• Ad

Samadhan National Daily

  • Ad

राष्ट्रिय सभा निर्वाचन आज

पाेखरा, २४ माघ:

राष्ट्रिय सभा सदस्य निर्वाचन २०७४ को लागि मतदान बुधबार हुँदैछ । प्रदेश नम्बर ४ स्तरीय निर्वाचनको मतदान पार्दीस्थित लोक सेवा आयोगको क्षेत्रीय कार्यालयमा हुने निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताए ।

‘मतदान कार्यको लागि आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापनको कार्य भइसकेको छ,’ उनले भने, ‘निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन सामग्री बुझाएपछि मतगणना सुरु हुने छ ।’ उनले स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी १ सय ७० जनाको लागि १ र प्रदेश सभाका सांसद ६० जनाको लागि १ गरी २ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदान अधिकृतमा गंगालाल सुवेदी र जगन्नाथ पौडेल छन् । मनाङ प्रदेशसभा २ बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) सपथ खान नआए पनि उनको नाम मतदाता सूचीबाट हटाइएको छैन ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी १ सय ७० जना हरेकको १८ का दरले ३ हजार ६० र प्रदेश सभाका ६० जनामध्ये हरेकको ४८ का दरले २ हजार ८ सय ८० गरी ५ हजार ९ सय ४० मतभार छ ।

निर्वाचन मण्डल (मतदाता) ले दिएको मतको आधारमा एकल सक्रंमणीय मत प्रणालीबाट प्रत्येक प्रदेशबाट राष्ट्रिय सभाका ८ जना सदस्य चयन हुने प्रावधान छ । क्षेत्रीय निर्वाचन कार्यलय पोखराका सूचना अधिकारी तेजबहादुर गुरुङले प्रदेश नम्बर ४ बाट अपांगको कोटामा प्रकाश पन्थ निर्विरोध भएकोले खुल्ला ३, महिला ३, दलित १ गरी ७ जनाको लागि निर्वाचन हुने बताए ।

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर ४ बाट ८ पदका लागि १२ जनाको उम्मेदवारी परे पनि १ जनाको उम्मेदवारी रद्द भएको छ । ठूला दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवारी परेको हो ।

वाम गठबन्धन(एमाले र माओवादी)बाट ५ उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसले ४ र राष्ट्रिय जनमोर्चाको तर्फबाट २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वाम गठबन्धनबाट खुलातर्फ एमालेका गणेशप्रसाद तिमिल्सिना (पर्वत) र माओवादी केन्द्रबाट दीननाथ शर्मा (बागलुङ), महिलातर्फ एमालेकी दीपा गुरुङ (लमजुङ), एमालेबाट शान्ति अधिकारी (बागलुङ), दलिततर्फ माओवादी केन्द्रका खिमबहादुर विक (स्याङ्जा) छन् । अपांग कोटातर्फ रामबहादुर थापा (स्याङ्जा) को उम्मेदवारी परेकोमा उनको उम्मेदवारी आयोगले रद्ध गरिदिएको छ ।

कांग्रेसबाट खुलातर्फ सुरेन्द्रराज पाण्डे (गोरखा), महिलातर्फ विन्दादेवी रानामगर (कास्की), अपांगतर्फ प्रकाश पन्त (तनहँु) र दलिततर्फ जितबहादुर नेपाली (पर्वत)ले उम्मेद्वारी दर्ता गरे । राष्ट्रिय जनमोर्चाबाट खुलातर्फ कृष्ण अधिकारी (बागलुङ) र महिलातर्फ मीना पुन (बागलुङ) ले मनोनयन दर्ता गरेका हुन् । एमालेका उम्मेदवार थापाको उम्मेदवारी रद्ध भएपछि पन्थ निर्विरोध निर्वाचित भएका छन् ।

मतगणनाका लागि विज्ञ टोली
निर्वाचन हुने प्रदेशमा एकल संक्रमणीय निर्वाचन प्रणालीको गणनाका लागि तथ्यांक विभागबाट ३ जना विज्ञ पोखरा आइसकेका छन् । ३ जना विज्ञ र २ जना प्रशासनिक गरी ५ जनाको गणना टोली निर्वाचन आयोगले पठाइसकेको छ ।

आयोगले मतगणनामा खटिने राजनीतिक दलका प्रतिनिधिलाई समेत प्रशिक्षण दिइसकेको छ । आयोगले सकेसम्म सोमबार नै र नभए २५ गतेसम्म सबै पदको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको आयोगले जनाएको छ । निर्वाचनको अनुगमनका लागि सबै प्रदेशमा सहसचिव खटिएका छन् ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशअनुसार बहुपदीय पदमा एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा निर्वाचन हुनेछ । नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा स्थायी सदन हुनेछ ।

राष्ट्रियसभाको पदावधि ६ वर्षको हुनेछ । तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट १ तिहाइको २ वर्ष, अर्को १ तिहाइको ४ वर्ष र बाँकी १ तिहाइको ६ वर्ष पदावधि कायम रहनेछ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad