Samadhan National Daily

      गण्डकी बैंकको कञ्चन र अमुवा शाखा शुरु

      पाेखरा, २३ माघ:

      गण्डकी विकास बैंक लिमिटेडको रुपन्देहीस्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखाको एकै दिन कारोबार शुरु गरेको छ । कञ्चन शाखाको उद्घाटन कञ्चन गाउँपालिकाका प्रमुख गोकर्णबहादुर क्षेत्रीले गरेका थिए । बैंकको पश्चिम अमुवा शाखाको उद्घाटन गर्दै बैंकका अध्यक्ष जगनबहादुर गुरुङले जनताको सेवामा गण्डकी विकास बैंक एक कदम अगाडि रहेको बताए ।

      कञ्चन गाउँपालिकाका प्रमुख गोकर्णबहादुर क्षेत्रीले गण्डकी विकास बैंक एक सबल र सक्षम विकास बंैक भएको भन्दै शाखा सञ्जाल देशव्यापी रुपमा भएकोमा नयाँ सेवा थप्दै जानुपर्नेमा जोड दिए ।

      गुरुङले गण्डकी विकास बैंक नेपालकै एक उत्कृष्ट बैंक भएको भन्दै बैंकको सेवा सुविधा पनि ग्राहकमुखी भएको धारणा व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकका सेवालाई विविधिकरण गर्दै लैजाने योजना सुनाए ।

      बंैकले विस्तार गरेको शाखाबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबिबिएस, एटिएम, इसिसी, आइपिएस, मोबाइल बंैकिङ, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैंकिङ सेवा सञ्चालन गरिएको छ । गण्डकी विकास बैंक लिमिटेडले आव २०७४÷७५ को दोस्रो त्रैमासमा सञ्चालन मुनाफा ३२ करोड रुपैयाँ आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप १९ अर्ब ९२ करोड पु¥याएको छ भने कर्जातर्फ १७ अर्ब ५६ करोड पु¥याएको छ । बैंकको निष्कृय कर्जाको मात्रा न्यून रहेको बैंकले दाबी गरेको छ ।

      बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँमागरी ५१ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा लकर सेवा, सुनधितोमा कर्जा सुबिधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाबाट ३६५ दिने बंैकिङ सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ । बैंकले न्युन आय भएकालाई विपन्नवर्ग कर्जा तथा समूहमा आबद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । बंैकले यसै आर्थिक वर्षमा देशका विभिन्न ठाउँमा २६ वटा शाखाहरु थप गरी ७७ वटा शाखा पु¥याउने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।


      प्रतिकृया दिनुहोस्