• Ad

Samadhan National Daily

  • Ad

सत्याकृतको भजनमय शिवरात्री

पाेखरा, २४ माघ:

शिवरात्रीको अवसरमा हल्लनचोकमा ‘महाशिवरात्री साँगीतिक कार्यक्रम’ हुने भएको छ । फागुन १ गते साँझ ६ बजेदेखि ८ बजेसम्म सत्याकृत ब्यान्डको प्रस्तुति रहने छ । फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ नेपाल प्याराग्लाइडिङको मुख्य आयोजनातथा सामुदायिक सेवा केन्द्र वैदामको सहयोगमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा सत्याकृत ब्यान्डले प्रेरणादायी, सकारात्मक भावका भजन पूर्वीय र पश्चिमा बाजागाजाका प्रस्तुत गरिने फ्लाइङ बुद्ध प्याराग्लाइडिङका सञ्चालक प्रेम बसेलले जानकारी दिए ।

कार्यक्रम संयोजक विजय गौतमका अनुसार कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘हरेक उमेर वर्गका व्यक्तिलाई मन पर्ने प्रस्तुति दिनेछौं,’ उनले भने, ‘शिवरात्रीमा नो गाँजा नो भाङ त्यहाँ भक्तिको खाजामात्र हुन्छ । भक्तिको नसामा डुबेर कार्यक्रम हेर्न पाउनुहुनेछ ।’

‘युवाहरुमा नैतिक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक ब्यान्ड ‘सत्याकृत ब्यान्ड’ रहेको ब्यान्डका म्यानेजर विजय गौतमले बताए ।

विगत ५ वर्ष अघि स्थापना भएर नेपाल भित्रका मुख्य सहर धरान, इटहरी, सर्लाही, विराटनगर, नारायणगढ, खाडीचौर, चरीकोट, पोखरा, दमकलगायत विभिन्न स्थानहरुमा औपचारिक तथा अनौपचारिक प्रस्तुति दिइसकेको गौतमले बताए । उनका अनुसार नेपाल बाहिर दार्जिलिङका विभिन्न स्थानहरुमा समेत आफ्नो प्रस्तुति देखाइसकेको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad