• Ad

Samadhan National Daily

  • Ad

तिक्लाङमा काठ चोर्ने फन्दामा

पाेखरा, १ फाल्गुण:

अवैध रुपमा काटेको काठ प्रयोग गरेको आरोपमा पोखरा ३३ तिक्लाङको बानिया फर्निचर उद्योगका सञ्चालक वीरेन्द्र बानियालाई प्रहरीले पक्रेको छ ।

इलाका प्रहरी कार्यालयका डाडाँकोनाक प्रहरी कार्यालयका प्रमुख डिएपी गोविन्द पुरीले सुराकीको आधारमा बानिया फर्निचर उद्योगमा छापा मार्दा अवैध काठ भेटिएको बताए । ३ सय ७५ पिस काठको टुक्रालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साल र लप्सीका काठहरु प्रयोग गरेको भेटिएको पुरीले बताए । बानिया काठ लुकाएर राखेको ठाउँमा आइतबार प्रहरीले फर्निचरमा छापा मारेको थियो । उनले अरुले नदेख्ने गरेर फर्निचरमा भन्दा केही पर काठहरु राखेका थिए ।

केही काठहरु स्थानीयले फर्निचरको सामान बनाउन र केही काठहरु वीरेन्द्रले आफ्नो प्रयोगका लागि उद्योगमा राखेको भेटिएको जानकारी डिएसपी पुरीले दिए । उनले स्थानीयले आपूmखुसी काटेका काठहरु बानियालाई बेचेको बताए । वीरेन्द्रलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा राखिएको छ । पुरीका अनुसार बानियाले स्थानीय को को सँग कति काठ लिएका हुन् भन्ने खुल्न सकेको छैन । उनका अनुसार बानियाले कास्की धेरैजसो ठाउँबाट काठहरु ल्याउने गरेका छन् ।

प्रहरीले नियन्त्रणमा लिएको काठमा वन कार्यालयमा बुझाएको छ । कास्कीका जिल्ला वन अधिकृत केदार बरालले जफत काठ लगभग ५ सय ५० क्युफिट रहेको जानकारी दिए । वन ऐन बमोजिम बानियालाई कारबाही हुने उनले बताए । काठको जरिवाना ८ लाख ६ महिनादेखि २ वर्षसम्म कैद हुन सक्ने गरी जिल्ला वन कार्यालयको तर्फबाट मुद्दा चलाइने बरालले सुनाए । उनले २५ दिन म्याद रहेको र २५ दिनभित्र छाड्ने वा मुद्दा दर्ता गर्ने टुंगो लाग्ने बताए । तर वीरेन्द्र बानियाले भने आपूmले कर तिरेर काठ ल्याएको बताएका छन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • करनले देखेको क्रिकेटकाे सुखदुख

    नामिबियाको क्रिकेट मैदानमा क्यानडाले विजय झण्डा फहराउने तयारी गर्दै थियो । १९५ रनको लक्ष्य पछ्याएको नेपालको अन्तिम ओभरमा एक खेलाडी नायक बनेर खेलमा उत्रिए र क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जीत...

  • कृषकसँग मन्त्री अभियान गर्ने घोषणा

    प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ‘कृषकसँग मन्त्री’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला गोरखा आएका थापाले बुधबार सदरमुकाममा...

  • मित्रवत् सम्बन्ध कायम राख्न: फुटबल

    अनेरास्ववियु स्याङ्जा–पोखरा सम्पर्क कमिटिको आयोजनामा पृथ्वीनारायण क्याम्पस फुटबल मैदानमा बुधबारदेखि अन्तरसंकाय सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । क्याम्पसका २० टोली सहभागी प्रतियोगितामा पहिलो दिन ३ खेल सम्पन्न...

  • नमूना आवासीय मावि प्रदेश ४ मै उत्कृष्ट

    कुस्माबजारमा सञ्चालित नमूना आवासीय मावि प्रदेश नं ४ कै उत्कृष्ट विद्यालय घोषित भएको छ । शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा उत्कृष्ट घोषित नमूना आवासीय माविले रु एक लाख पुरस्कारसमेत जितेको छ...

Ad
Ad
Ad