• Ad

Samadhan National Daily

  • Ad

ओपन हाउसको शाखा लेकसाइडमा

पोखरा, १९ माघ:

पोखरा चिप्लेढुंगामा रहेको ओपन हाउसले लेकसाइडमा शाखा बिस्तार गरेको छ ।

३० वर्ष अगाडि स्थापना भएको गजल पारखीलाई लक्ष्यगरी अंग्रेजी नयाँ वर्षसँगै लेकसाइडको बाराही चोकमा शाखा बिस्तार गरी सेवा सञ्चालनमा ल्याइने भएको हो। आगामी फागुन१२ गते शाखाको ओपनिङगरिने बिहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो ।

पप ब्यान्ड, ¥याप, ब्याटलको शहरका रुपमा चिनिने लेकसाइडमा गजल पारखीलाई थप सेवा प्रदान गर्ने ओपन हाउसले जनाएको छ । लेकसाइडको बाराही चोकमा ओपन हाउसको पहिलो शाखा सञ्चालनमा ल्याउने ओपन हाउसका सञ्चालक सुरेश गुरुङले जानकारी दिए ।

लेकसाइड क्षेत्रमा रहेका जति पनि क्लब तथा बारमा गजल प्रेमीलाई स्थान नदिने भएकाले गजललाई मन पराउने व्यक्ति र समूहलाई लक्ष्यगरी ओपन हाउसले शाखा विस्तार गरेको लेकसाइड स्थित होटल स्नोल्यान्डका सञ्चालक गणेशबहादुर थापाले जानकारी दिए ।

ओपन हाउसले ग्राहकको रोजाइ अनुसारका नेपाली र हिन्दी गजलमात्र प्रस्तुत गर्ने योजना रहेको सञ्चालक द्वय गुरुङ र थापाको भनाइ छ ।

शाखामा ४ सय २० ग्राहकलाई एकसाथ सेवा दिन सकिने पत्रकार भेटघाटमा जानकारी दिएका छन् । २ करोडको लागतमा सञ्चालनमा ल्याइएको शाखा मार्फत ४० जनाले रोजगारी पाउने छन् ।

रेस्टुरेन्टमा नेपाली परम्परागत खाना, इन्डियन, चाइनिज, इटालियन, र कन्टिनेन्टल परिकार प्राप्त हुने जानकारी दिइएको छ ।

रेस्टुरेन्टमा विशेषगरी सीफूडलाई प्राथमिकता दिइने जनाइएको छ ।


प्रतिकृया दिनुहोस्

डाँडाकाँडा उक्लँदै लगानीकर्ता

‘सबै पूर्वाधार र विकासका संरचना पोखरामै खुम्च्याइयो । न यहाँ खाली जमीन रह्यो न यहाँको मौलिकता । अझै पनि हामीले विचार पु¥याइएन भने पोखरा एकदिन...

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad