• Ad

Samadhan National Daily

  • Ad

सराङकोट महायज्ञमा दोस्रो दिन २३ लाख

काठमाडौं, २४ माघ:

सराङकोटमा जारी श्रीमदभागवत विराट ज्ञान महायज्ञको दोस्रो दिन मंगलबार२३ लाख रुपैयाँ दान संकलन भएको छ । मंगलबार रामबहादुर थापाले ११ लाख ११ हजार, शिवप्रसाद कोइरालाले ३ लाख ३३ हजार, उमानाथ चपाईंले २ लाख ३३ हजार, गणेशबहादुर ढकालले २ लाख ३१ हजार, मीनबहादुर शेरचनले २ लाख ३१ हजार रुपैयाँ दान गरेको प्रचार संयोजक कृष्ण थापाले जानकारी दिए ।

सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा महायज्ञ गरिएको हो । महायज्ञमा सोमबार पहिलो दिनमा नै १९ करोडभन्दा बढी दान संकलन भएको थियो । महायज्ञ फागुन १ गतेसम्म सञ्चालन हुने मूल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिएका छन् । सराङकोटमा निर्माणाधीन बहुउद्देश्यीय भवन र गुरुयोजनालाई साकार पार्न महायज्ञ आयोजना गरिएको संस्थापक अध्यक्ष लोकबहादुर थापाले जनाए ।

सराङकोटमा १०८ शिवलिंगको स्थापना, सहश्रधारा निर्माण, भ्युटावर, बालउद्यान, स्वागतद्वार, पार्क, फुट ट्र्याक, खानेपानी ट्यांकी, आधुनिक शौचालय, हेलिप्याड, वनभोजस्थल निर्माण गर्ने लक्ष्य समितिले लिएको छ । गुरु योजनाको अनुमानित लागत २९ करोड रहेको र योजना अवधि ७ वर्षको हुने समितिले जनाएको छ ।महायज्ञमा भागवत भाष्कर पण्डित कमलनयन गौतम प्रमुख बाचक छन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad