• Ad

Samadhan National Daily

  • Ad

अन्तिमपटक हात्तीपाइलेको औषधी

पर्वत, १ फाल्गुण:

पर्वतमा हात्तीपाइले रोगविरुद्धको औषधी अन्तिमपटक खुवाइने भएको छ । फागुन १२,१३ र १४ गते औषधी ख्वाएर हात्तीपाइलेको औषधी ख्वाउने अभियान रोकिने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय मार्फत जिल्लामा २०६९ सालदेखि हात्तीपाइले औषधी ख्वाउने अभियान थालिएको हो ।

५ वर्षसम्म लगातार औषधी ख्वाइएको र अब अन्तिमपटक गर्दा ६ वर्षसम्म लगातार औषधी ख्वाउने मात्रा पूरा हुने भएकाले अभियान रोक्न लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. बुद्धिबहादुर थापाले जानकारी दिए ।

लगातार ६ वर्षसम्म औषधी खाएमा हात्तीपाइले रोग नलाग्ने र रोग लागेका पनि निको हुने विभिन्न अन्तर्राष्ट्रिय अनुभव तथा विश्व स्वास्थ्य संगठनले समेत यही मान्यता राख्ने भएकाले अभियान रोक्न लागिएको डा. थापाले बताए । तर औषधी खाए पनि संक्रमित लामखुट्टेले टोकेमा रोग सर्ने सम्भावना भने रहने थापाले बताए । सोमबार पत्रकार अन्तरक्रिया गरेर जिल्ला स्वास्थ्य कार्यालयले अन्तिम चरणमा अ‍ौषधी ख्वाउन लागेको जानकारी गराएको हो ।सम्मेलनमा जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन दीपक भण्डारी, जनस्वास्थ्य अधिकृत सजिना महर्जनले विविध जानकारी दिएका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad