• Ad

Samadhan National Daily

  • Ad

याैन दुर्बलताबारे डा. विनम्रकाे सुझाव

काठमाडौं, १२ चैत्र:

म अहिले ३२ वर्षको भए । मेरो विवाह भएको ४ वर्ष भयो । लिंग उत्तेजना हुन्छ तर यौन सम्पर्क गर्दै जाँदा स्खलन नहुँदै लिंग लुलो हुन्छ । यस्तो किन भएको होला ?

यहाँको समस्यालाई हामी यौन दुर्वलता भन्छौ । यसका कारणहरु धेरै छन् । कतिपय अवस्थामा शारीरिक, मनोवैज्ञानिक कारण पनि हुन सक्छ । कतिपय तत्कालीन वातावरण, यौन पार्टनरको कारणले पनि हुन्छ । टेस्टोरोन हर्मोनले शक्ति दिने हुनाले यसको कमीको कारणले पनि यस्तो समस्या हुन सक्छ ।

मधुमेह (सुगर), कोलेस्ट्रोलको कारण, ब्लड प्रेसरले पनि हुन्छ । कुनै पनि रोगको औषधी सेवन गरिरहेकाहरुलाई पनि हुन सक्छ । मानसिक तनाव चिन्ता, डिप्रेसन आदिका कारणले पनि यौन दुर्वलता हुन्छ । आफ्नो यौन पार्टनरको हाउभाउ, पार्टनरमा प्रति आर्कषण नहुदाँ, पार्टनरको शारीरिक गन्धको मन नपर्दा, पार्टनरको यौनसम्पर्क नगर्न दवाब, आफू सन्तुष्टी नभएको कुरा यी र यस्ता कुराले पनि लिंग उत्तेजित नहुने र भए पनि स्खलन अघि नै लुलो हुने समस्या हुन सक्छ ।

त्यस्तै वातावरण तातो वा धेरै चिसो हुदाँ पनि यस्तो हुन सक्छ । असुरक्षित अनुभव भएमा,यौन सम्पर्कको समय कोही आउँला कि, कसैले देखे के गर्ने भन्ने डरले पनि यस्तो समस्या हुन सक्छ ।

४० वर्ष नाघेकालाई देखिने यो समस्या आजकल ३० वर्ष नाघेका पुरुषमा पनि समस्या देखिन थालेकोले यो व्याक्तिगत आनी–बानीले हुन सक्छ । यो समस्या दिमागको बिरामी, स्पाईन कर्ड सम्बन्धीको बिरामी, हिपको सर्जरी गरेको बिरामी, नशाका समस्या भएका बिरामीलाई पनि देखिन सक्छ । यहाँको यी कारण मध्य कुनै समस्या छन् भने सर्वप्रथम त्यो समस्याको समाधान गर्न आवश्यक हुन्छ ।

माथि उल्लेखित भएको कुनै कारण छैन् र क्षणिक रुपमा देखिएको हो भने डराईहाल्नु पर्देन । यदि यस्तो समस्याले यहाँको यौन जीवनमा समस्या पारेको छ भने जेनेग्रा, भिएग्रा जस्ता औषधीको सेवन गर्न सक्नु हुन्छ । तर, त्यसको लागि चिकित्सकसँग परामर्श भने गर्नुपर्छ । यदि नियमित रुपमा देखिएको हो भने चिकित्सकलाई देखाइहाल्नु पर्छ ।

डा. विनम्र बस्नेत

छाला तथा याैन राेग विशेषज्ञ

गण्डकी मेडिकल कलेज, नयाँबजार, पाेखरा


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad