• Ad

Samadhan National Daily

  • Ad

रञ्जित गजमेरलाई साक्षी राखेर उनकै गीत

पाेखरा, १ फाल्गुण:

‘सर्जकका स्मृति तथा सम्झनामाक धेरै कार्यक्रम भए, थुप्रै गीतहरु सुनिए । सर्जकका स्मृतिमा थुप्रै पटक उनको प्रशंसामा शब्दहरु खर्च हुन्छन् तर कुनै सर्जक जिउँदै छँदा किन किन हामीले त्यस्तै सम्मान गर्न सक्दैनौं,’ गायक विवेक श्रेष्ठको मनमा प्रश्न उब्जिरहन्थ्यो । सर्जक मरिसकेपछि भन्दा जिउँदै छँदा उनकै गीत अगाडि राखेर गाउँदा सर्जकको मन कति रमाउला भन्ने कुरा श्रेष्ठले सोचिरहन्थे ।

श्रेष्ठले खोजेजस्तै अब पोखरेलीले पनि त्यो सपना पूरा गर्न पाउने भएका छन् । सुप्रसिद्ध संगीतकार तथा गीतकार रञ्जित गजमेरको सम्मान तथा अभिनन्दनमा पोखरामा विशेष कार्यक्रम हुने भएको छ । नेपाली चलचित्र गीतका लिजेन्ट गजमेरको सम्मान तथा अभिन्दनसँगै फागुन १९ गते पोखरामा उनकै गीत घन्किने भएको हो ।

पोखराको लोकप्रिय कन्दरा ब्यान्ड र पोखरा महानगरपालिकाले संयुक्त रुपमा विशेष कार्यक्रम गर्न लागेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । ‘जसले नेपाली सिने जगतलाई लोकप्रिय र कर्णप्रिय गीत दिए । जसले गीतमा नेपाली स्वाद दिए, उनैको सम्मान तथा अभिनन्दनमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेका हौं,’ कन्दरा ब्यान्डका विवेक श्रेष्ठले भने, ‘नेपालीलाई यति ठूलो उपहार दिने व्यक्तित्वको सम्मानमा किन केही नगर्ने भनेर कार्यक्रम आयोजना गरेका हौं ।’

संगीतको उत्सवमय सहर पोखरालाई अर्को सम्मानयोग्य र उत्सवमय सांगीतिक इँटा थप्न नवीन सोच ल्याएको उनले बताए । ‘हामीले सर्जक मरिसकेपछि उनको सम्झानामा वा स्मृतिमा थुप्रै कार्यक्रम गरेका छौं,’ विवेकले भने, ‘सर्जकको सम्मान गर्नुपर्छ तर जिउँदो हुँदा नै गर्नुपर्छ भन्ने सन्देश दिन पनि खोजेका हौं ।’

गजमेरलाई अगाडि राखेर चर्चित गायकगायिकाले उनकै गीत गाउनेछन् । गायक कर्णदास, रामभक्त जोजिजू, कन्दराका विवेक श्रेष्ठ, विनोद बानिया, रजनी राई, अजुदा थापा, स्वरुपा आशा र रुबि गौली लगायतले लाइभ कन्सर्टमा उनकै गीत गाउने छन् । सोही दिन पोखराका वाङमयिक संस्थाले गजमेरको अभिनन्दन गर्नेछन् ।

‘नेपाली चलचित्रका मौलिक गीत भन्नेबित्तिकै गजमेरको नाम आउँछ । उनले एकसे एक मौलिक गीतमात्रै नेपालीलाई दिएका छैनन् नेपाल र भारत सांगीतिक पुल पनि बनेका छन्,’ कवि तीर्थ श्रेष्ठले भने, ‘हाम्रा गीतहरु भारतीयबाट प्रभावित छन् भन्ने गरिन्छ तर नेपालीबाट पनि भारतीय प्रभावित छन् भन्ने एक उदाहरण हुन् रञ्जित गजमेर ।’ नेपाली मादलको आवाजलाई बलिउडमा छिराउने र भारती संगीतकर्मीले समेत श्रद्धाले रञ्जितको नाम लिने कति तीर्थले बताए ।

सोही दिन विवेक श्रेष्ठ र स्वरुपा आशाको आवाज, रञ्जित गजमेरको एकल संगीत, स्वर्गीय गीतकार अगमसिंह गिरी, कुसुम गजमेर, अर्जुन सापकोटा र रञ्जितका शब्दमा ‘रञ्जित गजमेरको कृति’ एल्बम विमोचन हुने आयोजकले जानकारी दिएको छ ।

सन् १९८१ मा ‘बाँसुरी’बाट नेपाली चलचित्रमा आफूलाई समाहित गराएका गजमेरले सयौं गीतमा संगीत र केही गीतमा आवाज दिएका छन् । ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘बासुदेव’, ‘साइनो’, ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘कोसेली’, ‘दर्पण छाया’ जस्ता गीतमा उनी एकछत्र छाए । उनी अहिले पनि हार्माेनियममा ‘वीरताको चिनो वीरको सन्तान, शहीदको रगत, लाहुरेको निशानी’ बजाइरहन्छन्, जुन गीतले नेपालीले शान उचो भएको महसुस गर्ने संगीतकार सुनील थापा बताउँछन् ।

१९६७ मा गजमेर काठमाडौंआएर रेडियो नेपालमा स्टुडियो संगीतकार पनि बनेका थिए । पछि उनी मुम्बई (बम्बई)मा संगीतिक करियर बनाउन आरडी बर्मनको सहकार्य गर्न पुगेका थिए र उनले थुप्रै भारतीय फिल्ममा संगीत भरेका छन्, नेपाली मादल घन्काएका छन् । सन् १९८२ मा उनले आशा भोसलेका लागि नेपाली संगीतको व्यवस्था मिलाइदिएका थिए । यो कार्यक्रम पैसा कमाउने हिसाबले नभई सम्मानका हिसाबले च्यारिटीको रुपमा गर्न लागेको गायक विवेकले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad