• Ad

Samadhan National Daily

  • Ad

पहाडमा अझै प्रयोग हुन्छ ढिके नुन

चितवन, २९ माघ:

आयोडिनयुक्त नूनको प्रयोगमा जोड दिए पनि चितवनको पहाडी क्षेत्रमा भने अझै ढिके नूनको प्रयोग रोकिएको छैन ।

पहाडी इलाकामा बस्ने चेपाङ समुदायमा उचित चेतना नपुग्दा ढिके नून कै प्रयोग भइरहेको हो । स्थानीय दलबहादुर चेपाङ गाउँमा ढिके नूनको माग अझै जारी रहेको बताउनुहुन्छ ।

चालू फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउने कार्यक्रमअन्तर्गत चितवनमा पनि आयोडिनयुक्त नूनको प्रयोगमा जोड दिँदै चेतनामूलक कार्यक्रमका साथ आयोडिन महिना मनाउने क्रम जारी छ ।

पहाडी क्षेत्रमा अझै आयोडिनयुक्त नूनको प्रयोग कम हुने गरेकाले त्यसलाई केन्द्रित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनले यसपालि गाउँ केन्द्रित र सर्वसाधारणमा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो । उहाँले गाउँमा ढिके नूनको प्रयोग अझै रहेकाले यसमा आयोडिन उडेर जाने भन्दै आयोडिनयुक्त पोका नून प्रयोग गर्न गाउँगाउँमा सचेतना कार्यक्रम चलाइएको बताउनुभयो ।

नवलपुर जिल्लाको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकाका स्कुल, स्वास्थ्य चौकी तथा आयोडिनसम्बन्धी कार्यक्रम गरिएको भन्दै उहाँले अब केही दिनभित्रैमा चितवनको पहाडी इलाका शक्तिखोरमा पनि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । जनस्वास्थ्य कार्यालय चितवनको पोषण कार्यक्रमका स्रोत व्यक्ति अनुप अधिकारीको अध्ययनमा पनि चितवनको पहाडी इलाकामा अझै आयोडिनयुक्त नूनको प्रयोगमा कमी छ । ढिकै नून कै माग भइरहेको पाइए पनि विगतको भन्दा केही चेतना भने आएको अधिकारीले बताउनुभयो ।

मानिसको दैनिक जीवनमा नभई नहुने सुक्ष्म पोषकतत्व आयोडिनको अभावमा विभिन्न रोग लाग्न सक्ने भन्दै यसको महत्वबारे जानकारी दिन र प्रयोग बढाउन चितवनमा प्रचारात्मक कार्यक्रम भइरहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनका प्रमुख दाहालको भनाइ छ । अहिले जिल्लाका आठ स्थानमा तुल, ब्यानर टाँग्ने, स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गर्ने, विभिन्न हाटबजारमा पुगेर प्रचार अभियान चलाउने, सञ्चारमाध्याममा सूचना प्रेसित गर्ने काम भइरहेको साल्ट ट्रेडिङले जनाएको छ ।

चितवनको रत्ननगर, कविलास, शिवनगर, नवलपुरका स्कुलमा पुगेर विद्यार्थीलाई आयोडिनको महत्वबारे समेत जानकारी गराएको दाहाल बताउनुहुन्छ ।
आयोडिनको कमीले गलगाँड आउने, गर्भ तुहिने, मृत बच्चा जन्मने, जन्मिएका पनि अपांग हुनसक्ने, लुलो र सुस्त बच्चा जन्मन सक्ने, मानसिक तथा बौद्धिक क्षमतामा कमी तथा आलस्यपनलगायत समस्या देखिने हुन्छ । एक स्वस्थ मानिसलाई दैनिक कम्तीमा १२५ माइक्रोग्राम आयोडिन आवश्यक पर्छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad