• Ad

Samadhan National Daily

  • Ad

ब्युटिफुल सुसाइड

‘आफ्नो मृत शरीरलाई कोही–कसैले पनि नदेखून्’ यही नै एभिलियन म्याकहेलको अन्तिम इच्छा थियो । इम्पाएर स्टेट भवनको ८६ औं तल्लामा रहेको दृश्यअवलोकन स्थानबाट हालफाल्नु अघि उनी चाहान्थिन् कि आफ्नो मृत्युपछि पनि आफ्नो परिवारले उनको शरीरलाई उनी जस्तो थिइन् त्यसरी नै सम्झिउँन् भन्ने ।

तर, उनको त्यो सपना पूरा हुन सकेन । उनको शरीर पार्क गरेको लिमोसाइन माथि खस्यो । घटनाको ४ मिनेटपछि फोटोग्राफीका विद्यार्थी रोबर्ट व्लसले त्यही बाटोमा हुँदै जाँदा उनको फोटो खिचें । फोटोमा एभिलियन एकदम शान्त देखिन्थिन्, हेर्दा उनी सुतिरहेको जस्तो । भाँचिएको, कुच्चिएको स्टिलमा उनको शरीर सुतेरहेको थियो । उनको घुडादेखि मुनिका भाग एकअर्कोमा खप्टिएका थिए, र उसको देव्रे हात छातीमाथि थियो जसले घाँटीमा रहेको मालालाई समाइरहेको थियो ।

उक्त तस्बिर १९४७ को मे १ मा लिइएको थियो जुन विख्यात भयो । टाइम म्यागजिनले यसलाई ‘सबैभन्दा सुन्दर आत्महत्या’ भनी लेखेको थियो । एन्डी वारहोलले आफ्नो म्यागेजिनमा उक्त फोटोलाई सुसाइड ‘फलन बडी’ भनी राखेका थिए ।

यद्यपि उनको मृत्यु चर्चित त भयो तर उनको बारेमा थोरैमा मात्र थाहा छ । क्यालिफोर्नियाको बर्केलीमा जन्मिएकी उनी हेलेन र भिसेन्ट म्याकहेलका ८ वटा दाजुबहिनी मध्येकी एक हुन् । १९३० तिर उनको परिवारको डिर्भोस भयो । फलतः भिसेन्टले आफ्नो सबै बच्चा लिएर न्युयोर्क बसाइँ स¥यो ।

विद्यार्थी जीवनमा एभिलिएन महिला आर्मी कोरमा थिइन् । केही समयपछि उनी जेफेरसन सहर मोन्टानामा सरुवा भइन् । पछि न्युयोर्कको बाल्ड्विनमा जीवनको अन्तिम दिनसम्म त्यही बसिन् । त्यहाँ उनी बहीखाल ‘लाइबेरियन’ को रुपमा काम गर्थिन् । त्यही उनले आफ्नो मंगेतर बेरी रोडेस्लाई भेटिन् ।

जहाँसम्म एभिलिएनको मृत्युको कुरा आउँछ त्यसको बारे थोरैमात्र जानकारी पाइन्छ । आत्महत्या गर्नु अघि एभिलिएनले रोडेस्लाई पेनस्लोभेनियामा भेटेकी थिइन् । रोडे्सको अनुसार उनी आउनुअघिसम्म सबै कुरा ठीक थियो ।

मृत्युको बिहान उनी एम्पाएर स्टेट भवनको दृश्यअवलोकन स्थानमा पुगिन् । आफ्नो कोट खोलेर नजिकको रेलिङमा राखिन्, नोट लेखिन्, जुन कोटको छेउमा भेटिएको थियो । त्यसपछि उनी हाम फालिन् । पुलिसका अुनसार सेक्युरिटी गार्ड एभिलिएनले हाम फाल्दा जम्मा १० फुट टाढा थिए । जासुसीका अनुसार, उक्त नोटमा उनले किन आत्महत्या गर्न चाहिन् भन्ने कुरा थिएन तर उनले आफ्नो शरीरलाई जलाइदिनु भनी अनुरोध गरेकी थिइन् ।

पत्रमा,
‘म मेरो परिवार भित्रको र बाहिरको कसैले पनि मेरो शरीरको कुनै पनि भाग नदेखून् भन्ने चाहान्छु । के तपाईं मेरो शरीरलाई दाहसंस्कार गरिदिनु हुन्छ ? म बिन्ती गर्छु तपाईं र मेरो परिवारलाई, कि मेरो लागि कुनै पनि सेवा वा सम्झना नराखी दिनु होला । मेरो मंगेतरले मलाई यही जुनमा बिहे गर्छु भनी प्रस्ताव राखेको थियो । मलाई लाग्दैन कि म कसैको लायक छु । उनी मबाहेक नै सुखी–खुसी रहन सक्छ । मेरो बुबालाई भनिदिनु कि, ममा मेरो आमाप्रति धेरै नै झकाव छ ।’
एभिलिएनकै इच्छाअनुसार उनको शरीरलाई दाहसंस्कार गरिएको थियो । उनको रीतिअनुसार अन्तिम संस्कार गरिएन । तर पनि उनको तस्बिर ७० वर्षसम्म जीवित नै छ ।


प्रतिकृया दिनुहोस्

अार्थिक वर्ष २०७३ काे पूर्ण बजेट

अार्थिक वर्ष २०७३ काे पूर्ण बजेट (डाउनलाेड गर्नुहाेस्)...

बिसाैं पाेखरा नगर परिषद्काे पूर्ण प्रतिवेदन

पोखरा उप–महानगरपालिकाको बिसौं नगरपरिषद्मा प्रमुख÷कार्यकारी अधिकृत श्री झलकराम अधिकारीबाट आ.ब.२०७३÷०७४ को लागि प्रस्तुत बजेट, नीति, कार्यक्रम तथा आय–व्यय विवरणको वक्तव्य, पोखरा उप–महानगरपालिकाको सम्मानित बिसौं नगर...

नेपाल भारतबीचकाे सुगाैली सन्धिका धारा यस्ता छन्

धारा ५ ६ र ७ का कारण यस सन्धिलाई असमान भनिन्छ

यस्तो छ सन्धिको पूर्ण विवरण (मूल अङ्ग्रेजी र नेपाली अनुवादसहित) –   Article 1 There shall be everlasting peace and friendship between the Government of...

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad