• Ad

Samadhan National Daily

  • Ad

सराङकोटमा महायज्ञ समापन आज

पाेखरा, १ फाल्गुण:

सराङकोटमा जारी महायज्ञको आठौं दिन सोमबार ४० लाख रुपैयाँ दान संकलन भएको छ । महायज्ञ मंगलबार समपन हुँदैछ । महायज्ञमा छविलाल तिमिल्सिनाले १३ लाख ३३ हजार ३ सय ३३, चुडामणि तिमिल्सिनाले ५ लाख ५५ हजार ५ सय ५५ स्वर्गीय त्रिलोचन शर्माका परिवारले २ लाख ६० हजार १ सय १ रुपैयाँ दान गरेका छन् ।

त्यसैगरी दिलबहादुर जिसीले २ लाख ३४ हजार ५ सय ६७, भक्तराज श्रेष्ठले २ लाख ३३ हजार ६ सय ११, मेजर मीनबहादुर वीरबहादुर थापाले २ लाख ३३ हजार ७ सय ७७, सिमबहादुर ढकालले २ लाख ३५ हजार १ सय ११, रवीकुमार सापकोटाले २ लाख ३३ हजार ३ सय ३३, कृष्णबहादुर थापाले २ लाख ३३ हजार ३ सय ५, चन्द्रकान्त बरालले २ लाख ३१ हजार १ सय ८, शेरबहादुर थापाले २ लाख ३१ हजार र शिवकुमार तिमिल्सिनाले २ लाख ३१ हजार १ सय ११ रुपैयाँ दान गरेका छन् । त्यसैगरी स्वस्ती विशाल कोइरालाले १ लाख ११ हजार १ सय ११, गोमा थापाले १ लाख ११ हजार १ सय ११, जयलक्ष्मी निर्माण सामग्रीले १ लाख ५ सय ५५, खड्गभक्त कृष्ण जिसीले ५० हजार ५ सय ५५, निर्मलराज बरालले ५५ हजार ५ सय ५५, हिमाली बालकल्याण संरक्षण मञ्चले ५१ हजार, मानबहादुर थापाले ५० हजार १ सय ५१, मनकामना विकास समितिले ६० हजार, परिवर्तनशील सराङकोट समाजले ५१ हजार, पवनकुमार जिसीले ५१ हजार, ध्रुवबहादुर थापाले ५१ हजार १ सय ११, र लिलाभक्त आचार्यले ५५ हजार १ सय ८ रुपैयाँ दान गरेको महायज्ञ मूल आयोजक समितिका सचिव चिन्तामणि तिमिल्सिनाले जानकारी दिए ।

सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले सराङकोटमा निर्माणाधिन वहुउद्देश्यीय भवन र गुरु योजनालाई साकार पार्न महायज्ञको आयोजना गरिएको संस्थापक अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए । सराङकोटमा १०८ शिव लिंगको स्थापना, सहश्र धारा निर्माण, भ्यूटावर, बालउद्यान, स्वागतद्वार, पार्क, फूट ट्रयाक, खानेपानी ट्यांकी निर्माण, आधुनिक शौचालय, हेलीप्याड, वनभोज स्थल निर्माण गर्ने लक्ष्य रहेको प्रचार प्रसार समितिका संयोजक कृष्ण थापाले जानकारी दिए ।

गुरु योजनाको अनुमानित लागत २९ करोड रहेको र योजना अवधि ७ वर्षको हुने समितिले जनाएको छ । महायज्ञमा युवा पण्डित भागवत भाष्कर कमलनयन गौतमले कथा वाचन गरिरहेका छन् । महायज्ञ फागुन १ गतेसम्म सञ्चालन हुने मूल आयोजक समितिका संयोजक एवं अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad