Samadhan National Daily

      रोहितकुमार र अनिललाई समेटेर डिभिजन टू खेल्ने नेपाली टोलीको घोषणा

      काठमाडौं, ११ माघ:

      विश्व क्रिकेट लिग च्याम्पियनसिप डिभिजन २ का लागि नेपालले १४ सदस्यीय अन्तिम टिमको घोषणा गरेको छ। फेब्रुअरी ८ बाट नामिबियामा हुने प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको हो।

      युवा क्रिकेटर रोहितकुमार पौडेल र अनिलकुमार साहले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

      यू-१९ का रोहित पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन्। हालै काठमाडौंमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका उनी ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका थिए ।

      यस्तै अनिल पनि पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न लागेका हुन्। विश्व क्रिकेट लिग च्याम्पियनपसिपको अन्तिम खेलमा यूएईविरुद्ध खेल्नुअघि दिपेन्द्र सिंह ऐरी घाइते भएपछि साहलाई टिममा बोलाइएको थियो । तर, उनले खेल्ने मौका पाएका थिएनन्।

      आइसिसीका छनोट कमिटी प्रमुख अनिमुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले टोलीको बिहिबार खेलाडी छनोट गरेको हो।

      प्रतियोगिता तयारीका लागि नेपाली टोली शनिबार युएई प्रस्थान गर्नेछ। त्यहाँ रहँदा नेपालले ३ वटा अभ्यास खेल खेल्ने भएको छ। फेब्रुअरी ४ मा नेपाली टोली युएईबाट नामिबिया लाग्नेछ।

      नेपाली टोली

      • पारस खड्का (कप्तान)
      • ज्ञानेन्द्र मल्ल
      • शक्ति गौचन
      • बसन्त रेग्मी
      • शरद भेषावकर
      • सोमपाल कामी
      • करन केसी
      • आरिफ शेख
      • सन्दीप लामिछाने
      • दीपेन्द्रसिंह ऐरी
      • दीलिप नाथ
      • ललित भण्डारी
      • अनिलकुमार साह
      • रोहितकुमार पौडेल

       

      वैकल्पिक खेलाडी

      • सुनिल धमला
      • ललित राजवंशी
      • सिद्धार्थ लोहनी
      • किशोर महतो

      प्रतिकृया दिनुहोस्