• Ad

Samadhan National Daily

  • Ad

स्याउबारी मासेर पक्कीघर

मुस्ताङ, १ फाल्गुण:

पर्यटक लोभ्याउन मार्फाका २ विशेषता काफी छन् । पहिलो यहाँ उत्पादन हुने स्याउ र दोश्रो परम्परागत मौलिक घर । यिनै २ विशेषताले स्वदेशी र विदेशी पर्यटक मार्फामा ओइरिन्छन् ।

वसन्ती लालचनले रचेको ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ बोलको गीत मार्फालाई चिनाउन काफी छ । गीतको मार्फा गाउँको पहिचान मात्र उकासेन आम नेपालीको जनजिब्रोमै मार्फाली गीत गुञ्जियो । यही गीतले मार्फाली किसानमा उत्साह थपियो । मार्फाको पर्यटन प्रवद्र्धनमा समेत यो गीत धनमा पनि उक्तिकै सहयोगी बन्यो ।

स्याउ नै चिनाएको मार्फा गाउँमा अहिले स्याउबारी साँघुरिँदै गएको छ । मोटर बाटो छेउछाउमा अहिले स्याउबारी मासेर धमाधम घर बन्न थालेका छन् । यसले स्याउको राजधानीको रुपमा चिनिएको मार्फाको पहिचानमा दाग लाग्न थालेको छ । मार्फा गेटको उत्तर र दक्षिणतर्फको मोटर बाटोमा दायाबायाका स्याउबारीमा अहिले आधा दर्जन व्यावसायिक भवन निर्माण हुँदै छन् । खाजाघरदेखि होटल प्रयोजनका धमाधम घर बनिरहेका हुन् । यो होडबाजी नरोकिए स्याउबारी मात्र हैन, अहिलेको पुरानो संरचनाको बस्ती पनि लोप हुने खतरामा पुगेको छ ।

मार्फालाई स्याउको राजधानी घोषणा गर्न स्थानीयले सरकारसँग गरेको माग गर्दै आएका छन् । करिब ५ सय वर्ष पुरानो इतिहास बोकेको मार्फाको बस्ती संरचना कतै विस्थापित हुने चिन्ता मार्फाका एकथरी समुदायलाई छ ।

खेतीयोग्य उर्वरभूमि मार्फा गाउँमा स्याउको फूल फुल्ने र स्याउ फल लाग्ने सिजन सुरु हुदा मार्फाको पर्यटन व्यवसाय समेत गर्मिन सुरु हुन्छ ।
मार्फाको पुरानो बस्ती धमाङ र हालको नयाँ बस्तीका स्याउ खेत जोडेर करिब २ सय हेक्टर जमीनमा स्याउ खेती भइरहेको वागवानी विकास अधिकृत वालकृष्ण अधिकारीले जानकारी दिए । चिसो हावापानीमा मार्फाको स्याउ स्वादिलो र रसिलो हुने गर्छ । मार्फाका किसानले बर्सेनि स्याउ बिक्री गरेर १ लाखदेखि करोडसम्मको आर्थिक कारोबार गरेका छन् । मोटर बाटोदेखि १ सय मिटर पश्चिमको मार्फा पोखराको लेकसाइडको झझल्को दिलाउने गन्तब्य भएकाले यहाँ आउने पर्यटकले फरक प्रकारको आनन्द लिने गरेको पाइन्छ । साविकको मार्फा गाउँ माथिको ठूलो पहाडको फेद लम्ब्ख्य भन्ने स्थानमा पहिलो मार्फाली समुदायको बस्ती भएको भन्ने भनाइ छ । यसको थप पुष्टी हुन बाँकी रहेको मार्फा निवासी पूर्व जिविस सभापति बिष्णुराज हिराचन बताउँछन् । अहिलेको ५ सय वर्ष पुरानो वस्ती तेस्रो भएको र यसअघि बस्ती साविक गाउँमाथिको धमाङ भन्ने स्थानमा भएको अनुमान हिराचनको छ ।

मार्फाका स्थानीयले अहिले पर्यटन र कृषि व्यवसायलाई आयआर्जनको मुख्य स्रोतको रुपमा विस्तार गरेका छन् । मार्फामा करिव १ सय घरधुरी छन् । जसमा करिब २५ घरधुरीले होटल व्यवसाय सञ्चालन गरेका छन् । साँघुरो गल्ली, त्यसमाथि एकआपसमा जोडिएका मौलिक प्रकारका घरको पहिचान यहाँको प्रमुख विशेषता मानिएको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad