• Ad

Samadhan National Daily

  • Ad

एक सय फरार पक्राउ

नुवाकोट, २९ माघ:

विभिन्न अपराधमा संलग्न भएर जिल्ला अदालतबाट मुद्दा फैसला भई कैद र जरिवाना भुक्तान नगरी फरार रहेकालाई पक्राउ गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालयले एक महिनामा १ सय जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गत पुस २८ गतेदेखि यही माघ २८ गतेसम्म १ सय २ फरारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदातलमा बुझाएको प्रहरी उपरीक्षक वसन्तबहादुर कँुवरले जानकारी दिनुभयो । प्रहरीलेसबैभन्दा कम रु १२ देखि सबैभन्दा बढी रु ३६ हजार २ सय ३० सम्म जरिवाना असुली गरेको छ भने कैद असुलतर्फ नौ दिनदेखि १० वर्षसम्म छ ।

साविक राउतबेंसी गाविस–८ का वीरबहादुर तामाङलाई गौवध अभियोग प्रमाणित भई रु १२ तथा थानसिङ–९ का रामचन्द्र थापालाई वन फँडानी मुद्दामा रु ३६ हजार २ सय ३० जरिवाना फैसला भएको थियो । तिनीहरु पक्राउ परेका छन् । यस्तै ९ दिन कैदको फैसला भएका ज्यान मुद्दामा दुईपीपलका हरिबहादुर नेपाल पक्राउ परेका छन् । मानव बेचबिखन मुद्दामा विसं २०४२ पुस ४ गते १० वर्ष कैद फैसला भएका पञ्चकन्या गाउँपालिका–४ आरुखर्कका भीमबहादुर तामाङलाई प्रहरीले आइतबार पक्राउ गरी कैद भुक्तानका लागि अदालत पठाएको छ ।

प्रहरीले सो अवधिमा ३० वर्ष १० महिना २८ दिन कैद र रु ४ लाख २३ हजार ३२ पैसा जरिवाना असुल गराउन सफल भइएको जनाएको छ । अदालतबाट फैसला भई फरार भएकालाई पक्राउ गरी कानूनी दायरामा ल्याउने अभियानलाई अझै तीव्रता दिइने प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad