिलो दिन ३ खेल सम्पन्न...

  • नमूना आवासीय मावि प्रदेश ४ मै उत्कृष्ट

    कुस्माबजारमा सञ्चालित नमूना आवासीय मावि प्रदेश नं ४ कै उत्कृष्ट विद्यालय घोषित भएको छ । शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा उत्कृष्ट घोषित नमूना आवासीय माविले रु एक लाख पुरस्कारसमेत जितेको छ...

Ad
Ad
Ad