• Ad

Samadhan National Daily

  • Ad

प्रदेश चार : ऐतिहासिक प्रदेशसभाको पहिलो बैठक सम्पन्न

पोखरा, २२ माघ:

पोखरामा सम्पन्न प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न पाँचजना सदस्यको नाम अनुमोदन गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले राख्नुभएको त्यससम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।

उहाँहरूमा गायत्री गुरुङ, टेकबहादुर घर्ती मगर, धनमाया पोखरेल लामा, मोहन कुमारी गुरुङ र मित्रकुमारी सुवेदी गुरुङ रहनुभएको छ ।

प्रदेशसभा सञ्चालन आन्तरिक कार्यविधिअनुसार सभामुखको निर्वाचनका लागि आगामी फागुन ३ गते बिहीबार दिउँसो १ः०० बजेको समय तोकिएको ज्येष्ठ सदस्य श्रेष्ठले बैठकलाई जानकारी दिनुभयो ।

उक्त निर्वाचनका लागि प्रदेशसभाका सचिव जीवराज बुढाथोकीलाई आजै उक्त कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न उहाँले निर्देशन दिनुभयो ।

एक घण्टा ४३ मिनेट चलेको उक्त बैठकमा पृथ्वी सुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली, हरिबहादुर चुमान, कृष्ण थापा, हरिशरण आचार्य, किरण गुरुङ, दोबाटे विश्वकर्मा, नेत्रनाथ अधिकारी, सिर्जना शर्मा, ललितकला गुरुङ र गायत्री गुरुङले दलगत रुपमा बैठकलाई सम्बोधन गर्नुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक फागुन ३ गते बिहीबार दिउँसो १ः०० बजे बस्नेछ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • करनले देखेको क्रिकेटकाे सुखदुख

    नामिबियाको क्रिकेट मैदानमा क्यानडाले विजय झण्डा फहराउने तयारी गर्दै थियो । १९५ रनको लक्ष्य पछ्याएको नेपालको अन्तिम ओभरमा एक खेलाडी नायक बनेर खेलमा उत्रिए र क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जीत...

  • कृषकसँग मन्त्री अभियान गर्ने घोषणा

    प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ‘कृषकसँग मन्त्री’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला गोरखा आएका थापाले बुधबार सदरमुकाममा...

  • मित्रवत् सम्बन्ध कायम राख्न: फुटबल

    अनेरास्ववियु स्याङ्जा–पोखरा सम्पर्क कमिटिको आयोजनामा पृथ्वीनारायण क्याम्पस फुटबल मैदानमा बुधबारदेखि अन्तरसंकाय सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । क्याम्पसका २० टोली सहभागी प्रतियोगितामा पहिलो दिन ३ खेल सम्पन्न...

  • नमूना आवासीय मावि प्रदेश ४ मै उत्कृष्ट

    कुस्माबजारमा सञ्चालित नमूना आवासीय मावि प्रदेश नं ४ कै उत्कृष्ट विद्यालय घोषित भएको छ । शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा उत्कृष्ट घोषित नमूना आवासीय माविले रु एक लाख पुरस्कारसमेत जितेको छ...

Ad
Ad
Ad