• Ad

Samadhan National Daily

  • Ad

‘साइलेन्ट किलर’ अनिमेस

पाेखरा, १० माघ:

गत फागुन १८ गते हिमालयन रोडिजको पोखरा अडिसनमा अनिमेस शाही भाग लिन पुगे । निर्णायकमा थिए सञ्चारकर्मी रेमनदास श्रेष्ठ, पोखरेली र्‍यापर आशिष राना ‘लाहुरे’ र रंगकर्मी दिया मास्के ।

उनीहरुबीच संवाद शुरु भयोः

मण्डलः किन आएको ?

अनिमेसः म यहाँचाहि रोडिज जित्नको लागि आ’को ।

मण्डलः अडिसन दिन आ’को ….

अनिमेसः जित्न त जित्नकै लागि आ’को ।

दोस्रो संवाद यस्तो थियोः

मण्डलः तिम्रो गर्लफ्रेण्ड छ ?

अनिमेसः छ ।

मण्डलः कति भयो ?

अनिमेसः ३ वर्ष ३ महिना ।

मण्डलः कति औं गर्लफ्रेण्ड हो ?

अनिमेसः गर्लफ्रेण्ड त कति नम्बरमा पर्छ, थाहा छैन । तर, लभ भने फस्र्ट हो ।

जस्तो निर्दाेष अनुहार थियो त्यस्तै निर्दाेष जवाफ दिएर पोखरा लामाचौरका अनिमेस शाहीले निर्णायक मण्डलको मन जिते । त्यहीबाट उनको रोडिज यात्रा शुरु भयो । यात्राको गन्तव्य फाइनलमै पुगे अनिमेस । रोडिजको दौरान छुट्टै भावभंगिमाले उनलाई डेन्जर जोनमा कहिल्यै जानु परेन ।

फाइनल भिडन्तमा अर्का अब्बल प्रतिष्पर्धी धरानेसमन श्रेष्ठसँग भिड्दा उनी दोस्रो भए । इन्डियन रियालिटी सो एमटिभी रोडिजको नेपाली भर्सन हिमालयन रोडिजमा दोस्रो भएपनि उनी चर्चित भएका छन् । फाइनलमा समनले पुरस्कार जिते । र, अनिमेशले दर्शकको मन ।

रोडिजले पोखराबाट अनिमेससहित ३ युवति छनौट गरे पनि उनीहरुको विश्वासमा अनिमेस नै थिए । सन् ९० ताकाको चर्चित हिन्दी फिल्म रकीको अभिनेता सञ्जय दत्तको लुक्स र हाइट दुरुस्त हुनु पनि अमिनेसको लागि फाइदा भयो । साथमा उनको प्रस्तुति र बोलाइले दर्शकको नजरबाट उनी हट्न सकेनन् । फाइनलमा बाजी मार्छ भन्ने आम दर्शकको विश्वास थियो ।

तर फाइनलको सम्पूर्ण हर्डल पार गरेपछि विनिङ बेल बजाउन दर्जनपटक चुकेपछि अनिमेस टाइटलबाट वञ्चित भए । पृथ्वीनारायण क्याम्पसमा बिबिएसका विद्यार्थी२१ वर्षिय अनिमेस विदेसमा रहेकीप्रेमिकाको सुझावमा अडिसन दिन पुगेका थिए ।

अनिमेस भन्छन् ‘सेलेक्ट भए लगतै गेम जित्छु र बनेर फर्किन्छु भन्ने लाग्थ्यो’, स्टामिनाका कारण फस्ट भइएन ।’ शो मा सुरुदेखि नै अनिमेस बलिया प्रतियोगी थिए । ‘मलाई च्यालेन्जेज मनपर्छ । सेकेन्डमा गएर जित्नु मेरो ईथिक्स विरुद्ध हुन्थ्यो, फस्र्टमा गएर आफ्नो बेस्ट दिनु नै मेरो जित हो, यसमा मलाई कुनै पछुतो छैन ।’

घरको एक्लो छोरा, अनिमेसलाई डाक्टर, इन्जिनियर या अरु केही बन्नैपर्छ भन्ने कहिल्यै दबाब भएन ।बुवा असोक, आमा कविता र दिदिहरु अस्मिता र आस्थाले उनलाई हरेक कुरामा साथ दिन्थे । उनले कपाल पालेको झन्डै साढे तीन वर्ष भयो ।

रोडीजबाट चर्चित हुनु अघि उनको लामो कपाल र सँधै कालो रुमाल गलामा वा टाउकोमा बाँध्ने लुक्सका कारण आलोचित हुन्थे । ‘मलाई खुसी लाग्छ, उनीहरुको म प्रतिको सोंच र दृष्टिकोण बदलिएको छ’ मुस्कुराउँदै उनले भने । अहिले उनको त्यही स्टाइल चर्चामा छ ।

त्यो कालो रुमाल बन्दनाको रुपमा सधैं आफैसँग राख्छन् । उनी भन्छन् ‘यो रुमाल केवल रुमाल नभई बन्दना हो, यसलाई सँधैं आफैसँग राख्छु ।यदि कोही मन खाने मान्छे भेटे भने गिफ्ट गर्नेछु ।’

हाल उनको ठम्याई छ पहिलेको अनिमेस र अहिलेको अनिमेसमा धेरै अन्तर छ । पपुलर मात्र नभई रेस्पोन्सिबल, एक्सप्रेसिभ भएको ठान्छन् । ‘मलाई धेरै युवायुवतीहरुले फलो गरिरहेका हुन्छन्, त्यसैलै मैले राम्रो छवि बनाइराख्नु जरुरी छ ।’

रोडिजपछि सार्वजनिक स्थानमा प्रायः माक्सले अनुहार छोप्ने गरेको उनी बताउँछन् । एकपटक ठमेलमा झुक्किएर माक्स हटाउँदा फ्यानहरुले घेरेको उनले सुनाए ।

रोडिजपछि उनलाई मोडलिङ कम्पनीले अफर गरेपनि उनी अनुप बरालको नेतृत्वमा अभिनय र साउन्ड एन्ड स्पिचको अभ्यास गरिरहेका छन् । हाल काठमाडौंमा रहेर उनी तेक्वान्दो, ताइची र मेडिटेसन सिक्दैछन् ।

पोखरा हुँदा नजिकको खोलामा पौडिन मन पराउने उनको रुचि जिम र जिम्न्यास्टिकमा पनि उत्तिकै छ । ग्राफ्रिटीमा समेत दख्खल राख्ने उनी गतिलै ¥यापर पनि हुन् ।

केही महिनाभित्रै उनको गीत युट्युबमा आउदैछ ।

शोको अन्तिम एपिसोडमा र्‍याप हानेका अनिमेसबाट प्रभावित भएर लाहुरेले उनको नामै राखेका थिए ‘साइलेन्ट किलर ।

 

 


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad