• Ad

Samadhan National Daily

  • Ad

अल्लारे किशोर–किशोरी र अभिभावकवृन्द

पाेखरा, २२ फाल्गुण:

१३ वर्षदेखि १९ वर्षको उमेरसमूहलाई किशोरवास्था भनिन्छ । यो उमेरलाई नेपाली भाषा–सांस्कृतिमा ‘अल्लारे जीवन’ पनि भनिन्छ । ‘अल्लारे’ शब्दले खास गरेर ‘अपरिपक्व’ भन्ने आशयलाई देखाउँछ । तर, अपरिपक्व बालक भन्दा उनीहरूलाई मन पर्दैन । प्रौढ भन्नलाई उनीहरूमा सामान्य प्रौढता मात्र आएको हुन्छ, जसले गर्दा प्राकृतिक संस्कार जस्तै रिसाउने, रमाउने, तुजुक देखाउने आदि गर्छन् ।उनीहरुमा उत्तेजनालाई थाहा पाउने र नियन्त्रण गर्ने प्रवृत्तिगत पैतृक बुद्धि विकास भएको हुँदैन । शारीरिक दृष्टिले उनीहरूमा अन्य प्राणीलाई जस्तै प्रकृतिले प्रौढता दिए पनि मनुष्यको सामाजिक जीवन र सभ्यताको दृष्टिले प्रौढता आएको हुँदैन । त्यो उमेर प्रौढताको पदार्पणमात्र हो । त्यसैकारण किशोर–किशोरीहरू प्राकृतिक संस्कार अनुसार धेरै अगाडि आइसकेको भएपनि बौद्धिक क्षमता र सामाजिक संस्कारअनुसार अपरिक्व नै हुन्छन् । उत्तेजनामा आएको बेला उनीहरूबाट सामान्यदेखि जघन्य बालअपराध पनि हुनसक्छ । यो अल्लारे अवस्थालाई ‘आवारा’ वा ‘भेगाउन्ड’ पनिभन्ने गरिन्छ ।

यस्तो अवस्थामा किशोर–किशोरीहरूबाट मातापिता, अभिभावकहरूले मात्र समस्या भोग्नुपर्ने हुँदैन। टोल, गाउँ र समाजले पनि त्यो समस्या ढिलो वा चाँडो, कुनै न कुनै रुपमा भोग्नुपर्ने हुन्छ । किशोरावस्थामा आवारा भएर हुर्केका वयस्कहरू नेता, व्यापारी वा अन्य कुनै महत्वपूर्ण काममा रहेको भएपनि उसमा समाज र राष्ट्रप्रतिको उत्तरदायित्व, निष्ठापूर्वक र इमान्दारीसाथ व्यवहृत भएको हुँदैन । आजको प्रसंगमा सबैभन्दा खतरनाक कुरा त यस्ता वयस्कहरू कुनै ‘सोर्सफोर्स’ वा अशिक्षित एवं निमुखा जनताको मतद्वारा मन्त्री वा प्रमुख प्रशासक भएका हामीले यही समाजमा भेट्ने गर्छौ ।तर उनीहरूको संस्कार सुध्रेको हुँदैन । उत्तरदायित्वपूर्ण काम गर्नुपर्नेमा उल्टो अनुत्तरदायी काम उनीहरूबाट हुन जान्छ र उनीहरूको शासनप्रशासनले ल्याएको समस्याबाट राष्ट्रिय समाज नै पिरोलिएको हुन्छ ।

आवारा हुनुमा के उनीहरूको दोष हो त ? के उनीहरू आवारा भएरै जन्मेका हुन् त ? होइन । कुरा बुझ्नें अभिभावक कसैले पनि होइन नै भन्छ । र यो कुरा पनि शाश्वत् हो कि संसारमा आँखा खोल्नें बित्तिकै कोही पनि अल्लारे वा आवारा हुँदैन । त्यसो भए तिनै बच्चाहरू पछि गएर किन आवारा हुन्छन् त ?

यसको उत्तर हो ‘सामाजिक वातावरण’ । यो वातावरण पारीवारिक पनि हुन सक्छ र बाहिरको पनि हुन सक्छ । परिवार, स्कुल, टोल र राष्ट्रकोसामाजिक संस्कार तथा वातावरण नै विकृति र विसंगतितिर गएको छभने त्यहाँ हार्दिकता, नैतिकता र इमान्दारीको उपहास समेत हुन्छ । त्यहीं जीवनशैली यी किशोराकिशोरीहरूले अभ्यस्त भएर अपनाएका हुन्छन् । ‘मै खाऊँ, मैलाऊँ, सुखसयल वा मोज म गरुँ, मै हाँसु मै नाचुँ अरू अब मरुन् दुर्वलहरू’ भन्ने आजको भ्रष्टाचारी समाज समस्याको जरो हो । त्यस्तो परिवार, स्कुल र समुदायको वातावरणीय संगतमा परेका किशोर–किशोरीहरूको बौद्धिक विकास हुन र सामाजिक व्यक्तित्व बन्न सक्दैन ।

अर्को कुरा आजको नेपाली समाज गरिबीको स्तरमा रहेतापनि यहाँ आधुनिक सुविधा र विलासिता एकपछि अर्को थपिँदै गएको छ । त्यो सुविधा प्राप्त गर्नपछि लाग्दा अभिभावकलाई आफ्ना केटाकेटीसँग बस्ने र तिनीहरूलाई अपनत्व एवं मायाप्रेम प्रदान गर्ने समय छैन । केटाकेटीहरू आफ्नो मातापिता अभिभावकसँग घुलमिल हुन वा खेल्न आए भने उनीहरूलाई कुनै न कुनै माध्यमद्वारा पन्छाउनेगरिन्छ । यसरी पन्छाउने काम कहिले हप्की–डप्की वा पिटने गरिन्छ भने कहिले लोभ–लालच र पैसा दिएर पनि गरिन्छ । यी दुवै माध्यम वा उपाय केटाकेटीको बौद्धिक तथा मानसिक विकास गर्नमा र व्यक्तित्व निर्माण हुनमा बाधक हुन् । आत्मियता र हार्दिकताको तीर्खा लिएर आएका केटाकेटीलाई प्रशस्त पैसा दिएर फकाइँदैमा उनीहरूको तृष्णा तृप्त भएको हुँदैन । त्यसमाथि पैसा दिएर फकाउने वा पन्छाउने कुराले केटाकेटीलाई झन अल्लारे,जिद्दीवाला र रिसाहा हुनमा उत्साहित गर्छ ।

वास्तवमा छोराछोरीलाई, सकेसम्म आफैं पैसा कमाउने नभएसम्म र सकिएन भने कमसे कम पैसाको सदूपयोग र दूरपयोगको कुरा बुझ्न सक्ने नभएसम्म पैसा खेलो गर्न दिनुहुँदैन । अन्यथा परिवार र समाज दुवैको लागि खतरा हुन्छ । यस्ता किशोरकिशोरी वयस्क हुँदा ठूला पद वा नेतृत्व वा व्यापारिक ओहदामा पुगे पनि आर्थिक भ्रष्टाचारी हुने गर्छ ।

अत यी दुवै माध्यमबाट केटाकेटीको सुकोमल नैसर्गिक व्यक्तित्व निमोठिन्छ भने मन–मस्तिष्कको रचनात्मक कल्पना र तर्कशक्तिको विकास पनि अन्तैतिर मोडिन्छ । एउटा नयाँ विरुवाको काण्ड जस्तै जो स्वभावत सिँगै र सोझै मास्तिर जानुपर्नेमा मुन्टो भाँचिएपछि तेर्सो परेर टुसाएको हाँगा वा छेकथुनले गर्दा टेडिएर बढेको कान्ड जस्तै हुन्छ । जसरी पूर्ण विश्वास लिएर कोहीले कसैसँग केही माग्न जान्छ, तर दाताले उसको विश्वासको विपरीत तिरस्कार ग¥यो भने त्यो माग्ने व्यक्तिलाई जस्तो मानसिक चोट पर्छ, त्यस्तै चोट अभिभावकले आफ्ना केटाकेटीलाई मायाप्रेम, आत्मियता नदिएर निरास पार्दा तिनीहरूको मानसिकताले अनुभव गर्छ । प्रेम र अपनत्वको भोका बच्चाहरूलाई त्यसरी तिरस्कार गरियो वा छाडा छोडियो भने तिनीहरू किशोरावस्थामा प्रवेशगरेपछि अभिभावकलाई तिनीहरूबाट हुनसम्मको आपत आउँछ । शारीरिक बल र स्थुलताले आफूभन्दा सुगठित भइसकेका किशोरकिशोरीलाई ९÷१० वर्षका बालकलाई जस्तै पिटेर वा हप्काएर तर्साउन सकिँदैन र थोरै पैसा दिएर उनीहरूको चित्त बुझाउन पनि सकिँदैन ।

वास्तवमा केटाकेटीको मानसिक अवस्था, सुशान्त र प्रफुल्लित तथा प्रोत्साहित भएन भने उनीहरूको मनमस्तिष्क प्रतिभाशाली हुनु त कता हो कता उनीहरूमा आधारभूत सामाजिक व्यक्तित्व, र जीवनशैली नै विकास हुन सक्दैन । त्यसको मतलब समाज, परिवार, टोल र राष्ट्रप्रति उनीहरूमा सापेक्षता विकास हुनुको सट्टा निरपेक्षता र वितृष्णामात्र बढ्छ । जसले गर्दा उनीहरूले समाजलाई आफ्नो उपभोग्य अखडामात्र मान्छ । संरक्षक मान्दैन र समाजप्रति उत्तरदायित्व बहन गर्दैन ।समाजको जिम्मेवारी बोध गर्न र सामाजको सुख–दुखमा भाग लिने तथा सामाजिक सहिष्णुता स्वीकार गर्न उनीहरूको मनमस्तिष्क र मनोविज्ञानले आत्मसात गर्न मान्दैन । बच्चा होस् वा वयस्क कसैको पनि यदी मानसिक स्थिति यथास्थानमा सुशान्त, प्रफुल्लित र प्रोत्साहित रहन सकेन भने उनीहरूको बौद्धिक शक्ति खदिलो भइहुर्कनुको सट्टा खोक्रो भइ हुर्कन्छ । यो खोक्रोपन तिनीहरूको परिवारको लागिमात्र होइन सम्पूर्ण समाजको भविष्यको लागि कहाली लाग्दो भीरपहिरो हुन जान्छ, अप्रिय दुर्घटना ल्याउन सक्छ ।

त्यसैले आफ्नो वंश शुद्धीकरणका लागि प्रवुद्धअभिभावकहरूर शिक्षकहरू तुरुन्तै सजग र सक्रिय हुनु परेको छ । आ–आफ्नो परिवार र स्कुलको वातावरणमा प्रत्येकले चासो राख्नु परेको छ । यसरी भविष्यको सम्भावित अप्रिय दुर्घटनाबाट आफ्नो वंश, समाज र राष्ट्रलाई बचाउने र शाश्वत शान्ति र सुख–समृद्धिल्याउनेजिम्मेवारी सर्वप्रथम प्रवुद्ध वर्गमा आएको छ ।किनभने आजका नवयुवा, किशोर–किशोरीहरूको जीवनशैली सकारात्मक, अहिंसात्मक र इमान्दार बुद्धिजीवी हुन गयो भने १०÷१५ वर्षमा यिनीहरूको नेतृत्वमा चल्ने देश र समाजको वातावरणमा उनीहरू पछि आउने भविष्यका किशोर–किशोरीहरूले आफंै अभ्यस्त भइ सिक्छन् ।यसको प्रत्यक्ष प्रमाण विकसित देशको समाजमा देखिएको छ ।

gehendra.pkhareli@yahoo.com


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad