Samadhan National Daily

      चेम्बरको उचो गरिमा

      पाेखरा, २५ माघ:

      वर्गीय हकहितको संरक्षण र सम्वद्र्धन गर्न २०११ सालमा स्थापित पोखरा उद्योग वाणिज्य संघ यो क्षेत्रकै जेठो सामाजिक संस्था हो । आफूलाई वर्गीय दायरामा मात्र सिमित नराखी यस क्षेत्रको समग्र विकास निर्माणमा गरेको योगदानको फलस्वरुप यस क्षेत्रको साझा चौतारी बनेको छ– पोखरा उद्योग वाणिज्य संघ । संघले सो गरिमा कायम राख्न सफल भएको छ । यस क्षेत्रको साझा एवं भरोसाको केन्द्रको रुपमा रहेको संघको गतिविधि उद्योगी÷व्यवसायीको मात्र होइन, स्थानीय सरकार, नागरिक समाज, दातृ संस्था, कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय निकाय र तिनका भातृ संस्थाको लागि पनि अहिले चासोको विषय बनेको छ । हाल संघमा विभिन्न गतिविधिको अलावा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन भइरहेको छ । बालश्रम न्यूनीकरण तथा सडक बालबालिकाको पुनर्मिलन, उनीहरुको शिक्षा–दीक्षा र खानपानको लागि खेलेको भूमिका आफैमा प्रशंसनीय छ । पोखरालाई सन् २०१८ सम्म बालश्रम मुक्त नगर घोषणा गर्ने अभियानलाई सघाउनमा बालश्रम न्यूनीकरण अभियानले कुनै कसर बाँकी राखेको छैन ।

      २००८ सालमा स्थापनाको पहल भइ केही काम अघि बढे पनि निरन्तरताको अभावमा सुस्ताएको कारण २०११ सालमा स्थानीय व्यापारीहरुको भेलाबाट अमृतप्रसाद शेरचनको अध्यक्षतामा पोखरा व्यापार संघको विधिवत स्थापना भएको हो । संघका अग्रजले सोचे जस्तै संघ क्रियाशील बन्यो । वर्गीय हकहित संरक्षणको लागि क्रियाशील संघले सामाजिक विकासमा पनि चासो देखायो । संघकै अगुवाईमा विभिन्न विद्यालय, पुस्तकालय स्थापनाका साथसाथै २०१७ सालमा पोखरामा उच्च शिक्षाको लागि पृथ्वीनारायण कलेजको स्थापना भयो । संघ निरन्तर सामाजिक एवं विकास निर्माणको कार्यमा क्रियाशील रह्यो । संघकै पहलमा विभिन्न सामाजिक गतिविधि हुन थाले । पोखरामा व्यावसायिक गतिविधि बढ्दै गयो । उद्योगहरु स्थापना भए । सबैको प्यारो र न्यानो माया दिने अभिभावक भएकाले संघले आफूलाई परिमार्जन गर्नुपर्ने महसुस ग¥यो । उद्योगहरुलाई पनि समेट्ने हिसावले संघ, २०३३ सालमा पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरित भयो । संघको गरिमा झन् उचो भयो । सबैको भरोसाको केन्द्र बन्न सफल संघले सांगठनिक अवस्था र कर्तव्यलाई पनि विशेष महत्वका साथ व्यवस्थित गरे अनुरुप विधानमा आफ्ना उद्देश्य हासिल गर्न लागि व्यवसायीको विकास एवं हकहित संरक्षण र सम्वद्र्धन गर्नका लागि क्रियाशील रह्यो । तालिम, गोष्ठी, सेमिनार, बैठकको आयोजना र त्यस्ता कार्यक्रमहरुमा सहभागी गराउने, समान उद्देश्य रहेका देश भित्र र बाहिरका संघ÷संस्थाहरुसँग समन्वय गर्ने, अर्थ उद्योग र वाणिज्यसँग सम्बन्धित नीतिको विश्लेषण गरी सम्बन्धित निकायमा सुझाव तथा प्रतिक्रिया पेस गर्ने काम समेत संघले गर्दै आएको छ । व्यवसायिक मध्यस्थता गर्ने, यस क्षेत्रबाट उत्पादित वस्तुहरुको उत्पतिको प्रमाणपत्र जारी गर्ने, सामाजिक हितको लागि संघको उद्देश्यमा प्रतिकूल असर नपर्ने गरी सहयोग स्वीकार र प्राप्त गर्ने प्रावधान कायम गरी आफूलाई स्वच्छ व्यवसायिक एवं सामाजिक संस्थाको रुपमा विकास गर्न प्रतिवद्ध संस्थाको रुपमा स्थापित ग¥यो ।

      संघका गतिविधिहरु सदैव व्यवसायीको हकहितको लागि लक्षित हुन्छन् । व्यवसायीहरुलाई आवश्यक पर्ने सेवा र सूचना प्रवाह गर्नु, व्यवसायिक वातावरण बनाउनु तथा समग्र पोखराको आर्थिक विकासको लागि लबिङ र पैरवीलाई संघले विशेष महत्व दिँदै आएको छ । खासगरी ४० को दशकमा संघले सामाजिक कामको अलावा यस्ता गतिविधिलाई प्राथमिकता दिएको देखिन्छ । तीसको दशकमा पोखरामा औद्योगिक क्षेत्र स्थापना भए पनि ४० को दसकपछि पोखराको विकास र जनघनत्व बढ्दै गएको देखिन्छ । बढ्दो जनघनत्वसँगै पोखराको आवश्यकता पनि बदलिए । ती आवश्यकता परिपूर्तिको लागि संघले विकास निर्माणका गतिविधिका अलावा समग्र पोखराको विकासको लागि शिक्षा, स्वास्थ्य, पर्यटनको विकास अपरिहार्य रहेको निष्कर्ष निकाल्यो । पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहर बनाउनुपर्छ भन्ने नारा त्यही बेला तय भएको हो । अहिले यो अभियानमा कृषिको व्यवसायीकरण पनि थपिएको छ । २०४० को दशकमा संघले मेला र महोत्सवको माध्यमबाट आर्थिक गतिविधिहरुलाई चलायमान बनाउन सकिन्छ भन्ने अवधारणा अगाडि सा¥यो । फलस्वरुप देशमै पहिलो पटक २०४१ सालमा राष्ट्रिय औद्योगिक व्यापार मेला गरियो ।

      निजी क्षेत्रले संगठित रुपले मेला आयोजना गरेको सो दशकमा नै पोखरा विश्वविद्यालयको अपरिहार्यता महसुस गर्दै विभिन्न सरोकारवाला निकायहरुलाई दबाब दिने र विश्वविद्यालयको निम्ती पैरवी गर्ने काम थालेको थियो । २०४१ सालमा तत्कालीन अध्यक्ष हेमबहादुर प्रधानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको माग राखिएको थियो । २०४३ सालमा संघले यो क्षेत्रका शिक्षासेवी, समाजसेवी, उद्योगी÷व्यवसायीको भेला गराई एक सय ११ सदस्यीय मूल समिति गठन र संघका तत्कालीन अध्यक्ष रामचन्द्र बास्तोलाको अध्यक्षतामा १६ सदस्यीय स्थायी समिति गठन गराएको थियो । त्यसपछिका निरन्तर गतिविधि र लविङ अनि संघको नेतृत्वकै कारण २०५३ सालमा मात्र संसदबाट पोखरा विश्वविद्यालय ऐन पारित भएको थियो । ४० को दसकमा भएको यो ऐतिहासिक गतिविधिकै कारण पोखरा विश्वविद्यालय देशको एक प्रमुख शैक्षिक थलो बन्न सफल भएको छ ।

      २०४५ सालमा महेन्द्रपुलको पुनर्निर्माण गर्दाको क्षण होस् वा २०४५ सालमा पोखरा सभागृह बनाउँदा नै किन नहोस् ? २०४६ सालमा देशमा भएको राजनीतिक परिवर्तन र त्यसले निम्त्याएको खुल्लापनलाई संघले आफ्नो र व्यवसायिक हितमा भरपूर उपयोग ग¥यो । सन् १९९० मा नै जर्मन साझेदार सेक्वासँग संघले तीन वर्षे सहकार्य ग¥यो । व्यवस्थापन, सूचना, तालिम, परामर्श तथा व्यवसायिक वातावरण निर्माणको माध्यमबाट सो परियोजनाले धेरै व्यवसायीहरुलाई लाभ पु¥याएको थियो । सो कार्यक्रमको सफलताले संघलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वासिलो बनायो । कार्यक्रम अर्को तीन वर्ष थपियो । तालिम प्रदान गर्नु, व्यवसायिक सूचना केन्द्र निर्माण, महिला उद्यमशीलता लगायतका विषयमा तालिम भए । जसले स्थानीयस्तरका व्यवसायीहरुले दक्षता हाँसिल गरे भने समग्र पोखराको आर्थिक उन्नयनको लागि आधारशीला तयार भयो । उक्त कार्यक्रमको सफलताले जर्मनको एचडब्लुके माइन्जसँग सहकार्यको ढोका खोल्यो । नेपालको इतिहासमा बाहिरी देशको उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने पोखरा नै पहिलो उद्योग वाणिज्य संघ बन्यो । गतिविधि व्यापक भए । निरन्तर १६ वर्षसम्म परियोजना सञ्चालन हुँदा पोखरा मात्र नभएर अन्य ५ उद्योग वाणिज्य संघमा पनि च्याम्बर पार्टनरसिप कार्यक्रम सञ्चालन भयो । ५० को दसकपछि संघले संचालनमा आएका सहरी वातावरणको लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम(पिपिपियुई),मार्कोपोलो प्रविधि हस्तान्तरण कार्यक्रम, सरकारी निजी साझेदारी कार्यक्रमहरु पनि सोही कालखण्डको सक्रियताको परिणाम हो भन्दा कुनै धक मान्नुपर्ने कारण छैन । यसका अलावा विभिन्न गतिविधिहरुको जग पनि ४० को दशकमै खनिएको संघको इतिहास रहेको छ । गतिविधिका दृष्टिले ४० को दशकलाई संघको स्वर्णकाल भन्दा फरक पर्दैन ।

      पोखरा उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य पनि हो । २०११ सालमा स्थापित पोखरा उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघभन्दा जेठो संस्था हो । पोखराका व्यवसायी संगठित भएपछि यो क्षेत्रका अन्य जिल्लामा पनि च्याम्बर आन्दोलनले गति लिएको हो । महासंघको स्थापनादेखि नै विभिन्न पदमा पोखरा उद्योग वाणिज्य संघको उपस्थिति रहँदै आएको छ । त्रैलोक्यनाथ श्रेष्ठले महासचिव तथा हेमबहादुर प्रधानले उपाध्यक्षको रुपमा महासंघमा प्रतिनिधित्व जनाउनुभयो भने अमृतप्रसाद श्रेष्ठ, सुरेशकुमार राजभण्डारी र सिद्धबहादुर श्रेष्ठले कार्यसमिति सदस्यको रुपमा सेवा गरेको गर्विलो इतिहासमा टेकेर ४० को दशकमा नै महासंघको नेतृत्वमा नै पोखरा उद्योग वाणिज्य संघले लिनुपर्छ भन्ने मान्यता विकास भयो । जसको फलस्वरुप २०४४ सालमा संघको तर्फबाट आनन्दराज मुल्मी महासंघको कार्यसमितिमा प्रवेश गर्नुभयो । निरन्तर विभिन्न पदहरु सम्हाल्दै उहाँले २०५४ सालदेखि २०५६ सालसम्म महासंघको अध्यक्षको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दा यसले राजधानीवादलाई नै चुनौती दिएको कसैबाट छिपेको छैन । त्यसपछिका २ वर्ष उहाँ महासंघमा विशिष्ठ सदस्यको रुपमा रहनुभयो भने हरेक १० वर्षमा पोखरा उद्योग वाणिज्य संघले महासंघको नेतृत्व गर्नुपर्छ भन्ने मान्यतामा अडिएर २०५४ सालमा नै संघले आजाद श्रेष्ठलाई महासंघको सदस्यको रुपमा अगाडि सारेको थियो । आजाद श्रेष्ठले उपाध्यक्षसम्म आफ्नो यात्रा तय गर्नुभएको र अध्यक्षको प्रत्यासीको रुपमा आफूलाई प्रस्तुत गर्नुभएको थियो । महासंघको नेतृत्व हरेक १० वर्षमा पोखरा उद्योग वाणिज्य संघले लिनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढ्नुपर्छ भन्ने विषयलाई महासंघ तथा संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले विभिन्न फोरमहरुमा उठाउँदै आउनुभएको थियो ।

      संघको विधानतः संघको मेरुडण्ड आफ्ना सदस्यहरु नै हुन् । यसका साथै संघ र संघको कर्तव्य निर्वाह गर्नको लागि यो पटक विधानको ऐतिहासिक संशोधन सम्पन्न भएको छ । संशोधित नयाँ विधान २०७२ ले अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिवको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएको छ । निवर्तमान अध्यक्ष विधानतः संघको पदाधिकारीमा दोस्रो तहको पदेन सदस्य रहनेछन् । १० जना कार्य समिति सदस्यहरु सम्पूर्ण साधारण सदस्यहरुले आफूमध्येबाट निर्वाचित गर्नेछन् । दुई जना कर्पोरेट सदस्यहरु संघका कर्पोरेट सदस्य महानुभावबाटै निर्वाचित हुनेछन् भने वस्तुगत संघहरुले कार्यसमितिको ४ सदस्यहरु आफूभित्रबाट चुन्ने छन् । औद्योगिक सदस्यहरुले आफूमध्येबाट एक सदस्य निर्वाचन गर्ने तथा अध्यक्षले साधारण सदस्यहरुमध्येबाट ४ जना कार्यसमिति मनोनित गरेपछि २९ सदस्यीय कार्यसमिति रहनेछ । कार्य समितिबाट गठित विभिन्न समिति र उपसमितिहरु, सचिवालय प्रमुख र कर्मचारीहरुसहितको संघको सांगठनिक ढाँचा सदस्य महानुभावहरुको हितको लागि नै समर्पित रहन्छ ।

      विधानतःबलियो सांगठनिक संरचना, सक्षम सचिवालय निर्माण र परिचालनपछि संघ अझै सक्रियतापूर्वक व्यवसायिक हकहित र सामाजिक कार्यमा अग्रसर हुनलाई संघको सवल पक्ष मान्नुपर्छ । यसै सन्दर्भमा बढ्दै गएको व्यवसायिक विकास, प्रतिस्पर्धा, स्वदेशी उत्पादनको प्रयोग एवं निर्यातमूखी व्यवसायको अवसर समेतलाई मध्यनजर राख्दै संघले व्यवसायिक वातावरण निर्माण र उत्पादित वस्तुको बजारीकरण लागि मेला र महोत्सव सहायक हुने ठहर गर्दै भण्डै चार दशक अघि देखि मेला– महोत्सव एवं प्रदर्शनीको आयोजना गर्दै आएको छ । संघले मेला र महोत्सव नाफामुखी भएर आयोजना नगरेको कसैबाट छिपेको छैन । यसबाट बचेको रकम सामाजिक विकासमा नै खर्च गर्दै आएको सबैसामु स्पष्ट छ ।

      पोखरा उद्योग वाणिज्य संघ व्यापार व्यवासाय प्रवद्र्धनका साथसाथै पोखरा प्रवद्र्धनको लागि विविध कार्यक्रमहरु आयोजना एवं त्यस्ता कार्यक्रमहरुमा सम्बन्धित पक्षहरुलाई सहभागि गराउने संस्था हो । त्यस्ता कार्यक्रमहरुमा सहभागी भएर आफ्नो व्यापार÷व्यवसायको प्रवद्र्धनमा सम्बन्धित पक्ष पनि क्रियाशील हुनुपर्छ भन्ने संघको मान्यता छ । सोही अनुरुप संघले आयोजना गरेका मेला, महोत्सव तथा प्रदर्शनीबाट आन्तरिक पर्यटन प्रवद्र्धन, व्यवसायीहरुमा प्रतिस्पर्धी क्षमताको विकास, गुणस्तरमा सुधार, निर्यात प्रवद्र्धन तथा यस क्षेत्रको आर्थिक विकासमा ठोस योगदान पु¥याएको संघले महसुस गरेको छ ।

                                                                                                                                                                                     (लेखक पोउवा संघका निर्देशक हुन् )


      प्रतिकृया दिनुहोस्