• Ad

Samadhan National Daily

  • Ad

पृथ्वीसुब्बाले २ गते सपथ लिने

पाेखरा, १ फाल्गुण:

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रदेश ४ मा सरकार गठनको प्रक्रिया सुरु गरेका छन् । एमालेले संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ चयन गरेर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेलगत्तै सरकार गठन प्रक्रिया सुरु भएको हो ।

प्रदेश नं ४ एमाले संसदीय दलका नेता पृथ्वीसुब्बालाई प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार मुख्यमन्त्री नियुक्त गरेका छन् । पृथ्वीसुब्बाले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न सोमबार दिउँसो आवेदन गरेका थिए । प्रदेश प्रमुख कुँवरले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा (एमाले) प्रदेश नं ४ का संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश ४ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ । एमाले र माओवादी संसदीय दलले पृथ्वीसुब्बालाई मुख्यमन्त्रीमा पठाउन गरेको निर्णय र ३९ सांसदको हस्ताक्षरसहित आवेदन परेको थियो ।
‘मलाई २७ जना प्रदेश सदस्य रहेको नेकपा एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गरिएको छ । प्रदेश नम्बर ४ निर्वाचित १२ जना सांसदको समेत समर्थन रहेकाले संविधानअनुसार नियुक्त गरिपाऊँ,’ एमाले संसदीय दलका नेता पृथ्वीसुब्बाले प्रदेश प्रमुख लेखेको आवेदनमा भनिएको थियो ।

‘प्रदेश नम्बर ४ मा माओवादी केन्द्रको समर्थनमा एमाले संसदीय दलको नेता पृथ्वीसुब्बालाई मुख्यमन्त्री नियुक्त गरिएको छ,’ प्रदेश प्रमुख कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीले सार्वजनिक गरेका थिए ।

मुख्यमन्त्री गुरुङलाई फागुन २ गते बुधबार २ बजे प्रदेश प्रमुखको निवासमा पद र गोपनियताको शपथ गराउने कार्यक्रम छ । एमालेलाई मुख्यमन्त्री र माओवादीलाई सभामुखको बागबन्डा ४ नम्बर प्रदेशमा वाम गठबन्धनले गरेको छ । माओवादीले सांसद नेत्रनाथ अधिकारीलाई सभामुख बनाउने भएको छ । सभामुखको निर्वाचन फागुन ३ गतेका लागि तय गरिएको छ ।

६० सदस्यीय प्रदेश ४ को प्रदेश सभामा एमाले, माओवादीको बहुमत छ । प्रदेश सभामा एमालेको २७ र माओवादीका १२ सांसद छन् । त्यस्तै कांग्रेस १५, जनमोर्चा ३ र नयाँ शक्तिका २ जना सांसद प्रदेश सभा संसदमा छन् ।


डोरमणि पौडेलद्वारा शपथ
प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले उक्त प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सोमबार आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराएकी छन् । पौडेलले सोमबारै पदभार ग्रहण गरेका छन् ।

प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गरेकी थिइन् । एमालेका तर्फबाट मकवानपुर–१(ख)बाट निर्वाचित भएका पौडेलले प्रदेश नं ३ को संसदीय दलका नेता हुन् । प्रदेश ३ का मुख्यमन्त्री पौडेलले एमालेका केशव स्थापितलाई भौतिक पूर्वाधार र माओवादी नेता शालिकराम जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी दिएर सपथ खुवाएका छन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad