• Ad

Samadhan National Daily

  • Ad

सभ्य प्रदेश ४ सभाका रोचक दृश्य

संघीयताको विरोध र पृथ्वीनारायणको स्तुतिदेखि सभामुखको गल्ती, संघीय सांसदको हल्ला

पाेखरा, २३ माघ:

प्रदेश सभा तोकिएको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको गेटमा १० बजे नै सांसद लाइनमा थिए । खुरुखुरु भित्र छिर्न लागेका सांसदलाई प्रहरीले फर्काउँदै लाइनमा उभ्याएको दृश्य हेर्न लायक थियो ।

प्रहरीले रोक्दै गेटबाहिरै लाइनमा उभ्याएपछि माननीय ‘हामी पनि लाइन यहाँ नाम टिपाउनु पर्ने ? भन्दै नाम लेखाउन व्यस्त देखिए । गेटमा एकजना प्रहरी जवानलाई फाइलमा नाम, ठेगाना, पद, फोन नम्बर टिप्न भ्याइनभ्याइ थियो । एकै जनाले रजिस्टरमा सांसददेखि पार्टीका कार्यकर्ता, कर्मचारी र पत्रकारसम्मका नाम टिप्नुपरेको थियो । पैदलै आएका सांसदको नाम लेखिरहँदा गाडीमा आएका सांसद गेटभित्र छिरेको पत्तै पाउँथेनन्, प्रहरी । सांसदका लागि प्रदेश सभा हलको बाहिर छुट्टै हाजिरी थियो तर प्रहरी र व्यवस्थापन पक्षबीच समन्वय नहुँदा सुरुमै अव्यवस्थित देखियो ।

संसद सचिवालयले परिचयपत्र उपलब्ध नगराइसकेको अवस्थामा परिचय खुल्ने कुनै कागजात वा निर्वाचन आयोगले दिएको निस्सा लिएर संसादलाई बैठकमा आउन आग्रह गरिएको थियो । जनमोर्चाकी पियारी थापाले हातमा नागरिकता नै लिएर लाइनमा बसेकी थिइन् । पछि बैठक सुरु हुनै लाग्दा भीडभाड बढेपछि प्रहरीले नाम टिप्नै छोडिदियो । सोमबार भएको प्रदेश नम्बर ४ को पहिलो ऐतिहासिक बैठकमा यस्ता थुप्रै फरक दृश्य देखिए । बिहान ११ बजेका लागि बोलाइएको बैठक सवा घन्टामा सकिने भने पनि सांसदले तोकिएकोभन्दा बढी समय बोलेपछि पौने २ घन्टा चल्यो । सर्वोच्चबाट ज्यान उद्योग मुद्दामा दोषी ठहर भएका राजीव गुरुङ ‘दीपक मनाङे’ बाहेक सबै सांसद उपस्थित थिए ।

३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक गरी ६० जना सांसद सहभागी संसदमा ८ जनाबाहेक सबै नयाँ हुन् । पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, नरदेवी पुन, आशा खनाल, मणिभद्र शर्मा, कुमार खड्का, रोशन गाहामगर र विकास लम्सालबाहेक ५१ जना संसदका सबै नयाँ अनुहार हुन् ।
सोमबारको बैठकमा बोल्ने अवसर पाएका पृथ्वीसुब्बा र किरण संसदको स्वाद चाहिसकेका सांसद हुन् । एमाले नेतृ सिर्जना शर्मा, कांग्रेसका कृष्णचन्द नेपाली पोखरेल, दोबाटे विक, ललितकला गुरुङ, माओवादीका हरिबहादुर चुमान, नेत्रनाथ अधिकारी र गायत्री गुरुङ, नयाँ शक्तिका हरिशरण आचार्य तथा जनमोर्चाका कृष्ण थापाले पहिलोपटक संसदमा बोल्न पाएका हुन् ।

पृथ्वीनारायणको स्तुति
नेकपा एमालेका सांसद तथा मुख्यमन्त्रीका २ दाबेदारले पृथ्वीनारायणको स्तुति गर्दा एमालेकै सांसदले मुख बिगारे । सुरुमा मञ्चमा उक्लेका पृथ्वीसुब्बाले मन्तव्य नै पृथ्नीनारायण शाहले गरेको एकताबाट सुरुवात गरेका थिए ।

अर्का सांसद किरण गुरुङले पनि पृथ्वीनारायण शाहको पटकपटक नाम लिए । ‘देश संघीयतामा गइसक्यो तर, हाम्रा माननीयमा पुरानो ह्याङ अझै गएको छैन,’ दर्शकदिर्घामा उपस्थित भएका एक प्रतिनिधि सभा उम्मेदवारले भने, ‘संघीयताका लागि लडेका व्यक्तिलाई बिर्सेर पृथ्वीनारायणको स्मृति गाउन कति जरुरी थियो, त्यो आफैं मूल्यांकन गर्नु पर्ने कुरा हो ।’ सम्बोधनका क्रममा पृथ्वीसुब्बा गुरुङले ४ नम्बर प्रदेशलाई ७ नम्बर प्रदेश भनेपछि सांसदकैबीच कानेखुसी चलेको थियो ।

सुरुमै झुक्किए सभामुख
मर्यादापालकले सभामुखलाई ड्यासमा पु¥याएसँगै सभाका सबै सांसद उठेर सम्मान व्यक्त गरे लगत्तै राष्ट्रिय धुन बज्यो । त्यसपछि शहिदप्रति १ मिनेट मौनधारण गरेसँगै प्रदेश प्रमुखबाट बैठकका लागि आएको पत्र वाचनमै सभामुख अल्मलिए । पत्रको अन्तिममा लेखिएको स्थान, मिति र समय पढेपछिमात्रै उनले त्योभन्दाको निम्न स्थान, मिति र समयमा बैठक बस्न आह्वान गर्दछु भन्ने वाचन गरे ।

त्यसलगत्तै प्रदेश सभा सञ्चालन अन्तरिम कार्यविधि पारित गर्ने बेला यस प्रस्तावको पक्षमा हुन्छ भन्ने माननीयले हुन्छ भन्नुहोला भनेर हुँदैन भन्ने ध्वनी मतको अवसर नै दिएनन् । यो प्रस्तावको पक्षमा हुँदैन भन्ने माननीयले हुँदैन भन्नुहोला भन्ने अवसर नै नदिई हुँदैन भन्नेमा आवाज नसुनिएको भन्दै सभामुखले पारित गरिदिए । बैठक सञ्चालन गर्न गएका संसदीय कर्मचारीले उनलाई सिकाएपछि फेरि हुँदैन भन्ने पक्षका लागि अवसर दिएका थिए । तर, हुँदैन भन्नेमा आवाज आएन ।

संघीयताको नयाँ अभ्यासमा संसदको पहिलो बैठक भएकाले यसलाई गल्तीको रुपमा भन्दा पनि अभ्यासकै क्रममा भएको रोचक विषयको रुपमा हेरिएको छ ।

कांग्रेस सांसदको लिखित मन्तव्य
प्रदेश सभाको पहिलो बैठकमा बोल्ने कांग्रेसका सबै सांसदले लिखित मन्तव्य राखेका थिए । कांग्रेसका तर्फबाट कृष्णचन्द्र नेपालीले लिखित मन्तव्य राखेर समय सकिनुभन्दा अघि नै आफ्नो भनाइ सके र लिखित मन्तव्यमा प्रदेशका सम्भावनाको उजागर तथा प्रतिवद्धता पनि व्यक्त गरे ।

कांग्रेसका दोबाटे बिकले पनि मन्तव्यको केही समय बाँकी रहँदै आफ्नो मतव्य टुंग्याए भने ललिलकला गुरुङले पनि आफूले पाएको ५ मिनेट समयमा केही सकेन्डमात्र बढी समय लिइन् । अन्य सांसद भने सोमबारको बैठकमा कांग्रेसजतिको व्यवस्थित देखिएनन् । कांग्रेसदेखि बाहेक सबै सांसदले तोकिएकोभन्दा धेरै समय लिएका थिए ।

कसरी बैठक बस्ने अभ्यास अघिल्लो दिनै गराइएको भए पनि संसदभित्र मोबाइल बज्नेदेखि सेल्फी खिच्नेसम्मका दृश्य देखिए । सभामुखको दाँयापट्टि पहिलो भागमा पहिलो पार्टी एमालेका सांसद र त्योभन्दा पछाडि तेस्रो पार्टी माओवादीका सांसद बस्ने गरी सिकाइएको भए पनि सांसद अघिपछि मिसिएर बसेका थिए । बाँयापट्टि भने दोस्रो दल नेपाली कांग्रेसका सांसद बसेका थिए ।

भित्र प्रदेश सांसदको मन्तव्य, बाहिर प्रतिनिधि सांसदको हल्ला
प्रदेश सभाको पहिलो बैठक हेर्न यस प्रदेशबाट प्रतिनिधि सभाको चुनाव जितेका सांसद पनि पुगेका थिए । सांसद पदम गिरी, केदार सिग्देल, पद्मा अर्याल, प्रेम तुलाचन, रवीन्द्र अधिकारीदेखि देव गुरुङसम्म उपस्थित भए । प्रतिनिधि सभा सदस्य कति पुरानै थिए भने कति पहिलो पटक संसदको अभ्यास नियालिरहेका थिए । भित्र प्रदेश सांसदले बोलिरहँदा त्योभन्दा पछाडि प्रतिनिधि सभाका सांसद, मेयर, उपमेयर, पार्टीका प्रतिनिधि, पत्रकार र पर्यवेक्षकका लागि दर्शक दिर्घा बनाइएको थियो ।
प्रदेश सभामा संसादले आफ्नो भनाइ राखिरहँदा दर्शकदिर्घाका प्रतिनिधि सभाका सांसदले गरेको हल्लाको भने एक कर्मचारीले गुनासै गरे । यो प्रदेशबाट कांग्रेसका एकमात्र प्रतिनिधि सभाका सांसद शशांक कोइराला र एमालेका खगराज अधिकारी, सूर्य पाठक, नारायण मरासिनी, नयाँ शक्तिका बाबुराम भट्टराईबाहेक प्रतिनिधि सभाका १३ जना सांसद भने दर्शक दिर्घामा उपस्थित थिए ।

प्रदेश सभाको बैठक भने कुनै अबरोध र झन्झटबिना मर्यादित रुपमा सकिएको छ । प्रदेश सभाको बैठक गराउन आएका सांसदीय कर्मचारीको टोलीले पनि अहिलेसम्म अन्य प्रदेशमा भएका बैठकभन्दा व्यवस्थित र मर्यादित रुपमा बैठक सकिएको बताएका छन् । बैठक चलिरहँदा कुनै पनि अबरोध र बीच रोकिनु परेको थिएन । सभामुखको मिति तोक्दा होस् या अन्तरिम कार्यविधि पारित गर्दा मर्यादित रुपमा भए भने कुनै पनि सांसदले बोल्दा नियमापत्ति भएन, बरु बेलाबेलामा टेबल ठोकेर समर्थन जनाए ।

‘संघीयता हिराको सिक्रीले बाँधेको भालु’
राष्ट्रिय जनमोचाबाट निर्वाचित सांसद कृष्ण थापाले संघीयता हीराले बाँधेको भालु जस्तो भएको बताएका छन् । प्रदेशसभाको पहिलो बैठकमा बोल्दै उनले भने, ‘संघीयतामा हाम्रो जहिले पनि असहमति रहिरह्यो । उनले भने, ‘संघीयता अहिले हिराको सिक्रीले बाँधेको भालुजस्तो भएको छ । बाधिराखौं असाध्यै खर्चिलो छ, छाडिदिऔं जनतालाई सुरक्षाको खतरा छ ।’ उनले अहिलेको मुख्य शत्रु नै राजनीतिक भ्रष्टाचार भएको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिए । थापाले सांसद राजीव गुरुङ (दीपक मनाङे) प्रति संकेत गर्दै सांसद भएर पनि सभामा आउने नसक्ने वातावरण बन्नु दुखद भएकोले त्यस्ता कमजोरीलाई व्यक्ति र दल दुवैले सच्याउनुपर्ने सुझाव दिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad