• Ad

Samadhan National Daily

  • Ad

भरतपोखरीमा क्यान्सर सचेतना

कास्की, २० चैत्र:

नेपाल अर्बुदरोग निवारण संस्थाको आयोजनामा भरतपोखरीस्थित व्रह्माज्योति आधारभूत विद्यालयमा मुटु, श्वासप्रश्वास, क्यान्सर रोगका कारण, अवस्था र निवारण विषयक सचेतना कार्यक्रम भएको छ ।

कार्यक्रममा ९५ जना भन्दा बढीकोसहभागिता थियो । सोही अवसरमा व्रह्माज्योति आधारभूत विद्यालयमा अध्ययनरत ३५ जना बालबालिकाकालाई पोसाकसमेत वितरण गरिएको छ । चन्द्रवदन टे«ड कन्र्सनका सञ्चालक दीपेन्द्र आचार्य र सम्झना आचार्यले पोसाक सहयोग गरेका हुन् ।

संस्था कास्की शाखाका सभापति रामचन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर– ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, संस्थाका सदस्य शान्त श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रमुख प्रशिक्षकसंस्थाका सचिव नारायण पराजुलीले मुटु, श्वासप्रश्वास, क्यान्सर रोगको अवस्था र निवारण विषयमा प्रशिक्षण दिए । प्रशिक्षकले वातावरण प्रदूषण, प्लास्टिक र यसले वातावरणमा पार्ने नकारात्मक प्रभाव, सूर्तिजन्य पदार्थ, विषादी प्रयोग गरेका खाद्य पदार्थ र यसले पार्ने प्रभावका वारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल अर्वुदरोग निवारण संस्थाका केन्द्रीय सदस्य दिनेशशंकर पालिखे, विद्यालय प्रअ यज्ञप्रसाद आचार्य लगायतले क्यान्सर रोग, रोकथाम र यसका विषयमा भनाइ राखेका थिए ।

कार्यक्रम उद्घाटनका अवसरमानेपाल अर्वुद रोग निवारण संस्थाका निवर्तमान सभापति रामप्रसाद बस्ताकोटी, प्रथम उपाध्यक्ष प्रेम भुजेल, कोषाध्यक्ष तीर्थ बस्नेत, सहसचिव कृष्ण मानन्धर, सदस्य डिल्लीप्रसाद शर्मा लगायतले आफ्ना भनाइ राखेका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad