• Ad

Samadhan National Daily

  • Ad

प्रेस चौतारी पुरस्कार जिसीलाई

बागलुङ, २४ माघ:

‘प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार’ बाट पत्रकार रामबहादुर जिसीलाई पुरस्कृत गरिएको छ । प्रेस चौतारी नेपालको २० औं स्थापनाका अवसरमा बागलुङमा सोमबार जिसीलाई उक्त पुरस्कार दिइएको हो ।

चौतारीका पूर्व केन्द्रीय सचिव गणेश पाण्डेले २ जर्ष अघि भूकम्पले क्षति पुगेको घटनामा केन्द्रित रहेर तयार गरेको डकुमेन्ट्री प्रदर्शनबाट संकलित रकमबाट पुरस्कार कोष स्थापना गरिएको थियो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगद १० हजार, प्रमाणपत्र सहित दोसल्ला ओढाएर जिसीलाई सम्मान गरेका थिए । अघिल्लो वर्षदेखि प्रदान गर्न शुरु गरिएको उक्त पुरस्कारबाट गत र्ष चौतारीले पत्रकार हरिनारायण गौतमलाई पुरस्कृत गरेको थियो ।

पत्रकार जिसी हाल धौलागिरी जागरण दैनिकका सम्पादक छन् । कार्यक्रममा पुरस्कार दिंदै बागलुङ नगरपालिकाका नगर प्रमुख पौडेलले पत्रकार जिसीले पत्रकारिता र सहकारीमा आवद्ध भएर संस्थागत विकासमा खेलको भूमिका र योगदान प्रशंसनीय भएको बताए । जिसीले इन्सेक प्रतिनिधि हुँदा जनआन्दोलनको संगालोको रुपमा ‘जनआन्दोलन भाग–२’ पुस्तक प्रकाशित गरेको, राजनीतिक तथा सामाजिक परिवर्तनको विविध विषयलाई समाचारमा प्राथमिकताका साथ ल्याउन सफल भएको बताए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad