• Ad

Samadhan National Daily

  • Ad

भात पकाउने फेवातालको पानी !

पाेखरा, २३ माघ:

‘साहुहरु माल सामान किन्नबोरामा पैसा लिएर जहाजमा काठमाडौं जान्थे,उति बेला कागजको पौसाको चलन थिएन, ‘पृथ्वी नारायण क्याम्पसका संस्थापक प्रमुख जर्ज जोनले भने, ‘जहाज डुंगा जस्तो थियो २ तिर मानिसहरु बस्ने र बीचमा सामान राखेर समान ल्याउनुपथ्र्यो ।’
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको १५ औं वार्षिकोत्सवको अवसर तथा पोखरामा मोटर गाडी आएको ५० वर्ष पुगेको छेकोमा संग्रालयले सोमबार आयोजना गरेको ‘हिजोको पोखरा’ शीर्षकमा जोन बोल्दै थिए ।

‘म पोखरा आउँदा यहाँ कुनैपनि ठाउँमा पुल थिएन,’ जोनले भने, ‘पोखरामा पहिला पहिला जहाज आउँदा लेखनाथतिरको आकाशमा जहाज आएपछि साइरन बजाउँथ्यो र पोखराको विमानस्थलमा चरिरहेका गाईवस्तुलाई अन्त धपाएर जहाजलाई बस्न दिइन्थ्यो ।’

काठमाडौंबाट पोखरा आउने टिकट ६४ रुपैयाँको रहेको जोनले सुनाए । चोरसाँघुको पुल र पोखरा महेन्द्रपुल नजिक साँघुको मुखमा पनि बासको सानो पुलबाट यात्रा गर्नुपर्ने उनले सम्झिए । ‘पोखराका बासिन्दाहरु बगरमा रहेको सैनिक अस्पतालमा उपचार गराउन जान्थे,’ उनले भने, ‘अहिले त पोखराका त्यस्तो छैन, ऊ समयमा फेवातालको वरिपरिकाले तालको पानीले खाना पकाउने गर्थे ।’

पोखरामा ७ सालमा आउँदासेतो कपाल र टोपी लगाएको देखेर आफूसँग नबोलेको जेपी क्रसले सुनाए । ‘नेपालमा घुम्न वर्षमा बेलायती ३ जनामात्र आउन पाइन्थो त्यो समयमा आएको हुँ,’ उनले भने ।

वातावरण विज्ञ कुशल गुरुङले अहिलेको पोखरामा पहिला रानीपौवा वरिपरि भएका चौताराहरु बाटो बनाउने क्रममा विनाश भएको बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई पर्यटकीय सहर बनाउन पर्वतीय संग्राहालयलाई सहयोग गर्ने बचन दिए । जिसीले पोखरा आएका पर्यटकसंग्राहलयमा लैजाने वातावरण बनाउन महानगरपालिकाले योजना बनाउने पनि सुनाए । उनले महानगरपालिकाको अगुवाइमा पर्यटन सूचना केन्द्र बन्दै गरेको जानकारी दिए ।

संग्रहालयका सहसंयोजक विजय गुरुङले कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संग्रालयका सदस्य जीवनराज सापकोटा, दक्षिण कोरियाका प्रोफेसर याङ सिङ हान, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका अध्यक्ष शन्तवीर लामा लगायतले भनाइ राखेका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad