• Ad

Samadhan National Daily

  • Ad

आहाराराको फाइनल आज : थ्रीस्टार र पुलिसबीच घम्साघम्सी

पोखरा, २० माघ:

आहारारा गोल्डकपको फाइनलमा नेपालपुलिस क्लब र रुस्लानथ्री स्टार क्लबउपाधिकालागिशनिबार आमनेसामने हुँदैछन् ।

दुबै टिम आहारारा गोल्डकपमा ४ पटक सम्म भेट भएका छन् । आहाको संस्करणमा दुबैको प्रतिस्पर्धा भने पहिलो पटक तेस्रो आहारारा गोल्ड कपको सेमिफाइनलमा भेट भएको थियो । उक्तप्रतिपस्पर्धामा नेपालपुलिस क्लब २–१ गोलको थ्रीस्टारलाई पराजितगर्दै फाइनलमापुगेको थियो ।

छंैटौ आहारारा गोल्ड कपमा क्वार्टरफाइनलमानेपालपुलिस क्लबले १–० ले थ्रीस्टारलाई नै हराएको थियो । सातौं आहारारा गोल्ड कपको क्वार्टरफाइनल खेलमा नेपालपुलिस क्लबले थ्री स्टारलाई २–० गोल पराजित गरेको थियो ।

१३ औं सस्करणमा पनि नेपालपुलिस र थ्रीस्टार सेमिफानइनलमाप्रतिस्पर्धा गरेकाथिए । त्यो प्रतिस्पर्धामाथ्री स्टारले नेपालपुलिसलाई १–० गोलको हराएको थियो । चार सस्करणमा पुलिसले तीन पटक हराएको छ भने एक पटक थ्रीस्टारले जितेको छ । १६ औंसस्करणको उपाधिआफ्नो पोल्टामा पार्न दाउमादुबै छन् ।

क्याराभानसहित ५ पटक पोखरामागोल्ड कपउचालेको पुलिस छैटौं पटक गोल्ड पकउचाल्ने रणनीति बनाएर मैदानउत्रिदै छन् भने ४ पटक पोखरामागोल्ड पकउचालेको थ्रीस्टार पनिपाँचौ पटक गोल्ड कपउचाल्ने तयारीमा जुटेको छ ।

पुलिसले अधिकांशनयाँ खेलाडीलाई मैदानमाउतारेको छ । रुस्लानथ्री स्टारले नेपाली राष्ट्रिय टोलीको उपकप्तानविक्रमलामाको नेतृत्वमाव्यवसायिक खेलाडीलाई मैदानउर्तादैछ ।

विश्वास श्रेष्ठ, नीराजन खड्कालाई रोक्नुपर्ने चुनौतीपुलिसलाई छ । रविपासवान, सुमन लामा र अभिषेक रिजालको कम्बिनेसनलाई विफलतुल्याउने योजनाथ्री स्टारले बनाउने छ ।

रुस्लान थ्रीस्टार क्लबले उत्तर बरिन्धारा क्लबलाई सेमिफाइनलमा खेलमा ५–० गोल को अन्तरले हराउँदै फाइनलमाप्रवेश गरेको हो । सशस्त्रप्रहरीको एपिएफक्लबलाई ५–३ गोल अन्तरले हराउँदै रुस्लान थ्रीस्टार सेमिफाइनलमाप्रवेश गरेको थियो ।

रमपमझापा ११ फुटबल क्लबलाई १–० पराजितगर्दै नेपालपुलिस क्लब क्वार्टरफाइनल र धरान फुटबल क्लबलाई १–० गोलको अन्तर पार्दै फाइनलमापुगेको हो । नेपालपुलिस क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ गोल अन्तरले हराउँदै पुलिस क्लब सेमिफाइनलमापुगेको थियो ।

 

शनिबारको फाइनल खेलजित्ने रणनीति बनाएको थ्रीस्टारकाप्रशिक्षक मेघराज केसीले बताए । आहारारामाफाइनलको खेलमाअहिले सम्मथ्री स्टार नहारेको बताए । केसीले डेढ वर्षपछिनयाँ टिम तयार पारेर आएको र भर्खरै इटहरी गोल्डकप जितेर उत्साहथपिएको बताए।

आठौं सस्करणको उपाधिउचालेपछि पोखराको मैदानमापुलिस १६ औं सस्करणमा धरानफुटबल क्लबलाई पराजितगर्दै फाइनलप्रवेश गरेकोहो । ‘थ्री स्टार राम्रो टिम हो, कडा प्रतिस्पर्धा हुन्छ,’ पुलिसकाप्रशिक्षकअनन्तराजथापाले भने, ‘फाइनलजहिले पनिफिप्टी÷फिप्टी हुन्छ ।’

विजेताक्लबले नगद७लाख १ हजार नगद र उपाविजेताले ३ लाख ५१ हजार रुपैयाँ ट्रफी र मेडल पाउने छ । उत्कृष्ट खेलाडी, बेस्ट फाइभ र म्यानअफदीम्याचको पुरस्कार पाउने छन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad