• Ad

Samadhan National Daily

  • Ad

पार्टी एकता भइसक्योः अर्याल

स्याङ्जा, १ फाल्गुण:

एमाले केन्द्रीय सदस्य पद्माकुमारी अर्यालले माओवादी केन्द्र र एमालेको पछिल्लो दस्तावेजले पार्टी एकता भइसकेको बताएकी छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपाल स्याङ्जाले गरेको वामगठबन्धनका विजयी सांसदलाई बधाई तथा सम्मान कार्यक्रममा अर्यालले एकतामा धेरै शंका र आशंका नगर्न आग्रह गरिन् ।

‘एकता भएन भने जनताले ढुंगा हान्छन्,’ अर्यालले भनिन्, ‘निर्वाचनबाटै जनताले पार्टी एकताको आदेश दिइसकेका छन् ।’ पार्टी अध्यक्ष ओली र प्रचण्डको पदका कारण एकता नरोकिएको बताउँदै नेता अर्यालले सबै नेता तथा कार्यकर्ताको व्यवस्थापनका कारण एकतामा ढिलाइ भएको सुनाइन् । प्रतिनिधि सभाको समानुपातिक नतिजाले सरकार गठन लम्बिएको बताउँदै अर्यालले वामगठबन्धनले फागुनको पहिलो साता सरकार बनाउने सुनाइन् । उनले पत्रकारको सहयोगका कारण देश वाम गठबन्धनमय भएको उल्लेख गरिन् ।

उनले पत्रकारको हकहितसंरक्षण र सहयोगका सन्दर्भमा सक्दो सहयोग गर्ने बचन दिइन् । राष्ट्रिय सभा सदस्य खिमकुमार विकले वाम गठबन्धनका पत्रकारहरुका कारण निर्वाचनमा सफल भएको विचार व्यक्त गरे ।

प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङ, दीपक थापा, मोहन रेग्मी, माओवादी केन्द्र जिल्ला इन्चार्जशैलेन्द्र घिमिरे, नेकपा एमाले जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ लगातले निर्वाचनमा उम्मेदवारलाई क्रियाशील बनाउन वाम पत्रकारहरुले खेलेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा प्रेस सेन्टर प्रदेश सचिव अर्जुन काफ्ले, जिल्ला अध्यक्ष प्रतीक्षा काफ्ले, पत्रकार हिमलाल पराजुली, हरि सुवेदीले लगायतले मन्तव्य राखेका थिए ।

प्रेस चौतारी र प्रेस सेन्टरले सयुक्त रुपमा वाम गठबन्नका प्रतिनिधि सभा सदस्य २, राष्ट्रिय सभा सदस्य १ र प्रदेश सभा सदस्य ३ गरी ६ जनालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad