• Ad

Samadhan National Daily

  • Ad

शिक्षाको ज्योति फैलाउँदै

पाेखरा, २५ माघ:

पोखरा उद्योग वाणिज्य संघ ६४ औं वर्षमा प्रवेश गरेको छ । संघको लामो यात्रालाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानले सफलिभूत पारेको छ । धेरैको मुखमा झुण्डिएको व्यापार संघ(हालको पोखरा उद्योग वाणिज्य संघ ) निसन्देह उद्योगी व्यवसायीको हितार्थ स्थापित थियो । २००८ सालमा व्यापार संघ गठनको पहल हुँदा व्यापारीको स्तर उच्च राख्ने, बाटोघाटो, पुल, पुलेसा बनाउने लक्ष्य थियो । टेकबहादुर ढेवाजुको सभापतित्वमा गठित सो समितिको विधिवत दर्ता भने भएको थिएन । २०११ माघ २५ गते अमृतप्रसाद शेरचनको अध्यक्षतामा पोखरा व्यापार संघ विधिवत गठन भयो । व्यापारीहरुको शक्तिलाई समाज हितमा लगाउने उद्देश्य बोकेको संघ स्थापनासँगै सम्वृद्ध पोखराको संवाहकमा रुपान्तररित हुन पुग्यो । सो अभियानको मुख्य कडी शिक्षा क्षेत्रमा संघले पु¥याएको अतुलनीय योगदान नै हो भन्दा अत्युक्ति हुँदैन ।

बागलुङ र बन्दीपुरले आर्थिक शक्तिकेन्द्रको पहिचान बनाउँदा पोखरामा औलोको डर थियो । राणाहरु पाल्पा खेदिँदा र प्रशासनिक निकायका सबैजसो काम उतैबाट हुने भएकाले पोखरा छायाँमा नै थियो । विसं १९५८ मै नेपाल राजकीय संस्कृत पाठशाला स्थापना भए पनि शैक्षिक चेतनाको दृष्टिले कास्की खासै चर्चामा थिएन । २००७ सालको परिवर्तनले जन्माएको राजनीतिक चेतनापछि मात्र यहाँको शैक्षिक विकासले लिन थाल्यो । भर्खरै स्थापित पोखरा उद्योग वाणिज्य संघ सो अभियानको संवाहक बन्न पुग्यो ।

पोखरामा २००४ सालमा आधार विद्यालय स्थापना भयो तर त्यसले गति लिएको देखिँदैन । खासगरी उच्च शिक्षा अध्ययनको लागि कुनै पनि शैक्षिक संस्था नहुनु पोखराको दुर्भाग्य थियो । निजी क्षेत्रले शिक्षाको विकासतर्फ आफ्नो ध्यान केन्द्रित ग¥यो । २०१७ सालमा पृथ्वीनारायण कलेज स्थापनाको पहल सुरु भयो । कलेज चलाउन पैसा चाहिन्थ्यो । आर्थिक सहयोगको लागि व्यवसायीहरुको मुख ताकिनु अस्वभाविक थिएन । नदीपुरको नारायणस्थानमा पृथ्वीनारायण क्याम्पसको सञ्चालनमा आयो । २ जना प्राध्यापक र ११ विद्यार्थी रात्री कक्षा पढाउँथे÷पढ्थे । कलेज चलाउन संघले तत्कालीन अवस्थामा मासिक १ हजार तथा पोखरा विमानस्थलबाट संकलन हुने सेवा शुल्कबाट समेत मनग्गे सहयोग ग¥यो । शिक्षाको विकासमा संघले चालेको यो पहिलो महत्वपूर्ण कदम थियो । व्यापारीले मन सानो गरेको भए सायद पृथ्वीनारायण कलेज अहिलेको अवस्थामा हुँदैनथ्यो । २०१९ सालमा कलेज बगर स¥यो । सहयोग निरन्तर जारी रह्यो । २०४८ सालमा वाणिज्य शास्त्रमा स्नातकोत्तर कक्षा चलाउने निर्णय भयो । भवन थिएन । संघले २ लाख रुपैयाँ सहयोग गरी वाणिज्य शास्त्रमा स्नातकोत्तर तह अध्ययनको अवसर सिर्जना गरायो । क्याम्पसले अहिलेसम्म हजारौं विद्यार्थी दीक्षित गरेको छ, क्याम्पस आफै इतिहास बनेको छ ।

संघले शिक्षाको विकासमा पु¥याएको अर्को महत्वपूर्ण योगदान हो, बालमन्दिर । बालमन्दिरको भवन बनाउन संघले १ लाख ३२ हजार रुपैयाँ खर्च गरेको थियो । रेडक्रस चिह्न आकारको ८ कोठा अनि बीचमा हल भएको सो भवन अहिले पनि छ ।

२०२५ सालमा ७८ हात लम्बाइ रहेको हालको आफ्नो सचिवालय भएको ४४ हात जग्गा भने करिब १३ हजार रुपैयाँमा खरिद गरेको हो । त्यसको १ वर्षपछि थप १४ आना (अहिले बहुउद्देश्यीय भवन भएको जग्गा) खरिद गरिएको थियो । व्यवसायीहरुले शिक्षाको लागि गरेको सो लगानीलाई अहिलेको बजार भाउसँग तुलना गर्दा जिब्रो टोक्नुपर्ने अवस्था छ । बालमन्दिरको लागि संघको सहयोग अहिले पनि जारी छ ।

संघ आपंmै शैक्षिक संस्था चलाउने होइन । पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यवासायीकरणको माध्यमबाट समृद्ध बनाउनुपर्छ भन्ने मान्यतामा अडेर विभिन्न शैक्षिक संस्था स्थापनामा जोड दिएको हो । पोखराका सबैजसो शैक्षिक संस्था स्थापनामा संघको यथोचित सहयोग रहेकै छ । २०४४ सालमा पोखरा बहुमुखी कलेज स्थापना गर्दा आवश्यक पर्ने ५० हजार धरौटी वापतको रकम होस् वा कसेरीको रत्न प्रावि नै किन नहोस् । संघले सक्दो सहयोग गरेकै छ ।

पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीका अनुसार संघले सहयोग नगरेको शैक्षिक संस्था पोखरामा सायदै छन् । नवप्रभात मावि, राष्ट्रिय उच्च मावि, शिवशक्ति मावि, कन्या क्याम्पस, जनप्रिय क्याम्पस,कालिका मावि,भवानी कालिका मावि,मौलाना स्लामिक पाठशाला, गौरीशंकर क्याम्पस,काजिपोखरी प्रावि, माछापुच्छे« शिक्षा क्याम्पस,आदर्श सामुदायिक विद्या मन्दिर,कन्या मावि, ज्ञानभूमि प्रावि लगायतका दर्जनौ शैक्षिक संस्थाको उन्नयनका निम्ति संघले सहयोग पु¥याएको छ । शिक्षाको माध्यमबाटै समाज सुसंस्कृत बन्छ र दक्ष जनशक्ति उत्पादन हुन्छन् भन्ने विश्वासकै आधारमा संघले त्यस्ता सहयोग गरेको हो ।

संघ पोखराको शैक्षिक उन्नयनमा चालेको सबैभन्दा महत्वपूर्ण कदम भने पोखरा विश्वविद्यालयको स्थापनाको पहल नै हो । २०४० सालतिर देशमा बहुविश्वविद्यालयको अवधारणा भित्रियो । पोखरामा विश्वविद्यालय चाहिन्छ भन्ने वोध गर्दै संघका तत्कालीन अध्यक्ष हेमबहादुर प्रधानको नेतृत्वको प्रतिनिधिमण्डलले २०४१ मा प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको ध्यानाकर्षण गरायो । २०४३ सालमा संघका तत्कालीन अध्यक्ष रामचन्द्र बास्तोलाको संयोजकत्वमा एक समिति नै गठन भयो । पोखराका उद्योगी÷व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, शिक्षासेवी, समाजसेवी र बुद्धिजीवीहरुको भेलाले विश्वविद्यालय गठनको लागि दबाब दिन समिति गठन गर्ने निर्णय गरेको थियो । संघले संस्थागत रुपले चालेको कदमलाई नागरिक समाजबाट मिलेको सहयोगले संघ झन उत्साहित बन्न पुग्यो । विश्वविद्यालय स्थापनाको लागि १ सय बिघा जमीन र २ करोड रकम चाहिने प्रावधान थियो । विभिन्न चरणका छलफल र सुझाव संकलनका कामहरु जोडतोडले गरिए । जग्गा खोज्ने क्रममा तत्कालीन सिसुवा आदर्श गाउँ पञ्चायतले २ हजार ७ सय ४० रोपनी जग्गा दिनेभयो । २ करोड उठाउने प्रतिवद्धता पनि आयो । पोखरा विश्वविद्यालय सम्पर्क समितिले सोही जगमा टेकेर २०४३ कातिक ११ गते राजा वीरेन्द्रसामु विश्वविद्यालय स्थापनाका लागि बिन्तिपत्र बिसायो ।

संघको अध्यक्षमा आनन्दराज मुल्मी निर्वाचित भएपछि उहाँकै अध्यक्षतामा २०४३ सालमा प्रस्तावित पोखरा विश्वविद्यालय सम्पर्क समिति गठन भयो । १६ सदस्यीय सो समितिले राजाको ४६ सालको पोखरा भ्रमणको क्रममा मागहरु प्रस्तुत ग¥यो । राजाबाट विश्वविद्यालय स्थापनाको निम्ति सरकारलाई निर्देशन पनि दिए ।

देशमा राजनीतिक परिवर्तन भयो । २०४६ सालको परिवर्तनले पुनः बहुविश्वविद्यालयको अवधारणालाई जोडतोडका साथ उठायो । राष्ट्रिय शिक्षा आयोगले विश्वविद्यालय स्थापनाको लागि सरकारलाई निर्देशन समेत दियो । तर, पोखरा विश्वविद्यालय स्थापनाको लागि भने २०५४ सालसम्म कुर्नुप¥यो । २०४७ सालमा संघको अध्यक्षमा फणिन्द्रमान श्रेष्ठ निर्वाचित भएपछि उहाँकै संयोजकत्वमा प्रस्तावित पोखरा विश्वविद्यालय सम्पर्क समिति गठन भयो । सो समितिले विश्वविद्यालय स्थापनाको लागि आवश्यक सर्वेक्षण प्रतिवेदन तयार पार्न आनन्दराज मुल्मीको संयोजकत्वमा उपसमिति गठन ग¥यो । विश्वविद्यालयको लागि आवश्यक पैरवी गर्ने कामको नेतृत्व संघले गरिरहयो ।

२०४९ सालमा भएको एक वृहत भेलाले प्रस्तावित विश्वविद्यालयको नाम पोखरा विश्वविद्यालय राख्ने निर्णय ग¥यो । संघका तत्कालीन अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा १ सय ६१ सदस्यीय मूल समिति गठन गरियो भने १३ सदस्यीय व्यवस्थापन समिति पनि गठन भयो । कामहरु निरन्तर चलिरहे । विश्वविद्यालय पोखरेलीको एकमात्र चाहना थियो । तर, निर्णय प्रक्रियामा भएको ढिलासुस्ती र जटिलताले गर्दा छिट्टै विश्वविद्यालय स्थापना हुन सकेन । बल्ल २०५३ सालमा पोखरा विश्वविद्यालय विधेयक संसदमा दर्ता भयो । आशा पलायो । अशोक पालिखेको संयोजकत्वमा संगठनात्मक ढाँचा निर्माण र जनसम्पर्क, जोर्ज जोनको संयोजकत्वमा शैक्षिक योजनाहरु, हेमबहादुर प्रधानको संयोजकत्वमा आर्थिक संरचना समितिहरु गठन गरिए । विभिन्न देशका विश्वविद्यालयहरुसँग सम्पर्कको जिम्मा आनन्दराज मुल्मीले लिनुभयो । २०५३ सालमा नै संघका तत्कालीन अध्यक्ष आजाद श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय तयारी समिति गठन भयो । २०५३ सालको संसदको दसौं अधिवेशनमा पोखरा विश्वविद्यालय ऐन २०५३ पारित भयो र संघको अगुवाइमा भएको एउटा महान अनुष्ठानले मूर्तरुप लियो ।

२०५४ सालको फागुन २९ गते विश्वविद्यालयको प्रथम उपकुलपतिको रुपमा प्राडा. पुरुषोत्तम बस्नेत नियुक्त हुनुभयो । २०५५ जेठमा प्रकाशमान गुभाजु रजिस्ट्रार बन्नुभयो । विश्वविद्यालयलाई चाहिने भौतिक पूर्वाधारहरु ठूलो लगानीले मात्र सम्भव हुन्थे तर संघ आफ्नो दायित्ववोधबाट विमुख भएन । विश्वविद्यालयको एउटा कोठाको फर्निचर खरिदको लागि १ लाख रुपैयाँ सहयोग गरेर उदार मनको परिचय दियो, संघले । महान अभियानको नेतृत्वकर्ता भएर संघले निर्वाह गरेको भूमिकामा अग्रजहरुको अतुलनीय योगदान छ । आफ्नो व्यवसाय वा व्यक्तिगत इच्छाभन्दा समाजको शैक्षिक उन्नति महत्वपूर्ण हुन्छ भन्ने मान्यता पालेको हुनाले नै संघ पोखराकै पहिलो सामाजिक संस्थामा रुपान्तरित भएकोमा कुनै द्विविधा छैन । शिक्षाको ज्योतिले अन्धकारमाथि विजय प्राप्त गर्ने यो र यस्ता अभियानको नेतृत्वको लागि संघ अहिले पनि इच्छुक छ नै ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad