• Ad

Samadhan National Daily

  • Ad

गन्तव्यः पुरानाे इतिहास सम्झाउने ‘पुरानाेकाेट’

लमजुङ, २ बैशाख:

लमजुङको पुरानोकोट ऐतिहासिक थलो । चौबीसे राज्यको एउटा राज्य थियो लमजुङ । इतिहास अनुसार कालु शाह लमजुङका राजा भएका थिए ।

लमजुङेले कास्कीबाट राजा कुलमण्डनका माइला छोरा कालुलाई ल्याएर तुर्लुङकोटमा राजा बनाएका थिए । पछि तुलुङकोटबाट दरबार पुरानोकोट सारियो । पुरानोकोटमा भग्नाबशेष छन् ।

कालुको हत्यापछि उनकै भाइ यशोब्रह्मलाई कास्की बाट ल्याएर पुरानोकोट गद्दीमा बसाइयो । उनले गाउँसहर र बेसीसहरमा दरबार बनाए । पुरानोकोट गढी मुन्तिर पुरानोकोट गाउँ छ ।

बेसिसहर नगरपालिका–४ पुरानोकोटमा ११६ घर धुरी छन् । ती मध्ये ५ घर दलितका, बाँकी गुरुङ । च्वाइस नेपालको सहयोगमा ०६८ सालदेखि गाउँमा होमस्टे गराउन थालियो । अचेल गुरुङका १२ घरमा होमस्टे गराइन्छ ।

पुरानोकोटबाट एक घन्टामा गढी पुगिन्छ जहाा जलदेवी, राजारानीको दरबारका भग्नावशेष र सेना परेड खेल्ने मैदान छ । गढी क्षेत्र र गाँउको छेउबाट हिमाल दर्शन गर्न पाइन्छ ।

माछापुच्छ्रे, अन्नपुर्ण, लमजुङ, पिक २९, गंगापूर्ण, मनास्लुदेखि बुद्धसम्म डेढ दर्जनभन्दा बढी हिउँचुली देखिन्छ । पाहुनालाई जन्तर लगाएर स्वागत गरिन्छ । साँझ साँस्कृतिक कार्यक्रममा सोरठी नाच, स्यार्गा, चुट्का, घाटु र भेडी गोठाला नाटक देखाइन्छ ।

कसरी पुग्नेः काठमाडौँ–बेसीसहर १७२ किमि । बेसीसहर–काउलेपानी–पुरानोकोट १७ किमि । मोटरसाइकलर जीप गाउँसम्मै पुग्छ । बेसीसहरबाट दिउँसो २ बजे पुरानोकोट जाने बस छुट्छ । बसमा २घन्टा लाग्छ । बेसीसहरबाट हिँडेर जाँदा चार घन्टा लाग्छ ।

सम्पर्कः
पुरानोकोट सामुदायिक होमस्टे, लमजुङ
कन्याकाशी गुरुङ–९८४६२४८३३८
खिन्दुरी–९८६१७१३७६७


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad