• Ad

Samadhan National Daily

  • Ad

आरन : गाउँमा हराउँदै, सदरमुकाममा मौलाउँदै

पर्वत, २० माघ:

फलेबास नगरपालिका ३ मैदानकाबाबुराम सुनारले आरन छोडेर डकर्मी पेसामाहातहालेका छन् । उनले ७वर्ष भयो आरन छोडेको । बाउबाजेको बिँडो थाम्ने रहर हुँदाहुँदै उनले गुजारा चलाउनमुस्किल भएपछि आरन छोडे ।

‘वर्षभरिमा एकपटक आउने अन्नबाट ६ जनाको परिवार पाल्न कठिन भएपछि चटक्कै छोडेर सिकर्मीको कामगर्दै आइरहेको छु,’ बाबुरामले भने,‘आरनको कामगर्दा वर्षभरिमाजम्मा सात मुरी अन्नपाइन्थ्यो, यतालागेपछि कामपाउ“दा दैनिक आठ सय आम्दानी हुन्छ ।’

६८ वर्षदेखि आरनकै कामगर्दै आइरहेका कटुवाचौपारीका पूर्णबहादुर विक आरनको काम गरेर आफ्नै पेट पाल्न समस्या परेको बताउ“छन् । ‘मैले ११ वर्षको उमेरदेखि यो पेसा गर्दै आइरहेको छु,’ विकले भने, ‘पहिला–पहिला त कामसँगै अन्नपनि राम्रै हुन्थ्यो पछिल्लो समय गाउ“मा खेती लगाउने कोही छैनन् कामै आउँदैन । काम नआएपछि अन्नपनि आउने कुरै भएन ।’

विकले अहिले सम्मपनि बालीघरे प्रथाबाटै आरन चलाउँदै आइरहेका छन् ।

गाउँलेहरुका घरेलु हतियार मर्मत गरेबापतविकले एक परिवारबाट वर्षमा पा“चपाथी अन्नलिँदै आइरहेका छन् । ‘पहिला–पहिला असोज र कात्तिकमा आँसी बाउसा अर्चाप्ने (मर्मत) गर्नेहरुले समयमा खाना खान पाइन्थेन, अहिले बसिबसाउ छ,’ विकले भने ।

गाउँ र सहरको दृश्यभने फरक छ । ३२ वर्षअघि सदरमुकाम झरेका बागलुङका नरबहादुर विकभने कुश्माबजार आएपछि व्यस्त बन्न थालेका छन् । आरन चलाएरै सहरमा २वटा घडेरी र एउटा घर जोडिसकेका छन् । ‘यी छोराहरु यही आरनले हुर्काएको हो,’आरनमा सँगै कामगर्दै आइरहेका दुई छोराहरुलाई देखाउ“दै नरबहादुरले भने,‘अहिले यिनीहरुले नै यो पेसा धान्दै आइरहेका छन् ।’

नरबहादुरले आरन व्यवसायबाट राम्रो आम्दानीहुनथालेपछि ११ वर्षसम्म कतारमा रोजगारी गर्दै आइरहेका कान्छा छोरा मनबहादुर र सुन पसल सञ्चालन गरेका जेठा छोरा कुमार विकलाई समेत यही पेसामा होमेका छन् । ‘मनेले कतार बसेर महिनामा १५ हजार पनि मुस्किलले बचाउँथ्यो, कुमारले तीन वर्ष सुन पसल चलाएर घाटै खायो,’ नरबहादुरले भने, ‘अहिले तीन बाउछोराले हरेक महिना ८० हजारदेखि एक लाखसम्म आम्दानी गरेका छौं ।’

साधारण एउटा आँसीअर्चापेको ३० रुपैया“ लिँदै आइरहेका छन् । त्यस्तै कोदालो, खुकुरी, बन्चरो लगायत घरेलु हतियार मर्मत गरेबापत हतियार अनुसार ३० देखि १ सय रुपैया“सम्म लिने गरेको विकले बताए । उनको परिवारले फलामबाट बन्ने प्राय सबै घरेलु हतियारहरुको निर्माण समेत गर्दै आइरहेको छ । विकको आरनमा घरेलु हतियार मर्मत गर्न सदरमुकामका अलावा शंकरपोखरी, मुडिकुवा, कुर्घा लगायत गाउ“बाट समेत किसानआउने गरेका छन् ।

‘अहिले गाउ“मा आँसी, बाउसा अर्चाप्ने मान्छे नै छैनन्, त्यही भएर यहाँआएको,’ पिपलटारीकी शारदा अधिकारीले भनिन्, ‘यहा“ अर्चापेको आँसी धेरै समय टिक्ने भएर सधैं यहीं ल्याउने गरेकी छु ।’

विशेष गरी असार साउन र असोज कात्तिकको सिजनमा आरनमा भिड हुने विक परिवारले बताएको छ । किसानले खेती लगाउने, घा“स काट्ने र धान थन्क्याउने समयमा आँसी, कोदालो, हलो लगायत औजार मर्मत गर्नेहरुको भिड हुन्छ ।

ठाना मौलाका प्रकाश विक पनि गाउँमा बालिघरे प्रथाका कारण पेसा धान्न नसकेर ११ वर्षअघि सदरमुकामको दुर्लुङ चोकमा आरन चलाएर बसेका उनले आपूmसँगै अरु चार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनको पनि दुई तले पक्की घर आरन चलाएर नै बनेको छ ।

उनी भन्छन्, ‘गाउँबाट बजारमाव्यावसायिकबन्नझरेको हुँ ।’ घरेलु हतियार आँसी, कुटो, कोदालो, भान्सामाचाहिने कराई, कसौंडी, ताप्के, कुँडेजस्ता भाँडा पनि प्रकाशले बनाउने गर्छन् । कुश्मा, बागलुङ र बेनीका भाँडा व्यापारीले त्यस्ता भाँडाको मागगर्ने गर्छन् ।

अहिले सदरमुकाम कुश्मामा आरन सञ्चालन गर्नेहरु संगठित भएका छन् । विश्वकर्मा आरन समूहदर्ता गरी हरेक औजार मर्मतको दर रेट तोकिएपछि सबै आरन व्यवसायीहरुलाई सजिलो भएको व्यवसायी रामवहादुर विकले बताए ।

‘शुरुमा त रेटै थिएन, हामीले पनि बालिघरेबाटै व्यवसाय शुरु गरेको हो, वर्षभरि काम गरेर कतिबेला अन्न पाइएला र खाउँला भनेर कुर्नुपथ्र्यो,’ रामबहादुरले विगत स्मरण गर्दै भने, ‘केही समयपछि ४आनामा एउटा आँसीमर्मत गर्न शुरु गरियो । अहिले दुई वर्ष भयो, सबै औजारको मर्मत दर र नया“ बिक्री दर तोक्ने गरिएको छ ।’

पछिल्लो समय आरनलाई आवश्यक कच्चापदार्थ कोइला र फलामको समस्या पर्न थालेको विकले बताएका छन् । आरन चलाउन आवश्यक काठका कोइला स्थानीय बजारमा पाउन मुस्किल पर्ने र बाहिरी बजारबाट ल्याउँदा महँगो पर्न जाने उनले बताए ।

आरन व्यवसाय सञ्चालन गर्नेलाई कृषि क्षेत्रमा जस्तै राज्यले पनि विभिन्न प्राविधिक उपकरणमा अनुदान, आधुनिक प्रविधिको तालिम, उपकरण लगायतमा सहुलियत दिनुपर्ने यो व्यवसायमा लाग्नेहरुको माग छ । वनमा रुख काट्न नपाउँदा कोइलाको समस्या हुने र बिँड बनाउने काठको अभाव रहेको आरन व्यवसायीले बताए । ‘अनुदानको नाममा हामीसंगै भएका हतियार मात्रै दिएर भएन, राज्यले व्यावसायिक सुधारका योजना ल्याउनुपर्छ,’प्रकाश विकले भने ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad