• Ad

Samadhan National Daily

  • Ad

राष्ट्रिय सभामा वाम ५ कांग्रेस ३

पाेखरा, २५ माघ:

राष्ट्रिय सभा सदस्य प्रदेश नम्बर ४ स्तरीय मतदान बुधबार भएर नतिजा पनि सार्वजनिक भएको छ । नतिजाअनुसार वाम गठबन्धनका ५ र कांग्रेसका ३ उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका एमाले नेता गणेश तिमिल्सिना, माओवादी नेता दीनानाथ शर्मा र कांग्रेस नेता सुरेन्द्र पाण्डे खुला कोटाबाट निर्वाचित भए । पाण्डेले २ हजार २६२, तिमिल्सिनाले १ हजार ७८२ र शर्माले १ हजार ५ सय ३० प्राप्त गरे । ५ हजार ७ सय ७२ मत सदर भएकोमा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी १९८ ल्याएर पराजित भए । तिमिल्सिना पर्वत, शर्मा बागलुङ र पाण्डे गोरखाका हुन् ।

निर्वाचन आयोगको पोखरा कार्यालयका प्रमुख गंगालाल सुवेदीका अनुसार खुलातर्फ प्रदेश सभा सदस्य १ र स्थानीय तहका ४ जनाले हालेको मत बदर भएको थियो ।
कांग्रेसकी विन्दादेवी आलेराना महिलातर्फ २ हजार २७४ ल्याएर विजयी भइन् । १ हजार ७१६ मत ल्याएर एमालेकी दीपा गुरुङ र १ हजार ५१२ मतसहित एमालेकै शान्ति अधिकारी विजयी भए । महिलातर्फ १ सांसद र ६ स्थानीय जनप्रतिनिधिको मत बदर भएको थियो । २३४ मत ल्याउँदा राजमोकी मीना पुन हारिन् । १ हजार ४३५ मत ल्याउनेले जित्ने स्थिति बनेको थियो । महिलातर्फ सदर मत ५ हजार ७३६ थियो ।

दलिततर्फ खिमबहादुर विक ३ हजार ३ सय ९६ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतबहादुर नेपालीले २ हजार २ सय ९८ मत ल्याए । दलिततर्फ २२९ मत खसेको थियो । २२३ मत सदर भएको थियो । अपांग तथा अल्पसंख्यक कोटामा कांग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध भएका थिए । उम्मेदवारी दिएका एमालेका रामबहादुर थापाको कागजपत्र नपुगेर मनोनयन खारेज भएपछि पन्थ भाग्यमानी ठहरिएका हुन् ।

राष्ट्रिय सभा सदस्य बन्न ८ पदका लागि प्रदेश ४ बाट १२ जनाको उम्मेदवारी परेको थियो । स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी १ सय ७० जना र ६० जना प्रदेश सभा सांसद मतदाता थिए । २३० मध्ये मनाङका राजीव गुरुङ मतदान गर्न आइपुगेनन् । उनीविरुद्ध पक्राउ आदेश छ । एकल संक्रमणीय निर्वाचन प्रणालीको मतगणनाका लागि तथ्यांक विभागबाट ३ जना विज्ञ टिम पोखरा आएको थियो ।

निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार मतदानका निम्ति स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि १ र प्रदेश सभाका सांसदका लागि १ गरी २ वटा मतदान केन्द्रको व्यवस्था गरिएको थियो । बुधबार दिउसो करिब साढे १२ बजे मतदान सकिए पनि अपराह्न ४ बजेपछि मतगणना सुरु गरिएको हो । बिहान १० देखि ३ बजेसम्म मतदानको समय अवधि तोकिएको थियो ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी १ सय ७० जना हरेकको १८ का दरले ३ हजार ६० र प्रदेश सभाका ६० जनामध्ये हरेकको ४८ का दरले २ हजार ८ सय ८० गरी ५ हजार ९ सय ४० मतभार मानिएको थियो ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशअनुसार बहुपदीय पदमा एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा निर्वाचन भएको छ । संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा स्थायी सदन हुनेछ ।

राष्ट्रियसभाको पदावधि ६ वर्षको हुनेछ । तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट १ तिहाइको २ वर्ष, अर्को १ तिहाइको ४ वर्ष र बाँकी १ तिहाइको ६ वर्ष पदावधि कायम रहनेछ ।

प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभा सदस्यमा चराजना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने कांग्रेसको एजना मात्र विजयी भएका छन् । एमाले र कांग्रेसबाट यसअघि नै एकएकजना महिला निर्विरोध निर्वाचित भइसकेका छन् ।

एक नम्बर प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले पाँच र कांग्रेस दुई स्थानमा विजयी भएका छन् । विराटनगरमा बुधबार सम्पन्न निर्वाचनमा अपांग तथा अल्पसंख्यक र दलित कोटाको दुई पदको निर्वाचनको नतिजा आएसँगै सातै स्थानको परिणाम आएको हो। यी दुई पदबाहेक अन्य पाँच पदमा निर्विरोध निर्णय भएको थियो । अरु प्रदेशको नतिजा भने राति अबेरसम्म पनि आएको थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad