• Ad

Samadhan National Daily

  • Ad

पोखरामा स्पोर्टस् मेडिसिनबारे परिचर्चा

पोखरा, २४ चैत्र:

देस विदेसका ख्यातिप्राप्त खेलाडीहरुको एउटै समस्या हो, उनीहरुको फिटनेस । आज चर्चामा रहेका खेलाडीहरु केही समयपछि नै उनीहरुमा इञ्जुरीको समस्याले खेल क्षेत्रबाट ओझेलमा पर्छन् । जसको मुख्य कारण स्पोर्टस मेडिसिनको उचित सल्लाह र सुझाव हो ।

यही समस्यालाई मध्यनजर गरी पोखरामा कास्की बडी बिल्डिङ एण्ड फिटनेश एशोसियसनले शनिबार स्पोर्टस मेडिसिन कार्यक्रमको आयोजना गर्‍यो । एशोसियसनले स्पोर्टस मेडिसिन र अभ्यास तथा पोषण(न्युट्रिसन)बारेमा जानकारी दिँदै आएको छ ।

कार्यक्रममा एम फर्मा क्लिनिकलका विजय काफ्लेले खेलाडीलाई खेल अघि शरिरलाई व्यवस्थित राख्न सर्वप्रथम ‘वार्मअप’मा ध्यान दिन जरुरी रहेको बताए । उनले भने, ‘मानव शरिरको अवस्था खेलका लागि तुरुन्तै सस्टेन हुने खालको हुँदैन, शरिरलाई खेल अघि तताउन पर्छ’, उनले भने, ‘खेलाडीले शरिरलाई तयारी अवस्थामा ल्याउन उचित वार्मअप र स्ट्रेचिङ गरिएन भने यसको असर तत्काल र दीर्घकालीन दुबै हुनसक्छ । त्यस्तै, खेलपछि कुल डाउनको एक्सरसाईज अनिवार्य रहेको सुझाए ।

वार्मअप र स्ट्रेचिङपछि मात्रै खेलमा सहभागिता जनाउनु स्वास्थ्यका लागि निकै लाभदायक हुने चिकित्सकको सल्लाह छ । खेल सकिएपछि कुल डाउनको शारीरिक अभ्यास गर्नु झनै महत्वपूर्ण हुन्छ । काफ्लेले खेल्दा हुने इन्जुरी र खेलाडीलाई खेल अनुसार आवश्यक पर्ने पोषणको बारेमा समेत जानकारी गराएका थिए । उनले खेलाडीको तौल, खेलको प्रकृति र खेलाडीले प्रयोग गर्ने स्पोर्टस् किट जस्तै जुत्ताले खेलमा प्रभाव पार्ने उनको भनाई थियो ।

विशेषतः शारीरिक सुगठनका खेलाडीलाई ध्यानमा राखी गरिएको कार्यक्रममा उनले बढी तौल उठाउने, मसल्स वृद्धि गर्न फरक–फरक डाईट खानुपर्ने सुझाव दिए । तर तौल र डाइटबारे चिकित्सकसँग सुझाव लिएर मात्रै अघि बढ्न उनले सुझाव दिए । शरीरमा पानीको मात्रा तथा मिनरल्सको मात्रा मिल्नुपर्ने बताउँदै उनले खेलपछि इन्जुरी भएको ७२ घण्टासम्म चिसो आईसले सेक्नुपर्ने र त्यसपछि भने तातो पनि विशेष गरी बिहानी समयमा मात्रै सेक्नुपर्ने जानकारी दिए ।

शारीरिक सुगठन खेलाडीले बढी मात्रामा प्रोटिन र स्टोेरेइड प्रयोग गर्ने गरेको बताएदै काफ्लेले त्यो शरीरको लागि हानिकारक हुने जनाए । स्टेरोइडको प्रयोगले कालान्तरमा मुुटु, मिर्गौलामा गम्भीर असर हुने उनको सल्लाह छ ।

कार्यक्रममा शारीरिक सुगठनका प्रशिक्षक जीवन घिमिरेले कार्यक्रमले खेलाडीलाई उपयुक्त जानकारी उपलब्ध गराएको भन्दै आगामी दिनमा प्रशिक्षकहरुले स्पोर्टस् मेडिसिनलाई निरन्तरता दिने बताए । एशोसियसनका अध्यक्ष राजुकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा शारीरिक सुगठन खेलका खेलाडी प्रकाश पौडेल लगायतले कार्यक्रमबाट खेलाडीले सही ज्ञान पाएको उल्लेख गरे ।

पोखराका विभिन्न जिम सेन्टरका प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन एशोसियसनका सचिव दिपक बाँस्तोलाले गरेका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad