• Ad

Samadhan National Daily

  • Ad

कम्यनिष्टसँग चुनाव हारेपनि जीत काँग्रेसकै हाे – रामचन्द्र

काठमाडौं, ४ बैशाख:

महाधिवेसनमा जिताएर ताली बजाएका हात अचेल पुर्पुरो बजाउन काम लागेको छ । माननीय ठूलो की संगठनका सदस्य ठूलो ? काम नपाएर कार्यकर्ता घाम तापेर बसेको । युवालाई नेतृत्व दिनुपर्ने माग ।

चुनाव हारेपनि लोकतन्त्रका मुल्य र मान्यता जोड्ने कुरामा काँग्रेस विजयी भएको काँग्रेस नेता रामचन्द्र पौडेलले बताएकाछन् । लोकतन्त्रको सिद्दान्त र मान्यता काँग्रेसको भएको र त्यसैमा गौरव गर्ने उनले बताए । ‘चुनाव हारेपनि अक्षर अक्षरमा कम्युनिस्टसँग लडेर चुनाव गराएका छौं यही हो हाम्रो विजय,’ उनले भने ।

नेपाली काँग्रेस जिल्ला समिति कास्कीले गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले यस्तो भनाई राखेका हुन् । उनले पार्टीबीच असमझधारी बढेर फुटेको जनाए । उनले भने, ‘अब एकजुट भएर, आगामी चुनावको लागि अघि बढ्न जरुरी छ ।’ उनले आफ्ना कार्यकर्तालाई कर्मशिल कार्यकर्ता बन्न सुझाव दिए ।

नेता पौडेलले अहिलेको अवस्थामा पार्टी ३ आधारमा मात्र एक हुन सक्ने बताए । ‘न्याय, निस्पक्षता र पारदर्शी मुल्याङ्कन नै पार्टी एकताका ३ आधार हुन्,’ उनले भने, ‘यी आधारलाई पन्छाएर हामी पार्टी एकता गर्न सक्दैनौं ।’ जनताको स्वार्थसँग आफ्नो स्वार्थ जोडेपछि मात्र चुनाव जित्न सकिने उनले जनाए ।

कार्यक्रममा पार्टीका नेताका कारण चुनाव हार्नुपरेको वक्ताहरुले बताए । पार्टीमा जय नेपाल भन्ने र बाहिर गएर नमस्ते भन्ने परिपाटीले काँगेसको हार भएको उनीहरुको ठहर थियो । काँग्रेस अब फाटेको भाग टालेर, उनेर मात्र नहुने जरैदेखि नै उठाउनुपर्ने उनिहरुको माग थियो ।

काँग्रेस कार्यकर्ता हेम प्रसाद गुरुङले नेताको ग्रहदशा बिग्रेकाले चाँडै मन्साउनुपर्ने बताए । ‘नेता कार्यकर्ता सबैको कार्यकर्ता ठिक छन् तर नेताहरुको ग्रहदशा बिग्रेको छ,’ उनले भने । जनता चलाख भइसकेको र पर्दा पछाडीबाट हेरिरहेको उनले बताए ।

चुनावमा चुनावमा काँग्रेस हारेको नभएर नेता हारेको गुरुदत्त मैनालीले जनाए । ‘समानुपातिक नतिजा हेर्नुस्, राम्रो नतिजा छ । तर प्रत्यक्षमा हारेका छौं । यो नेताको हार हो । पार्टीको होइन,’ उनले भने, ‘जनताको काम नगरेकाले जनताले फालेका हुन् । कम्युनिस्टसँग अझै लड्न सकिने तर त्यसको लागि एकजुट हुनुपर्ने उनको भनाई थियो ।

अन्य वक्ताले कार्यक्रममा कार्यकर्ताका जनता नआउने तर व्यक्तिको नेता आउने परिपाटी बढेको बताए । नेता पोखरा आउने तर नेताका चम्चाले मात्र थाहा पाउने उनीहरुको भनाई थियो । अहिले काँग्रेसमा बुढा मात्र भएकाले युवालाई पनि समेट्नुपर्ने उनीहरुको माग थियो ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad