• Ad

Samadhan National Daily

  • Ad

संसार हल्लाउने रुसको मिसाइल

काठमाडौं, २७ फाल्गुण:

स्टार वार्स जस्ता साइन्स फिक्सन र हतियारबाट दुनियाँलाई नस्ट गरेको फिल्म त देख्नु भएको होला । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्ता हतियारहरुको वास्तविकता प्रस्तुत गरे । भिडियोमार्फत् संसदमा देखाइएका ति हतियार अझै रुससँग छन् र प्रभावकारी काम गर्छन् । रुसको संसदमा आफ्नो वार्षिक सम्बोधनको क्रममा पुटिनले केवल देशको वर्तमान अवस्था, चुनौती र विदेश नीतिको मात्र कुरा गरेनन् बरु शक्तिशाली हतियारहरु पनि प्रदर्शन गरे ।

सरमट
एक द्वीपबाट अर्को द्वीपमा प्रहार गर्न सकिने यो शक्तिशाली मिसाइल हो । यसलाई ‘साटन २’ नामले पनि चिनिन्छ । पुटिनले भनेका छन् कि यस नयाँ प्रणालीको परीक्षण एक नयाँ प्रक्रियामा प्रवेश गरिसकेको छ ।
बिबिसीका अन्तर्राष्ट्रिय मामिलाका संवाददाता रिचर्ड गलपिनका अनुसार सरमटलाई सोभियत युगको वोयवोडा मिसाइलको सट्टामा प्रस्तुत गरिएको छ । यो अत्यधिक शक्तिशाली छ । यो कम सयममा प्रहार गर्न सक्षम छ । जसलाई मिसाइल रक्षा प्रणालीमार्फत् रोक्न निकै कठिन हुन्छ । रिचर्ड भन्छन्, यो प्रविधिलाई हेर्दा भविष्यमा पनि रोक्न मुस्किल हुनेछ ।

क्रुज मिसाइल
यसको नाम अझै राखिएको छैन । तर यसले असीमित दुरीसम्म मार हान्न सक्छ । राष्ट्रपति पुटिनका अनुसार यो एक नयाँ किसिमको रणनीतिक मिसाइल हो जसलाई ब्यालेस्टिक मिसाइलले जसरी प्रहार गर्न सक्दैन । यही कारण हो यसलाई मिसाइल रक्षा प्रणालीबाट रोक्न मुस्किल हुने ।

पानी मुनिबाट स्वतः प्रहार गर्न सक्ने
यसको नाम पनि अझंैसम्म रुसले तय गरेको गरेको छैन । समुद्र मुनिबाट निशाना लगाउन सकिन्छ । यो मिसाइल मानवरहित हो । पुटिन भन्छन्, ‘रुसले पानी मुनिबाट प्रहार गर्न सक्ने मिसाइल बनाइसकेको छ । यो मानवरहित मिसाइल हो ।’
उनी थप्छन्, ‘यो पनडुब्बीभन्दा पनि अधिक तेज र शक्तिशाली छ ।’

किन्झल
राष्ट्रपति पुटिनले रुसको हाइपरसोनिक हतियारलाई किन्झल नाम दिएका छन् । उनका अनुसार यो हावामा प्रहार गर्न सकिन्छ । यसले सटिक निशाना साध्न सक्छ । यसको गति पनि अत्यधिक छ । त्यसैले यसलाई रोक्न मुश्किल छ ।
पुटिनले यसलाई २ हजार किलोमिटरभन्दा टाढाको दुरीसम्म निशाना साँध्न सक्षम रहेको बताएका छन् ।

एवन गार्ड
राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार यो एक नयाँ प्रकारको हतियार हो । उनकै शब्दमा यसको परीक्षण सफल भइसकेको छ । यसको गति २५ हजार किलोमिटर प्रतिघन्टाको छ । जसले एक द्वीपबाट अर्को द्वीपसम्म सजिलै मार हान्न सक्छ ।
पुटिनको अनुसार यसले कयौं हजार किलोमिटरसम्म सीधा र तेर्सो मार हान्न सक्छ । यो आफ्नो लक्ष्यसम्म आगोको गोलाजसरी पुग्छ । यसको सतहको तापक्रम १६ सयदेखि २ हजार डिग्री सेल्सियससम्म हुन्छ ।

लेजर हतियार
यसको नाम पनि अझै तय गरिएको छैन । पुटिनका अनुसार उनको देशले लेजर हतियारहरु निर्माणका लागि उल्लेखनीय कदम पनि चालेको छ ।
उनले भने, ‘यो केवल कागजमा सीमित छैन, न त यो प्रयोगमा आएको छ । हामीले गत वर्ष नै लेजर हतियार सेनालाई सुम्पिइसकेका छौं । यद्यपि पुटिनले यसको कुनै प्रमाण पेस गरेनन् । नत उनले नाम भने । उनले भने, ‘यसको जानकारी दिने बेला अझै भएको छैन ।’ लेजर हतियारले रुसको शक्तिलाई कयौं गुणा बढाएको पुटिनले बताएका छन् ।
(बिबिसीको सहयोगबाट)


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad