• Ad

Samadhan National Daily

  • Ad

प्रदेश ४ को सभामुखमा नेत्रनाथ, मुख्यमन्त्री टुंगो आज

पोखरा, २८ माघ:

माओवादी केन्द्रले प्रदेश नम्बर ४ मा समामुखको टुंगो लगाएको छ । पार्टी संसदीय दलको शनिबार पोखरामा बसेको बैठकले बैठकले सभामुख, संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकको समेत टुंगो लगाएको हो ।

सांसद नेत्रनाथ अधिकारीलाई प्रदेश नम्बर ४ को सभामुख बनाउने निर्णय बैठकले गरेको छ । वाम गठबन्धनको वहुमत रहेको प्रदेश नम्बर ४ मा मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई दिने गरी भागबण्ड भएको थियो ।

‘सभामुखमा धेरैको आकांक्षा थियो तर शनिबारको बैठकले नेत्रनाथजीलाई सभामुख तोक्ने निर्णय गरिएको हो,’ सभामुखको दाबेदारसमेत रहेका सांसद हरिबहादुर चुमानले समधानसँग भने ।

सभामुखमा नेत्रनाथसँगै हरिबहादुर, आशा खनाल, गायत्री गुरुङको दाबी थियो । सभामुखमा नेत्रनाथलाई तोकर अन्य पदमा तथा मन्त्री मिलाउने गरी बैठकले टुंगो लगाएको हो । नेत्रनाथ पर्वतको प्रदेश सभा क बाट निर्वाचित सांसद हुन् ।

शनिबारकै बैठकले माओबादी संसदीय दलको नेतामा हरिबहारलाई जिम्मबारी दिने निर्णय गरेको छ भने उपनेतामा रामजी बराललाई तोकेको छ । प्रमुख सचेतकको जिम्मेवारी गायत्री गुरुङ र सचेतकमा चन्द्रबहादुर बुढालाई तोकिएको सांसद चुमानले जानकारी दिए ।

प्रदेश सभाको पहिलो बैठक बसेको १ महिनाभित्र सभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ र निर्वाचनको मिति फागुन ३ गतेका लागि बोलाइएको छ । माओवादीले सभामुख टुंग्याएसँगै एमालेले सम्भवत आइतबार उपसभामुखको टुंगो लगाउने छ ।

उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते बैठक बोलाइएको छ । सभामुख र उपसभामुख फरक पार्टी र फरक लैंगिक हुनुपर्ने संविधानले व्यवस्था गरेको छ । उपसभामुखमा लागि एमालेबाट सिर्जना शर्मा, मित्रकुमारी सुवेदी गुरुङ, नरदेवी गुरुङ लगायतको नाम चर्चामा छ । ६० जना सांसद रहेका प्रदेश सभामा माओवादीका १२ जना सांसद छन् ।

सभामुख, सचेतक लगायत टुंग्याएसँगै माओवादी सांसदले मन्त्री पदका लागि लबिङ गरिरहेका छन् ।

मुख्यमन्त्री टुंगो आज

नेकपा एमालेले प्रदेश संसदीय दलको नेता आइतबार छान्दै छ ।

यसका लागि पार्टीले बैठक बोलाएको छ । संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सचिव तथा संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य तथा प्रदेश संगठन कमिटीका संयोजक किरण गुरुङको दाबेदारी छ ।

नेकपा एमाले प्रदेश सभाको सवभन्दा ठूलो दल भएको कारण जो संसदीय दलको नेता बन्छ उही नै मुख्य मन्त्री बन्छ । वाम गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रलाई सभामुख र एमालेलाई मुख्य मन्त्री दिने सहमति भइसकेको छ ।

संसदीय दलको नेताको छान्न नेकपा एमाले जिल्ला कमिटीको कार्यालयमा ११ बजे बैठक बस्दैछ । एमालेले संसदीय दलको नेता छान्न निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीको अध्यक्षतामा अधिवक्ता सुरेन्द्र थापामगर र कमल अर्याल सदस्य रहने गरी निर्वाचन कमिटी गठन भएको छ । निर्वाचन आयोगका अध्यक्ष प्यासीले दुवै पक्षलाई सँगै राखेर सहमतिको प्रयास गर्ने जानकारी दिए ।

पहिलो चरणमा सर्वसम्मतिबाट संसदीय दलको नेता छान्ने कोसिस गरिने छ,’ उनले भने, ‘सर्वसम्मतको प्रयास सफल हुन नसके निर्वाचन प्रक्रियामा जाने तयारी छ ।’

एमाललेले संसदीय दलको नेता चयन गरेपछि प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुने छ । प्रदेश सभामा एमालेको २७ सदस्य छन् ।

नेकपा एमालेले प्रदेश नम्बर ५ मा वाहेक प्रदेश नम्बर १ र ३ मा आन्तरिक चुनाव गरेर संसदीय दलको नेता चुनेको छ ।

कांग्रेसमा ४ को दाबी

प्रदेश नम्बर ४ मा कांग्रेसभित्र संसदीय दलको नेतामा ४ जनाले कसरत थालेका छन् ।

कास्कीका बिन्दुकुमार थापा र कुमार खड्का, नवलपरासीका कृष्णचन्द्र नेपाली र बागलुङका मणिभद्र शर्मा कँडेल संसदीय दलका लागि कसरत थालेका हुन् । प्रमुख प्रतिपक्षी दलमा रहने पक्का भएको कांग्रेसले यो प्रदेशमा सहमतिकै आधारमा नेता छान्नेगरी गृहकार्य गरेको छ ।

कांग्रेसले शुक्रबार प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेपछि नेता छान्ने बाटो खुलेका हो । नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेशमा संसदीय दल कार्यसमिति गठन गर्न उक्त विधान पारित गरिएको हो । प्रदेश– ४ मा सर्वसम्मत नेता चयन गर्न नेता गोपालमान श्रेष्ठको अग्रसरतामा अनौपचारिक बैठक पनि भएको छ । बैठकमा १५ मध्ये १३ सांसद उपस्थित थिए ।

बैठकमा पदका आंकाक्षीले आआफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । दलको नेतामा ४ जनाको नाम आए पनि अन्य पदहरुमा समेत सांसदहरुले इच्छा जाहेर गरेका थिए । सांसद कृष्णचन्द्र नेपालीले भने,‘१ राउन्ड बैठक भइसकेको छ, विधानको मातहतमा रहेर नेता चयन हुन्छ, ६ गते भित्र हामीले टुंगो लगाइछाड्छौं ।’

दलको नेतामा चारै जनाले आफू सबल भएको तर्क पेस गरेका छन् । सांसद नेपालीले १५ जनामा नेता को हुन्छ भनेर चर्चा गर्नुपर्ने विषय नै आफूले नदेखेको बताउँछन् । उनले भने,‘४ पटक जिल्ला सभापति भएँ, १ पटक केन्द्रीय सदस्य निर्वाचित भएँ, केन्द्रमै जानुपर्ने प्रदेशमा आएको छु, पार्टीले मेरो योगदानको कदर गर्छ भन्ने आशामा छु ।’

सांसद बिन्दु थापाले संसदीय दलको नेता भनेको कार्यकारी पद भएकाले त्यसको नेतृत्व लिन आफू सक्षम रहेको बताउँछन् । उनले भने,‘विदेशी कुटनीतिज्ञहरुले सरकार प्रमुखपछि विपक्षी दलको नेतासँग भेट्न चाहन्छन्, उनीहरुसँग डिलिङ गर्नुपर्छ, सिनियर जुनियर भन्दा पनि डाइनामिक लिडरसिपका लागि मेरो दाबेदारी हो ।

सांसद कुमार खड्का १५ जनामध्ये यसअघि संसदको अनुभव लिएको एक्लो व्यक्ति भएकाले आफू नै उक्त पदका लागि उपयुक्त रहेको दाबी गर्छन् । उनले भने,‘मसँग क्याबिनेटको अनुभव छ, १५ सदस्यमध्ये अहिले पार्टीको उच्च ओहोदामा छु, अरु ३ दाबेदार भन्दा उमेरले म योङ छु, यी नै मेरा दाबेदारीका आधार हुन् ।’

सांसद मणिभन्द्र शर्माले पार्टीमा क्रियाशीलताको हिसावले आफू नै सबैभन्दा पूरानो भएकाले साथीहरुहरुसँग अनुरोध गरेको बताए । उनले भने,‘अरु जे सुकै भए पनि संसदमा हामी १५ जनाको हैसियत समान हो, नेतृत्व पंक्ति र साथीहरुसँग मैले अनुरोध गरेको छुु ।’

यो प्रदेशमा वाम गठवन्धनको सरकार बन्ने पक्का भएकाले उनीहरुसँग ‘ट्याकल’ गर्न पनि आफूले दाबेदारी प्रस्तुत गरेको उनको भनाइ थियो । ‘कम्युनिस्ट दर्शनका बारेमा आफूले धेरै अध्ययन गरेकाले मैले उनीहरुलाई नजिकबाट चिनेको छु, त्यसैका लागि पनि मैले अवसर पाउनुपर्छ,’ उनले भने ।

प्रदेशसभामा संसदीय दलको नेता, सचिव कोषाध्यक्षसहितको समिति रहनेछ । चुनाव हुने अवस्थामा ५० प्रतिशत भन्दा बढीको समर्थन आवश्यक पर्नेछ । समितिमा प्रतिनिधिसभा जस्तै प्रमुख सचेतक, सचेतक रहनेछन् ।

प्रदेश सभामा पनि विषयगत समिति उपसमिति समूह, मैत्री समूह, कार्यदल गठन गर्न सकिने व्यवस्था कांग्रेसको विधानमा छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad