• Ad

Samadhan National Daily

  • Ad

पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने

पोखरा, २१ माघ:

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिर्ने बताउनुभएको छ ।

खेलकुद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिनुभयो ।

आगामी दक्षिण एसियाली खेलकुद(साग)का छ खेल पोखरामा खेलाउने तयारी गरिएको र थप दुई खेल पनि खेलाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सागमा महिला फुटबल, महिला तथा पुरुष भलिबल, धनुकाँड, ट्राइथोलन, ब्याडमिण्टन र ह्याण्डबल खेलाउने तयारी गरिसकिएको छ भने मुक्केबाजी र उसु पनि खेलाउन सकिने सम्भावना छ ।

पोखरा रंशालाको प्यारापिट निर्माणका लागि रु एक अर्ब २५ करोड र लनटेनिस कोर्ट निर्माणका लागि रु चार करोड ५० लाख विनियोजन भइसकेको तथा अन्य पूर्वाधार पनि निर्माण भइरहेको उहाँले बताउनुभयो ।

परिषद् यतिखेर खेल क्षेत्रमा विद्यमान आर्थिक अनियमितता र भ्रष्टाचार रोक्न लागिपरेको बताउँदै उहाँले विद्यमान विकृति विसंगतिको अन्त्यमा सरोकार भएका सबैको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad