• Ad

Samadhan National Daily

  • Ad

गलेश्वरमा नटराजको अनावरण

म्याग्दी, १ फाल्गुण:

शिवरात्री पर्वको अघिल्लो दिन सोमबार म्याग्दीको मूख्य धार्मिकस्थल गलेश्वरधाममा शिव भगवानको नृत्य अवतार नटराजको मूर्तिको अनावरण गरिएको छ ।

पोखरा महानगरपालिका बस्ने क्या. चन्द्रबहादुर र हेमबहादुर पुनका ४ भाइबहिनीले स्वर्गीय माता भद्रशिला पुनको स्मृर्तिमा गलेश्वर शिवालय क्षेत्र विकाससँगको समन्वयमा ३ लाख ७५ हजार रुपैयाँको लागतमा मूर्ति स्थापना गरेका हुन् ।

प्रदेशसभा सांसद विनोद केसीले मूर्तिको अनावरण गर्दै एक दशकको अवधीमा गलेश्वर क्षेत्र विकास कोषले भौतिक संरचनाको विकास र यसको प्रचारप्रसार गरी धार्मिक पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘यहाँ अब निर्माण गर्ने अन्य भौतिक संरचना, संस्कृत विद्यालयको भवनका लागि समेत प्रदेश सरकार र केन्द्र सरकारको तर्फबाट सक्दो सहयोग हुनेछ’, उनले भने, ‘मुक्तिनाथको प्रवेशद्वारको रुपमा रहेको गलेश्वरको विकासका लागि स्थानीयबासी र सहयोगदाताहरुको भूमिकालाई कहिल्यै विर्सन सकिदैन ।’

क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, सहायक प्रमुख जिल्ला अधिकारी शोभाकर पोखरेल, नेपाली कांग्रेसका जिल्ला सचिब क्या. मीनबहादुर कार्की, बेनपा–९ का वडाध्यक्ष बेलबहादुर चोखाल लगायतले गलेश्वरसँग मुक्तिनाथ, कालिका भगवति, पञ्चकोट, गुप्तेश्वर जस्ता धार्मिकस्थललाई जोडेर धार्मिक पर्यटकीय हबकोरुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad