• Ad

Samadhan National Daily

  • Ad

बालमन्दिर प्रदेश उत्कृष्ट

पाेखरा, १ फाल्गुण:

बालमन्दिर माध्यमिक विद्यालय पोखरा सामुदायिकतर्फ प्रदेशमै उत्कृष्ट भएको छ । २०७० मा पश्चिमाञ्चल उत्कृष्ट भएको उक्त स्कुलले यो वर्ष प्रदेश उत्कृष्ट भएर पुरस्कार हात पारेको छ । आइतबार राजधानीमा शिक्षा दिवस २०७४ को उपलक्ष्यमा आयोजित कार्यक्रममा उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले उक्त पुरस्कार प्रदान गरे । पुरस्कारमा नगद १ लाखसहित सिल्ड र प्रमाणपत्र छ ।

बालमन्दिर १२ वर्षदेखि सामुदायिकतर्फ कास्की उत्कृष्ट हुँदै आएको छ । प्रधानाध्यापक सुशील बस्नेतले बालमन्दिर अहिले समग्र पोखरेली समुदायले गर्व गर्न सक्ने सामुदायिक विद्यालयको रुपमा स्थापित भएको बताए । उनले भने, ‘सामुदायिक विद्यालय कमजोर हुनमा भौतिक स्रोत साधन होइन लगन, मेहनत, सामूहिक प्रयास, आवश्यक व्यवस्थापन एवं इमान्दारी महŒवपूर्ण कुरा हो ।

प्रअ बस्नेतका अनुसार सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको अवस्थामा अहिले पनि बालमन्दिरमा भर्ना हुन आउने विद्यार्थी थामिनसक्नु हुन्छ । आएजति सबैलाई भर्ना गर्न सम्भव नभएकाले फर्म वितरण गरी विद्यार्थी संख्या व्यवस्थापन गर्दै आएको उनले बताए ।
अंग्रेजी माध्यमबाट सञ्चालित बालमन्दिरमा नर्सरी देखि कक्षा १० सम्म १ हजार ७८ विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन विषयमा २ सय ६९ विद्याथी गर्री जम्मा १ हजार ३ सय ४७ विद्यार्थी रहेको प्रअ बस्नेतले बताए । विद्यालय भित्र कक्षा १० सम्मका सम्पूर्ण विद्यार्र्थीका लागि खाजाको व्यवस्था, विद्यालयमा मल्टिमिडियाबाट कक्षा लिने व्यवस्था, विद्यालय भित्र इ–लाइब्रेरीको व्यवस्था, व्यवस्थित कम्प्युर प्रयोगशाला, सिसी जस्ता पूर्वाधार पनि बनाइएको बस्नेतले जानकारी दिए । उनले भने, ‘शैक्षिक गतिविधिलाई शैक्षिक पात्रो बनाएर जिम्वेवारीको बाँडफाँट गरिएको छ ।’

अहिले कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन विषयमा मात्र कक्षा सञ्चालन हुँदै आएकोमा आउने शैक्षिक सत्रबाट विज्ञान विषयमा पनि कक्षा सञ्चालन गर्ने तयारी भएको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad