• Ad

Samadhan National Daily

  • Ad

दृष्टिविहीनलाई बोल्ने पुस्तकालय

म्याग्दी, २४ माघ:

म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहिन विद्यार्थीको लागि छुट्टै पुस्तकालय बनाइने भएको छ । क्याम्पमा अध्ययन गर्ने विद्यार्थीको लागि बन्ने पुस्तकालयलाई म्याग्दी विकास मञ्चले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । क्याम्पसको बिएड दोस्रो वर्षमा अध्ययरत दृष्टिविहीन विद्यार्थी गोपाल खत्री र बिएड प्रथम वर्षमा अध्ययरत धनमाया विकलाई आवश्यक पर्ने शैक्षिक साम्रगीको अभावले पठनपाठनमा असर गरेपछि आर्थिक अभियान सुरु गरी अपांग भएका विद्यार्थीको लागि यस्ता समस्या आउन नदिन पुस्ताकालय स्थापना गर्न लागिएको हो यको हो । यसका लागि करिब ५ लाख रुपैयाँ खर्च हुनेछ ।

मंगलबार क्याम्पसमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघका संस्थापक अध्यक्ष एव म्याग्दी विकास मञ्चका अध्यक्ष प्रकाश पुनले दृष्टिविहीन विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उदेश्यले छुट्टै पुस्तकालय बनाउने तयारीमा पहिलो चरणमा ५० हजार सहयोग गर्ने घोषणा गरेका हुन् । ‘अपांगता भएका विद्यार्थीलाई शैक्षिक साम्रगीको अभावले परेको समस्या सुन्दा दुख लाग्यो । आवश्यक साम्रगी सहितको पुस्तकालयमा भविष्यमा पनि सहयोग गर्नेछु,’ उनले भने ।

म्याग्दी बहुमुखी क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनको पहलमा पुस्तकालय भित्र छुट्टै कक्षको स्थापना गरी सहज आवतजावत तथा आवश्यक बोल्ने कम्प्युटर, बे्रललिपी, स्टेशनरी, अडियो पुस्तक, ब्रेल पेन आवश्यक हुने स्ववियु सभापति सावित्री खत्रीले बताइन् । दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी स्थापना गरिने पुस्तकालयको बारेमा जानकारी गराउने उद्देश्यले गरिएको कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका सभापति तारानाथ शर्मा, म्याग्दी विकास मञ्चका महासचिव दिनेशनारायण श्रेष्ठ लगायत सहभागी थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad